२०८१ वैशाख १२ गते | 24th of April 2024

‘कसैको निम्ति केही भईन’ बोलको गीतबारे गीतकार मणि भट्टराईको धारणा

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष ८ गते ०:१७

अमेरिका – मणि भट्टराईको “कसैको निम्ति केही भइन” बोलको गीत – गीत लेखनको हिसाबमा पछिल्लो चरणमा निक्कै उच्च कोटीको गीतमा पर्छ । सुगम गीत संगीतको दुनियाँमा यस्तै गीतहरूले मात्र गीतको गरिमा क़ायम राख्न सक्छन् । गायक रामकृष्ण ढकाल र संगीतकार हरि लम्शाललाई समेत अति नै मन पर्ने यो गीत स्रोताहरूले पनि अति नै मन पराउनु भएको छ ।

गीतकार मणि भट्टराई यस गीतको सम्बन्धमा भन्नुहुन्छ – यो गीत खासमै गीत भयो भएन त्यो त मलाई थाहा छैन । तर गीतको नाममा सिर्फ गीत मात्र लेख्न नखोजेर मैले यसमा आफ्नो जीवन भोगाई र अनुभूति लेख्न खोजेको छु । यसमा मैले मलाई लेखेको छु । हुनसक्छ – धेरैको जीवन कथा मेरो जस्तै भएर पनि यो गीत अरूले पनि मन पराइदिनु भएको हो । त्यसमा कुशल संगीतकार हरि लम्शाल र मलाई अति नै मन पर्ने गायक, मीठो स्वरका धनी रामकृष्ण ढकालको जादु त छँदै नै छ ।

जुन गीत यस्तो छ – तपाईलाई पनि मन परे सेयर गर्न नभुल्नु होला है !

Leave a Reply

Your email address will not be published. Required fields are marked *