1

विकलको नाममा स्थापित सङग्राहलय भवनको उद्घाटन, स्रष्टाहरु पुरस्कृत

94 पटक पढिएको

काठमाडौं – वरिष्ठ आख्यानकार तथा साहित्यकार रमेश विकलको ११ औँ स्मृति दिवसका अवसरमा उनको नाममा स्थापित प्रतिष्ठान र सङग्राहलय भवनको उद्घाटन गरिएको छ । प्रतिष्ठानको नवनिर्मित भवनको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीले आख्यानकार विकल राष्ट्रकै निधि रहेको बताए । साथै मन्त्री अधिकारीले साहित्यकारले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै समाजको सकारात्मक परिवर्तनका लागि गरिएको योगदानको सरकारले कदर गर्ने बताए । सांसद कृष्ण राईले विकल जनताको साहित्यकार बन्न सफल भएको स्मरण गरे । पूर्वमन्त्री अम्बिका बस्नेतले साहित्यिक प्रतिभाको खोजीमा सरकार सक्रिय हुनुपर्ने विचार राखिन । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले विकलले साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरे ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले विकासप्रेमी साहित्यकार विकल उपत्यकाको पूर्वोत्तर भेगको मात्र नभई देशकै नक्षत्र भएको बताए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, महासचिव एवं विकलका ज्येष्ठ सुपुत्र वरिष्ठ पत्रकार विजय चालिसे लगायतका व्यक्तित्वले उनले नेपाली साहित्यमा पु¥याएको योगदानको चर्चा गरे । सो अवसरमा विसं २०७४ को ‘रमेश विकल वाङ्मय पुरस्कार’ कथाकार डा राजेन्द्र विमललाई प्रदान गरियो ।  यसैगरी हालसम्म सबैभन्दा धेरैपटक रक्तदान गर्ने समाजसेवी प्रेमसागर कर्मचार्यलाई ‘रमेश विकल–सुशीला समाज सेवा पुरस्कार’ प्रदान गरियो । वरिष्ठ साहित्यकार पुरुषोत्तम सुवेदीलाई ‘रमेश विकल सृजना पुरस्कार’ तथा बाल साहित्यकार सुशीला प्रधानाङ्गलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ दिइएको थियो । सङ्घर्षशील नारी व्यक्तित्व लक्ष्मी शर्मालाई ‘रमेश विकल–सुशीला सङ्घर्षशील नारी सम्मान–पुरस्कार’ तथा वरिष्ठ तबला वादक शास्त्रीय सङ्गीतकार अच्युतराम भण्डारीलाई ‘रमेश विकल सङ्गीत पुरस्कार’ प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

टेक्सास - चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम.. ...

क्यालिफोर्निया - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय.. ...

अमेरिका - श्रीमती सिता दाहालको उपचारार्थ अमेरिका आईपुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...