-सुर्य लम्साल
पन्ध्र बर्ष सम्म चलेको मेशिनरी बिग्रनु अगाडि नै जांच गरि पाटपुर्जा फेर्ने तथा अन्य मर्मत गर्नुपर्ने र उक्त मेशिन चलाउने चालक लाई पनि नयाँ प्रविधिको ट्रेनीङ्ग दिनुपर्ने आवश्यकता देखिएको छ – एनआरएनएमा ।
एनआरएनए को लामो यात्रामा साथ् दीई रहनुभएको मेरा एक मित्रले भाबुक भएर भन्नुभयो – साथी, अब मेरो गाडी रोकियो, किनकि म संग पेट्रोल हाल्ने पैसा नै छैन ।
पैसा – कस्तो जरुरी भएर आयो यो दुनियामा । मरिमेटेर होस् वा सबैलाई रेटेर कमाएको होस्, धनको आँखा अन्धो हुन्छ – जानेकै हो । के यंहा कसैले धन र मन तराजुमा राखेर जोख्दा धन लाइ मन ले झाँटयो (जित्यो) भने त्यो व्यक्तिको अस्तित्व सकियो त?
नाईं, एनआरएनए को मर्म त्यो हुँदै होईन ।
एनआरएनए को नवौं क्षेत्रिय भेलाले अगाडी सारेको “२०२० एण्ड बियंड” नामक भिजन ले ति भाबुक मेरा मित्रको एनआरएनए प्रतिको लगनशीलता तथा नेपाली समाजमा पुर्याउन चाहेको योगदान लाइ निरन्तरता देला त?
दिदैन – जबसम्म तपाइंले अहिलेको हिलोमा आफ्नो पाइला राख्नु हुँदैन ।
सस्टेनेबल एनआरएनए:
जब कुनै चक्र बाहिरी बल बिना आँफै चल्छ, त्यो मेरो सस्टेनेबीलिटी को परिभाषा हो । आँफै चल्नको लागि भित्र भित्रै उर्जाको जन्म, रुपान्तरण र मरण भैरहेको हुनुपर्छ । एनआरएनए भित्र पैसा रुपी उर्जाको जन्म र मरण त भयो तर रुपान्तरण हुन सकेन ।
संस्था अब बच्चा रहेन । के त्यसो भए यसले आफ्नो कमाइ गरेर जिउ पाल्न सक्ने भयो त ? संस्था बलियो भएको भए मेरा मित्रको गाडी रोकिने थिएन ।
उर्जा रुपान्तरण:
भनिन्छ – पैसा र भाग्य दुवै हुनेले अझ-बढी पैसा कमाउँछ । यंहा तिन वटा शब्द आए – “पैसा”, “भाग्य” र “अझ-बढी” । यो तिन वटै तत्वमा आफ्नो मात्रै अधिकार हुन्छ भन्ने सोचाई राख्ने व्यक्तिले उर्जा रुपान्तरण गर्ने सक्दैन । स्थिर बसेको बस्तुलाई शुरुमा धकेल्न चाहिने “पैसा” रुपी उर्जाले एनआरएनए लाई गतिशील बनाइसकेको छ । हेर्नुस, सस्टेनेबीलिटीको यो एउटा महत्वपूर्ण अंश हामीले पाइसकेका छौं – यो असाध्यै सर्हानीय छ । भाग्य एउटा “प्रोब्याबिलीटी” हो । बिहान उठेर गएको व्यक्ति बेलुका सकुशल घर फर्कनु र चिठ्ठा पर्नु भनेको कसैको पक्षमा हुँदैन । जब सृष्टी ले हामीलाई जन्म दियो – सबैलाई भाग्य पनि दियो । पेट्रोल सकिएका मेरा मित्रको भाग्य र धनाड्यको भाग्य संचालनमा सृष्टिको कुनै पक्षपात छैन । अब पक्षपात हुन्छ त एक मात्र लोभी तत्वमा – त्यो हो – “अझ-बढी” ।
एनआरएनएको आजीवन इन्धन तथा नवौं अन्तर्राष्ट्रिय क्षेत्रिय सम्मेलनले पारित गरेको “भिजन २०२० एण्ड बियंड” को ग्राउन्ड-वर्क यही “अझ-बढी” शब्दमा अडेको मेरो बुझाई छ । जँहा पैसाको प्रयोग हुन्छ त्यंहा ब्यापार र आम्दानीको आशा हुनु स्वाभाविक हो । समाजसेवामा ब्यापार नहुनुपर्ने हो – अब आम्दानीको पो कसरी आशा गरिन्छ? ल यस तर्कमा अर्को दुइ मिनेट खर्च गरौँ कि ।
अबको दायित्व :
एनआरएनए बलियो हुनको लागि एउटा होइन दुइ वटा प्ल्याटफर्म निर्माण भै एकले अर्कोलाई “टेको” दिनुपर्छ । समाजसेवा र ब्यापार एउटैमा मिसाउँदा अन-इथिकल, गैर-कानुनी भैकन झैँ-झगडा तथा बैमनश्यता सृजना गराई असल तथा संस्थाका लागि चाहिने व्यक्ति अगाडी आउन नपाउने स्थिति रहिरहन्छ । समाजसेवालाई टेको दिने व्यापारिक प्ल्याटफर्म अरु ढंगको ब्यापार जस्तो “अन्धो आम्दानी” नभई “इन्टेलिजेन्ट रेभिन्यु” को कन्सेप्टमा डिजाईन हुनुपर्छ। पचास जना धनाड्यले शुरु गरेको अन्धो धनको ब्यापार र पचास लाख एनआरएनले लगानी गरेको पसिनाको धन को फरक छुट्टयाउँछ यो “इन्टेलिजेन्ट रेभिन्यु” ले ।
लगानी गरेको पैसा जब एनआरएनए को “इन्टेलिजेन्ट” प्ल्याटफर्ममा हुर्कन्छ, यसले लोभीपापी रुपी “अझ-बढी” शब्दको दुरुपयोग नगरी सदुपयोग गर्नेछ । पुरानो ढंगको ब्यापार र “इन्टेलिजेन्ट” ब्यापार बिचको भिन्नताले स्वचालित हुन्छ एनआरएनए । मेरा मित्र – जो संग सामाजिक रुपले संस्था लाइ दिन सक्ने त्यति धेरै क्षमता छ – वहाकों घाटीलाई एउटा जाबो पेट्रोल हाल्ने पैसाले थिच्न दिनुहुँदैन र अब पर्दैन पनि । समाजसेवामा लगनशील ब्यक्क्तिलाई पर्न आउने कुनैपनि बाधा अड्चन हटाई बाटो खुल्ला नगर्ने हो भने सामाजिक भबिष्य अवश्य मर्छ । मेरो मित्रको एउटा गाडी मात्र होइन सबै एनआरएन चढेको रेल “डिरेल” हुन बाट रोक्ने अब आउने नेतृत्वको प्रमुख दायित्व हुनुपर्छ ।