२०८१ वैशाख ८ गते | 20th of April 2024

लस एन्जलस, क्यालिफोर्नियामा कन्सुलेट अफिसको स्थापना गर्ने नेपाल सरकारको निर्णय

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १० गते १४:४७

गोकुल ढकाल, लस एन्जलस, क्यालिफोर्निया । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारबाट राजिनामा दिएर जांदै गर्दा बसेको नेपाल सरकारको बैठकले हलिवूड सहितको क्यालिफोर्नियाको मायावी शहर लस एन्जलसमा नेपाल सरकारको कन्सुलट जनरलको कार्यालय स्थापना गर्ने निर्णय गरिएको जनाईेएको छ ।

अमेरिकाको पश्चिम तटीय क्षेत्रमा बढ्दै गैरहेको नेपालीहरुको जनघनत्व र टाढा रहेको नेपाली राजदुतावाससंगको गरिने कार्यहरु खर्चिलो हुने बिषयलाई लिएर यस क्षेत्रका सामुदायिक अभियान्ता, सामुदायिक संघ संस्थाहरुले नेपालबाट अमेरिका, त्यसमाथी पनि लस एन्जलस क्षेत्रमा आउने राजनैतीक नेताहरु समक्ष कन्सुलट जनरलको कार्यलयको माग राख्दै आएका थिए ।
उक्त मागलाई सम्बोधन गर्दे परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले क्यालिफोर्नियामा कन्सुलेट जनरलको कार्यालय स्थापनाको लागि मन्त्रीपरिषदवाट निर्णय गरेका छन् । विहीवार उनले सरकारले गरेको निर्णय भन्दै त्यस क्षेत्रका नेपालीहरुको लागि सहयोग पुरयाउने अभिप्रायले कन्सुलेट जनरलको कार्यालय स्थापना गर्नुभएको भन्दै जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले मन्त्री महतलाई उधृत गर्दे सामाजिक सञ्जाल (फेसबुक)मा उक्त समाचारबारे प्रश्ट्याउनु भएको छ ।

समाचारको अधिकारिकताबारे खुल्लामन्चसंगको संपर्कमा ‘परराश्ट्र मन्त्री डा. महतले क्यालिफोर्निया राज्यको लस एन्जलस शहरमा कन्सुलेट जनरलको कार्यालय राखिने कुरो टेलोफोन संपर्कमा आफुलाई बताउनुभएको’ स्पस्ट पार्नुभएको छ । सभापति बिष्टले आफ्नो फेसबुकमा लेख्नुभएको छ – ‘अव नेपाली नियोगले गर्ने काम कन्सुलेट जनरलले गर्नेछ भने त्यस क्षेत्रका नेपालीहरुले अव वासिङ्गटन डिसी सम्म आउनु पर्ने वाध्यता हटेको छ । सरकारले गरेको निर्णय भन्दै यसको लागि अमेरिकामा रहेका नेपाली जनसमुदाय र जनसम्पर्क समिति अमेरिकाले विशेष पहल गर्दे आएको थियो ।’ स्मरणीय छ, नेपाली जनसंपर्क समिती, अमेरिका केन्द्रिय समितिले यस क्षेत्रमा कन्सुलेट अफिस स्थापनाका लागि नेपाल सरकारलाई दवाब दिंदैं आएको थियो । गत बर्ष नेपाली जनसम्पर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरली आयोजना गरेको बनभोज कार्यक्रममा उपस्थित सभापति आनन्द बिष्ट र महासचिव मुनिन्द्र नेम्वाङ्गले यस क्षेत्रका लागि आफुहरुको माग र प्रयास नै ‘कन्सुलेट अफिस’ स्थापना रहेको बताउनुभएको थियो ।

 यस निर्णयबाट अमेरिकाको पश्चिम भागमा बस्ने नेपालीहरूले पासपोर्ट नविकरण, अधिकृत वारेसनामा तयार जस्ता कागजातहरू बनाउन पूर्व सम्म धाउनुपर्ने समस्याबाट मुक्ति पाएका छन् । जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले आफ्नो फेसबुक पेजमा सो सम्बन्धी कुराको जानकारी दिँदै परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतको पहलमा क्यालिफोर्नियामा कन्सुलेट जनरलको कार्यालय स्थापनाको लागि मन्त्रीपरिषदवाट निर्णय गरेको बताउनुभएको छ । सभापति विष्टले आफूले अमेरिकाको पश्चिम र दक्षिण पूर्व टेक्सासमा कन्सुलर कार्यालय स्थापनाको लागि पहल गरेकोमा नेपाल सरकारले तत्काल एउटा भए पनि स्वीकृति सँगै यो भेगमा बसोबास गर्ने नेपालीहरूले सहज ढङ्गले सुविधा लिन पाउने बताउनुभयो ।

यसबारे क्यालिफोर्निया राज्यको सान्-डियगो क्षेत्रका लागि बाणिज्यदुत ॠषि ढकालसंगको संपर्कमा गत हप्ताको आफ्नो ब्यक्तिगत नेपाल भ्रमणका बखत भएको पररास्ट्र मन्त्रीज्यू र सचिवज्यूसंगको भेटमा लस एन्जलसमा कन्सुलेट अफिस स्थापनाको लागि सरकारको निर्णय मात्र बांकी रहेको जानकारी पाएको बताउनुभयो ।
यसबारे क्यालिफोर्निया राज्यको सान्-डियगो क्षेत्रका लागि बाणिज्यदुत ॠषि ढकालसंगको संपर्कमा गत हप्ताको आफ्नो ब्यक्तिगत नेपाल भ्रमणका बखत भएको पररास्ट्र मन्त्रीज्यू र सचिवज्यूसंगको भेटमा लस एन्जलसमा कन्सुलेट अफिस स्थापनाको लागि सरकारको निर्णय मात्र बांकी रहेको जानकारी पाएको बताउनुभयो ।
ग्रेटर लस एन्जलसको गौरव श्रीपशुपतिनाथ फाउन्डेशनले आफ्नो कार्यसमितिको एक बैठकमा नेपाल सरकारले ‘लस एन्जलसमा नेपाल सरकारले कन्सुलेट जनरलको कार्यालय स्थापना गर्ने निर्णय गरेमा आफ्नै (नेपाली समुदायको) स्वामित्वमा रहेको श्रीपशुपतिनाथ फाउन्डेशनको प्राङ्गणमा कार्यालय उपलब्ध गराउने’ र ‘यस समाजका अभियान्ता मुकुन्द ढुंगाना र हेमराज भट्ट मार्फत पररास्ट्र मन्त्री डा. प्रकाशशरण महतलाई ‘फाउन्डेशनको निर्णय पररास्ट्र मन्त्रीज्यूसम्म पुर्याउने जिम्मेवारी’ दिने निर्णय गरेको थियो ।

फाउन्डेशनको उक्त स्वागतयोग्य निर्णयको आज सपना साकार भएको छ । नेपाल सरकारले उक्त निर्णयको फाउन्डेशनले मुक्तकण्ठले प्रशंशा गरेक्को छ । निर्णय कार्यन्वयनको बाटो आगावै ‘नेपाल सरकारको लस एन्जलसमा स्थापना हुने कन्सुलेट अफिस स्थापनाको लागि हरेक तर्फबाट फाउन्डेशनको ढोका खुल्ला रहेको फाउन्डेशनका अध्यक्ष एवम आर्टिसिया नगरका प्लानिङ्ग कमिश्नार भक्त थापाले जनाउनुभएको छ ।

पर्यटन दुत एवम श्रीपशुपतिनाथ फाउन्डेशनका महासचिव रामेश्वर भन्डारीले नेपाल सरकारको उक्त निर्णयको हार्दिक स्वागत गर्नुभएको छ । कन्सुलेट अफिसको स्थापनाको निर्णय लस एन्जलसमा हुने भए पश्चिम तटिय नेपालीको खुशी र गौरबको यो बिषयमा फाउन्डेशनले आफ्नो स्थान उपलब्ध गराउने निर्णय गरेको यथार्थ भएको जानकारी दिनुभयो ।

नेपाली जनसम्पर्क समिती, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरका सभापती मदन पाठकले खुशी प्रकट गर्दै भन्नुभयो, “पार्टी सरकारमा रहेको बेलामा दुरमा रहेको नेपाली दुतावासबाट सेवा ग्रहण गर्न महंगो र असुबिधा पर्न जाने हुंदा यो पश्चिम तटीय क्षेत्र अमेरिकाको ‘हुम्ला र जुम्ला’ जस्तो बिकट ठानिएको आभाश भएकोले तत्कालिन दिवंगत सभापती तथा प्रधानमन्त्री सुशिल कोईराला, परास्ट्र मन्त्री डा. प्रकाशशरण महत, हाम्रो पार्टीका महामन्त्री डा. सशांक कोईरला, केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, मन्त्री शंकर भन्डारी, कांग्रेस केन्द्रिय सदस्य एन पि साउद,  कांग्रेस केन्द्रिय सदस्य विश्वप्रकाश शर्मा  लगायत लस एन्जलस भ्रमणमा आउनुभएका हरेक दलका राजनैतीक नेता तथा सरकारी अधिकारीहरुलाई नेपाली जनसंपर्क समिती, अमेरिका, साउदर्न क्यालिफोर्निया च्याप्टरले गरेको अथक प्रयासले आज आफ्नै आंगनमा ‘कन्सुलेट अफिस’ को स्थापना हुने निर्णयले खुशी तुल्याएको छ ।” सभापती पाठकले थप्नुभयो ‘यस क्षेत्रका नेपालीहरु डि सी पुग्नुपर्ने समस्याबाट मुक्ती भएका छन, यो नेपाली समुदायको ठुलो उपलब्धि हो ।’

नेपाली कांग्रेसका महामन्त्री डा. सशांक कोईराला, परारास्ट्र मन्त्री डा. प्रकाशशरण महत, कांग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेत, मन्त्री आनन्दप्रसाद पोखरेल  लगायत नेपालबाट आउने हरेक राजनैतीक नेताहरुसंग ग्रेटर लस एन्जलस क्षेत्रले ‘कन्सुलेट अफिस स्थापनाको’ एउटै माग राख्दै आएको थियो । नेपालीहरुको बाक्लो जनघनत्व रहेको टेक्सास राज्य र क्यालिफोर्निया राज्य दुबइ स्थानमा नेपाली समुदायद्दारा माग गरिएको कन्सुलेट अफिस यस पटक क्यालिफोर्निया राज्यको लस एन्जलस क्षेत्रका लागि स्थापना गरिने मन्त्री परिषदको निर्णय रहेको पररास्ट्र मन्त्री डा. महतका स्वकिय सचिव उत्तम पाठकले बताउनुभएको छ ।  Image result for los angeles

नेपाली जनसंपर्क समिती, अमेरिकाका सभापती आनन्द बिष्टको सामाजिक संजालमा रहेको बक्तब्य :

अमेरिकाको वेष्टकोष्ट क्षेत्रमा नेपालीहरुको बढ्दो जनघनत्वसंगै लस एन्जलस क्षेत्रमा नेपाल सरकारले कन्सुलेट अफिस राखी दिनुपर्छ भन्ने माग नेपाली समुदायको तर्फबाट निरन्तर भै रहेको थियो । नेपालसंग सरोकार राख्ने कुनै पनि निजी,घरायसी काम र कागजातका लागि वेष्ट कोष्ट क्षेत्रका नेपालीहरुले वासिंगटन डिसी नै आइपुग्नु पर्ने अवस्थाको अब अन्त भएको छ । नेपाली कांग्रेस सहभागी वर्तमान सरकारले यस क्षेत्रका नेपाली समुदायको माग बमोजिम आजै लस एञ्जलस क्षेत्रमा कन्सुलेट अफिस स्थापना गर्ने निर्णय गरेको छ। यसका लागि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं परराष्ट्रमंत्री आदरणीय डाक्टर प्रकाशशरण महतज्यूले वढदो नेपाली जनसमुदायको मागलाई र कन्सुलेट स्थापनाको लागि जनसम्पर्क समितिको निरन्तरको आग्रहलाई समेत सम्बोधन गर्दे मन्त्रीज्यूले कन्सुलेट अफिस स्थापना गर्ने निर्णय गर्न पहल गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु । माननीय मन्त्रीज्यू र नेपाल सरकारप्रति नेपाली जनसम्पर्क समिति,अमेरिका हार्दिक धन्यवाद व्यक्त गर्दछ  ्वेष्ट कोष्ट क्षेत्रमा रहनु भएका नेपाली समुदाय सदस्यहरुका लागि नेपाल सरकारको यो निर्णय स्वागतयोग्य छ ।
कन्सुलेट अफिस स्थापना गर्ने नेपाल सरकार र यसका लागि विशेष पहल गर्ने माननीय परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतज्यूप्रति पुन: एकपटक विशेष आभार !
आनन्द विष्ट
सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *