२०८१ वैशाख ११ गते | 23rd of April 2024

न्यूयोर्कमा एनआरएन अमेरिकाको भेला हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष १९ गते १७:१६

न्यूयोर्क – एनआरएन अमेरिकाको पदाधिकारीहरु, सल्लाहकारहरु र आइसिसिका प्रतिनिधिहरु सम्मिलित विभिन्न २१ च्याप्टरहरुको अध्यक्ष तथा प्रतिनिधिहरुको प्रत्यक्ष भेला यही जनवरीको १२ तारिख ज्याक्सनहाइटमा हुने भएको छ । भेलामा उपस्थित च्याप्टरका प्रतिनिधिहरुले विहान आफनो कार्यकालको प्रगति विवरण प्रस्तुत गर्नुका साथै संस्थागत धारणाहरु राख्ने भएको छ ।

एनआरएन न्युयोर्क च्याप्टरको संयोजकत्वमा हुने लागेको उक्त भेलामा विहानी पख च्याप्टरको कार्यक्रम हुने र दिउसो च्याप्टरहरु, एनआरएन बोर्डका पदाधिकारीहरु, सल्लाहकार र आइसिसिका पदाधिकारीहरु वीच एनआरएन अमेरिकाको प्रत्यक्ष बैठक हुने न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरी अधिकारीले जानकारी दिएका छन ।

उनका अनुसार दिउसोको बैठकपछि साझ ७ बजेदेखि १२ बजेसम्म मेम्बरसिप ड्राइभ गाला डिनर आयोजना हुनेछ । उक्त कार्यक्रमको लागी पदाधिकारीहरुलाई विहान र बेलुकी समेत गरि १ सय डलर प्रबेश शुल्क र अन्य सहाभागीहरुलाई ५० डलर प्रवेश शुल्क राखिएको अधिकारीले जनाएका छन । एनआरएन अमेरिकाको निर्वाचन नजिक आइरहेको यो अवस्थामा हुन लागेको यो कार्यक्रम आफैमा महत्वपुर्ण हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *