२०८१ वैशाख १३ गते | 25th of April 2024

बेलायतको चिसोमा वाचनप्रविण पोखरेलको महापुराणको ताप

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २२ गते ०:४९

बिपिन निरौला/लण्डन – बेलायतमा चिसो बढेसंगै कार्यक्रमको सरगर्मी पनि बढेको छ। तमु (गुरुङ)हरुको महान चाड ल्होसारको उपलक्ष्यमा ‘तमु धी युके’को निमन्त्रणामा प्रदेश ४ का आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ बेलायत आएका थिए भने नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति युके को निमन्त्रणामा नेपाल आदिबासी जनजाती महासंघका पूर्वअध्यक्ष्य एबम पूर्व सभासद नगेन्द्र कुमालले राष्ट्रिय मेलमिलाप दिवस लगायतका विभिन्न समारोहमा भाग लिएका छन् ।

नेपालका प्रमुख दुइ राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी र नेपाली काँग्रेस बाट प्रतिनिधित्व गर्ने दुबैजनालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एकै मंच मा अन्तरकृयामा कार्यक्रम आयोजना गरेको थियो ।Image may contain: 2 people, including Deen Bandhu Pokhrel, hat

उता फरक प्रकृतिको कार्यक्रमका लागि बाचन प्रविण भनेर सुपरिचित दीनबन्धु पोखरेल बेलायत आइपुगेका छन् । शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको आयोजनामा जनवरी ४ देखि ६ तारिखसम्मअल्डरसटमा मन्दिर निर्माणमा धार्मिक महोत्सवका लागि पुराण वाचन गर्न पण्डित पोखरेल बेलायत आएका हुन्।

अल्डरसटमा मन्दिर निर्माणको लागि भवन खरिदमा जुटिरहेको शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको आयोजनामा विशेष धार्मिक महोत्सव आयोजना हुन लागेको सेन्टरका अध्यक्ष रोहितकुमार गुरुङले जानकारी दिए ।

जनवरी ४ देखि ६ तारिखसम्म अल्डरसटको क्वीन्स रोडस्थित अड फेलोज हलमा पण्डित पोखरेलबाट श्रमिदभागवात महापुराण तथा वेद र बौद्धदर्शनसम्बन्धी आध्यात्मिक प्रवचनको कार्यक्रम राखिएको पनि गुरुङले बताए ।

तीन दिने उक्त धार्मिक तथा आध्यात्मिक महोत्सवको बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले उद्घाटन गर्ने कार्यक्रम छ ।

सेन्टरले नयाँ हल खरिद गरिसकेपछि मन्दिरका साथै हिन्दू र बौद्ध धर्म मान्ने स्थानीय समुदायको लागि पूजा अराधना, भजन, किर्तन, योगा, नाचगान लगायतका विभिन्न सांस्कृतिक र सामाजिक कार्यहरुको लागि समेत उपयोगी हुने आशा गरिएको छ ।

कार्यक्रमका संयोजक हरि भट्टराई रहेका छन् भने बिक्रम भट्टराई महासचिब छन्। पत्रकार समेत रहेका कोसाध्याक्ष्य बाचस्पति रेग्मीका आनुसार लण्डन स्थित शिबभक्त ब्यापारी रबिजंग लामिछानेले मन्दिर भवन खरीदका लागि १३ हजार ब्रिटिश पाउन्ड्सको चेक (नेपाली रु १८,३६,८०७.०) प्रदान गरेका छन्। लामीछानेबाट प्राप्त चन्दा ब्यक्तीहरुले प्रदान गरेकाहरु मध्ये सबैभन्दा ठुलो रकम सहयोग हो।

यो रकम चन्दा सहयोग प्राप्त भएपछि भवन खरीद कमीटीका सबै सदस्यहरु र समाजका सदस्यहरुमा उत्साहा जागेको कुरा शिव मन्दिर एवम् कम्युनिटी सेन्टरका अध्यक्ष रोहित गुरुड्गले खुसी ब्यक्त गर्दै धन्यवाद दिएका छन् ।

साथै, मन्दिर एवम् कम्युनिटी सेन्टर खरीद गर्ने लक्ष्य अब पुरा हुदै गएको छ भन्दै सबैमा उर्जा बढेको बताइएको छ। नेपाली समुदायले पुजा गर्न र कम्युनिटीका बैठक बस्न मिल्ने भवन ३ लाख ब्रिटिश पौण्डमा खरीद गर्ने योजना शिव कल्चर एवम कम्युनिटी सेण्टरको रहेको जानकारी दिइएको छ ।

खासगरी पूर्वीय कला , संस्कृति र अध्यात्म संसारमै बैज्ञानिक र उत्कृस्ट रहेको जानकारी विदेशमा जन्मिएका र पलायन भएका आधुनिक एबम् नयाँ पुस्तालाइ यस प्रकारका कार्यक्रमले ज्ञान पुस्तानान्तरण गर्नेमा बाचन प्रविण पोख्रेल , आयोजक र स्थानीय समुदायको आशा एबम् बिस्वास रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *