२०८१ वैशाख ७ गते | 19th of April 2024

कुलमानको चमत्कार : भारतलाई बेचिदिए साढे १० करोडको बिजुली

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २३ गते २०:०३

काठमाडौं – गएको वैशाखयता नेपालले करीब २ करोड किलोवाट आवर (युनिट) विद्युत् भारत निर्यात गरेको छ । अप्रिलदेखि नोभेम्बर २०१८ भित्रमा नेपाल विद्युत् प्राधिकरणले भारतका विद्युत् व्यापारीलाई कुल १ करोड ८८ लाख ७४ हजार युनिट विद्युत् विक्री गरेको हो । प्रतियुनिट ५ रुपैयाँ ५५ पैसाका दरले विद्युत् विक्री गरिएको हो ।नेपालमा विद्युत्को खपत अत्यन्तै न्यून हुने रातको समयको विद्युत् निर्यात गरी उक्त रकम आम्दानी गर्न सफल भएको प्राधिकरणका प्रवक्ता एवम् विद्युत् व्यापार प्रमुख प्रबल अधिकारीले जानकारी दिए ।

विद्युत् विक्रीबाट कुल रू. १० करोड ४७ लाख ५० हजार ७ सय आम्दानी भएको प्राधिकरणले जानकारी दिएको छ । ‘राति १०–११ बजेपछि हामीकहाँ विद्युत् खपत एकदमै कम हुन्छ भने भारतमा राति पनि चल्ने उद्योगको विद्युत् माग उच्च हुन्छ,’ उनले भ ने, ‘त्यसैले उताबाट माग भएमा हामीलाई बढी हुने विद्युत् हामीले खेर जान दिनु साटो विक्री गर्ने गरेका छौं ।’

सन् २०१४ मा नेपाल र भारतबीच सम्पन्न विद्युत् व्यापार सम्झौता (पीटीए) ले नेपालले भारतलाई विद्युत् बेच्ने औपचारिक ढोका खोल्ने वातावरण बना एको थियो । तर, व्यावहारिक रूपमा भने धेरै अघिदेखि नै नेपालबाट विद्युत् निर्यात भइरहेको प्रवक्ता अधिकारी बताउँछन् ।

हालसम्म नेपालले भारतको विहार प्रान्तमा विद्युत् निर्यात गरेको तथ्यांक छ । प्राधिकरणले भारतको नर्थ विहार पावर डिस्ट्रिब्युशन कम्पनीलाई कटैया–कुशाहा र कटैया–दुहबी विन्दुबाट विद्युत् उपलब्ध गराएको छ । उक्त विन्दुबाहेक परासी वितरण अन्तर्गतबाट पनि विद्युत् निर्यात गरिएको छ ।उक्त विन्दुबाट २०७३ जेठदेखि २०७५ वैशाखसम्ममा कुल ५८ लाख ९४ हजार युनिट विद्युत् निर्यात गरिएको छ । औसतमा १० रुपैयाँ ८६ पैसा प्रतियुनिटका दरले बेचिएको उक्त विद्युत्का लागि नेपालले रू. ६ करोड ४० लाख ७ ह जार प्राप्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *