२०८१ वैशाख १२ गते | 24th of April 2024

श्रीपशुपतिनाथ फाउन्डेशनमा बिशेष सत्संग कार्यक्रम हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २४ गते २२:२९

लस एन्जलस – श्रीपशुपतीनाथ फाउन्डेशन युएसए, लस एन्जलसको आयोजनामा एक बिशेष सत्संग कार्यक्रमको आयोजना हुंदैछ । मन्दिरमा आयोजना हुने सत्संग कार्यक्रममा वसन्त बत्चु, प्रख्यात वीणावादक डा. गोकुल दास र उनीहरुको सांगितिक समुहले आफ्ना बिशेष भजन र स्तुतीगानहरु प्रस्तुत गर्नेछन ।

कार्यक्रमबारे जानकारी :
मिती : आईतवार, जनवरी १३, २०१९
समय : बेलुकी ५:०० देखी ७:०० बजे = भजन
बेलुकी ७:०० देखी ७:३० बजे = आरती
बेलुकी ७:३० देखी ८:३० बजे = सत्संग
स्थान : श्रीपशुपतिनाथ फाउन्डेशन परिसर
ठेगाना : 10843 Kenny Street, Norwalk, CA 90650e

कार्यक्रममा प्रसादको व्यबस्था गरिएको छ । प्रसादको लागि स्पन्सर गर्न चाहनुहुने महानुभावहरुले आफु अनुकुलको बस्तु-सामान उपलब्ध गराउन सकिने फाउन्डेशनले जनाएको छ । कार्यक्रम र सहयोगबारे प्रश्न भए फोन नं : (562) 864 – 7600 मा संपर्क गर्न सकिनेछ ।  

धर्म, संस्क्रिती र परम्पराको लिडरशिप गरेको लस एन्जलसको छाता संगठन श्रीपशुपतिनाथ फाउन्डेशनले स्थापना कालदेखी शुरु गरेको सत्संगको निरन्तरता र प्रख्यात कलाकारहरुको मन्दिर भेटघाट कार्यक्रमको अवसर पारेर नव बर्ष २०१९ को पहिलो सत्संगमा उपस्थित हुन ग्रेटर लस एन्जलसमा रहनुहुने सम्पूर्ण सामुदायिक सदस्यहरु एवम शुभेक्छुकहरुलाई फाउन्डेशनले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *