२०८१ वैशाख ११ गते | 23rd of April 2024

माननीयको डेरा

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २५ गते ११:४४

-अर्जुनराज पन्त

फट्याइकोनि हद हुन्छ कस्ता धर्म छाडा !
घर हुनेले लिदा रछन छैन भन्दै भाडा
मुलुकैलई हाँक्ने गरि कानून बन्छ जहाँ
त्यहि थलोमा बोलेउ झुटो सच्याउने हो कँहा ?
यस्ता ठाँउमा झुटो बोल्दा कस्तो नजिर जाला
तिम्लाई खाए केहि थेन ब्यबस्था नै खाला
सदनको ब्यबहारले कस्तो नजिर आयो
पक्रीएमा फिर्ता गर्यो उसले माफी पायो !

भएकालाई छैन भनि झुटो बोलेउ जसले
हेर अब तिम्रा घरमा रजाई गर्छ कसले !
सुन्थे दलित सांसदले पाउदैनन रे कोठा
लिइ बस यिनका घर अब एक एक वटा
उठाउ लगत शुरु गर यस्ता घर गन्न
कुन नाकले आउदा रछन मेरै घर हो भन्न
कहिले काहिँ त यस्तरिनि आउदो र छ निकास
नपर्ने भो बनाउनलाई सांसदको आबस

गगन चुम्बी बंगलामा होलान कति कोठा
पुग्छ होला सबैलाई दिए दुइ चार वटा
खालि गर्देउ अब छिटै अन्त कतै सर
होलान अझै कतै खालि ठेकेदारका घर
यो पार्टीका उ पार्टीका कसलाई पो नै गनम
शभामूखनि उस्तै कठै अरुलाई के भनम
भेटे जति खानै पर्ने अचम्मैको पारा
केन्द्र देखि प्रदेश सम्म खादा रछन सारा

आश गरेका युवा नेता थुक्क तिम्रो मति
यस्तो पनि छोड्दा रैन्छौ भेटे खाउला कति !
रैथाने र उधयोगपति सम्पति नि अति
यति पनि खानै पर्ने कठै तिम्रो मति !
तिम्ले बुझ्छेउ घर भाडा लोग्ने मन्त्रि निवास
त्यति राम्रो दाम्पत्य थ्यो कहिले भयो बिनास ?
त्यसै भन्या रैन्छन गाठे भेडीगोठे थलो
अरुको त कुरै छोडौ पिरेम समेत चलो

सदनमा जादा लगेउ खुर्सानीका पोका
जे भए नि बुढो पोइलाई नदेउ बरै धोका
कुन मुखले जाउला फेरी मेरै घर हो भन्न
जनताले थाले अब तिम्रा दिन गन्न
लोभी पापी भ्रस्टाचारी फेला परेउ अब
जनताले कब्जा गरुन तिम्रा घर सब |

Leave a Reply

Your email address will not be published. Required fields are marked *