२०८१ वैशाख ८ गते | 20th of April 2024

‘मिल्ने भए कृष्णलाई मेरै हात दिन्थेँ, – रुपा

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २५ गते १३:००

काठमान्डौं – ‘तिमीलाई हड्डी खियाएरै भएपनि स्टाफ नर्स पढाउँछु’ २१ वर्षका कृष्णले पढाई सकेर काममा जाँदै गर्दा रुपासंग बाचा गरे, तर समयको नियति कृष्ण र रुपाको जीवनमा अर्कै थियो । श्रीमानको हौसला पछि रुपाको आत्मबल झन बढ्यो र बृज कोर्ष गर्न थालिन ।‘ जेठ २४ अर्थात हाम्रो म्यारिज एनिभर्सरी डे’ रुपाले सुनाईन, कस्तो मलाई यादै नभाको, उहाँले फोन गरेर मिठो-मिठो खाउ रमाईलो गर आज त हाम्रो म्यारीज एनिभर्सरी कृष्णको फोन आयो । अनि हामीले रमाईलो गर्यौँ ।

त्यसको अर्को दिन खै किन हो त्यो दिन अघिल्लो दिन अर्थात २४ गतेको जस्तो खुसी थिईन । अलि न्यास्रो लागेको थियो । खाना खाने मन थिएन साँझपख अलि ढिलोगरी सुनेको दुर्घटनाको खबरले म केहीबेर बेहोस भए । रात रोएरै बित्यो । त्यस्ता कति दिन कति रात रोएर बिते रुपा र कृष्णका अनुमान छैन । रुपा आँखाभरी पारेर भन्छिन ‘मामाले आमालाई भन्नु भएछ भान्जीलाई फिर्ता ल्याउ, त्यो दुबै हात नभएकोले कसरी पाल्छ ? के खाएर बस्छे ? आफुँले माया गरेर बिहे गरेको मान्छेलाई कसरी छोड्न सकिन्छ र दाई ?’ रुपा डाको छोडेर रोईन ।घरको कथा दुबैको उस्तै छ ।

दुबैका बुबा-आमा साथमा छैनन । दुबै माओलीमा हुर्केका। रुपाको अहिले यत्रतत्र प्रशंसा छ । २१ वर्षकी रुपाको परिपक्कता देखि दुनियाँले सलाम गर्छ ! ‘कृष्णलाई मेरो हात मिल्ने भए मेरै हात दिन्थें तर तिम्रो यति सानो हात कहाँ मिल्छ मेरो शारीरमा कृष्ण भन्नुहुन्छ’ रुपाले सुनाईनन । शुरु-शुरुमा माया बस्दाका दिन सम्झिईन रुपाले, पहिले-पहिले कृष्णले मलाई खुवाईदिनु हुन्थ्यो । अहिले म खुवाई दिन्छु, एकछिन छोड्न सक्दिन आमा जस्तै गरेर स्याहार गर्न मन लाग्छ । कृष्णको हात राख्दिन मन छ । भगवान जस्ता नेपालीहरुको हामी प्रतिको दया मायाले आजभोलि निकै हौसला र अझै खुसीले बाँच्ने केहि गर्ने हिम्मत बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *