२०८१ वैशाख ८ गते | 20th of April 2024

तामाङ समाज, अमेरिकाद्वारा सल्लाहकार समिति गठन

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २५ गते १८:१५

न्यूयोर्क – तामाङ समाज अमेरिकाले सात जना समुदायको प्रवुद्द व्यक्तित्वहरुलाई सल्लाहकारमा मनोनयन गरेको जानकारी गराएको छ । संस्थाको विधानको धारा ३४ अन्तर्गत सल्लाहकार समित गठन गरिएको प्रेस बिज्ञप्तिमा उल्लेख गरिएको छ । मनोनित सल्लहाकारहरुमा भोजराज थोकर (न्युयोर्क), रेशम बल तामाङ (क्यालिफोर्निया), डा. आशलाल तामाङ (मिनिसोटा), राजेन्द्र लामा (क्यालिफोर्निया), नरेन्द्र तामाङ (क्यालिफोर्निया), चुन्टीयु लामा (कनेक्टिकट) र कानूनी सल्लाहकार डिल्ली राज भट्ट (न्युयोर्क) छन् ।

न्युयोर्क निवासी भोजराज थोकर नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिव तथा स्थानीय समाजसेवी हुन् । क्यालिफोर्निया निवासी रेशम बल तामाङ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) क्यालिफोर्निया शाखाका निवर्तमान अध्यक्ष हुनुका साथै तामाङ को-अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका पूर्व महासचिव पनि हुन् । क्यालीफोर्निया निवासी राजेन्द्र लामा तामाङ को-अपरेशन सोसाइटी अफ क्यालिफोर्नियाका संस्थापक महासचिव र स्थानीय समाजसेवी हुन् । अर्का क्यालिफोर्निया निवासी नरेन्द्र तामाङ स्थानीय समाज सेवी हुन् भने कनेक्टिकट निवासी चुन्टीयु लामा समाजसेवी र व्यबसायी हुन् । त्यसै गरेर संस्थाको कानूनी सल्लाहकारका रुपमा “भट्ट ल एण्ड एसोसियट्स” का प्रमुख डिल्ली राज भट्ट छन् । डिल्ली राज भट्ट न्युयोर्कका वरिष्ठ कानूनविदका रुपमा चिरपरिचित छन् ।

तामाङ समाज अमेरिकाको विधान अनुसार सल्लाहकार समितिको अध्यक्षता संस्थाकै अध्यक्षले गर्ने प्रावधान छ भने महासचिव पदेन सदस्य सचिव रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *