२०८१ वैशाख ७ गते | 19th of April 2024

क्यालिफोर्नियामा पृथ्वी जयन्ती मनाउन सम्पूर्ण तयारी पूरा

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २६ गते ०:५४

सान्फ्रान्सिस्को – संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया, राज्यको सान्फ्रान्सिस्कोमा पृथ्वी नारायण शाहको २९६ औँ जन्म जयन्तिको उपलक्षमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन सम्पूर्ण तयारी पूरा भएको आयोजकहरुले बताएका छन। हालै जनवरी ५ मा क्यास्ट्रो भ्यालीमा बसेको समिक्षा बैठकले तयारी उत्साहजनक रहेको ठहर गरेको हो।

युवा समाज सेवी प्रिन्स युवराज कार्की संयोजकत्वमा सामाजिक अगुवाहरु चन्द्र धिताल, उत्तम कार्की, अनिल पाण्डे, यज्ञप्रसाद नेपाल तथा मणी नेपाली पनेरु सदस्य रहेको एक मूल समारोह समितीको गठन भएको छ । यसैगरी, उक्त समितिले थप ३ जना सदस्य थप गरेको छ । नयाँ सद्स्यहरुमा नारायण सोम्नामे, पदम लामा तथा सुनिता गुरुङ इस्टर्ले रहेका छन्।

‘वीर पुर्खाहरुको सम्मान गरौँ’ भन्ने नाराका साथ सम्पन्न हुन लागेको सो कार्यक्रम मदरल्यान्ड नेपाल, पश्चिम अमेरिका नेपाली महासंघ, नेपाल विश्व सहयोग संघ तथा लायन्स क्लब अफ सान लियान्ड्रो मनकामना प्रमुख आयोजक रहेका छन भने उत्तर क्यालिफोर्नियाका बिभिन्न संघ संस्थाहरु सहभागिता रहने भएको छ । नेपाल देश र नेपाली जनताप्रतीको साँचो मायाले प्रेरित भई सो कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *