1

महाबीरको केन्द्रलाई महावाणिज्यदुत महतद्दारा महिनाको दश हजार दिईने 'एकता दिवस र छोरीको जन्मदिन आजबाट पुनको बिशे नगर्ची बन्नेछु' - महावाणिज्यदुत महत

105 पटक पढिएको

बाल्टिमोर – मेरिल्याण्ड तथा पेनसेल्भेनिया राज्यका लागि नेपाल सरकारका महाबाणिज्यदुत तथा प्रसिद्ध लोकगायक प्रेमराजा महतले म्यागासेसे पुरस्कार विजेता महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्रलाई महिनाको १० हजार नेपाली रुपैया दिने घोषणा गर्नु भएको छ । आफ्नी कान्छी छोरी सदिक्षा भन्डारीको सुखद जन्मोत्सवको अवसर पारेर महाविर पूनको महाअभियानलाई छोरीको जन्मदिन, १२ जनवरी अर्थात पौष २८ गते हरेक बर्ष आफुले उक्त सहयोग गर्ने महावाणिज्यदुत महतले जनाएका छन ।

राष्ट्रिय एकता दिवसको दिन र संयोगले छोरीको जन्मोत्सव तथा राष्ट्रिय आविस्कार केन्द्रको मायालाई खुशी र अवसर मानेर ‘राष्ट्रिय एकता कायम गर्न राष्ट्र निर्माता बडामहाराजधिराज पृथ्वीनारायण शाहको अभियानलाई हररात सहयोग गर्ने बिशे नगर्चीको भूमिकालाई सम्झेर आफु पनि महाबियर पुनको महाअभियानमा नगर्चीको भूमिका निर्वाह गर्ने जनाएका छन ।

पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको सेरोफेरोमा दश हजार रुपैया निरन्तर दिने घोषणाको साथै देश बिदेशमा छरिएर नेपालीहरुलाई प्रति महिना १० हजार रुपैया प्रदान गर्न समेत आव्हान गरेका छन ।

महाबाणिज्यदुत महतले महाबीरद्वारा संचालनमा रहेको राष्ट्रिय आविष्कार केन्द्र हाल बामे सर्ने अवस्थामा रहेको र यसलाई बचाउनु जरुरी रहेको जनाएका छन । ‘बाल्यावस्थाको केन्द्रलाई हुर्काउन सकियो भने मात्र करिब दुई दशकमा नेपाल आर्थिक रुपमा समृद्ध हुने बाताबरण बन्नेछ भन्दै सबैलाई यस महान महत्वाकांक्षी परियोजनाको लागि सक्रिय सहभागिता जनाउनु हाम्रो कर्तब्य हो’, महावाणिज्यदुत महतले बताए ।

तपाईको प्रतिक्रिया

टेक्सास - चर्चित साहित्यकार नीलम कार्की निहारिकाले आफ्नो जिवनका बिभिन्न पाटोहरु कार्यक्रम.. ...

क्यालिफोर्निया - नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय.. ...

अमेरिका - श्रीमती सिता दाहालको उपचारार्थ अमेरिका आईपुगेका पूर्व प्रधानमन्त्री एवं नेकपा.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...