२०८१ वैशाख १४ गते | 26th of April 2024

डिसीमा नेजाको सामुदायिक अन्तर्कृया कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ पुष २९ गते ८:३०

अमेरिकाको डीसी महानगर क्षेत्रमा नेपाल अमेरिका पत्रकार संघ(नेजा)को सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भर्जिनियाको मनासस शहरको एक पुस्तकालयमा उक्त सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको लागि क्यालिफोर्नियाबाट नेजा अध्यक्ष सुदिप पन्त आएका थिए भने अध्यक्ष पन्तको साथमा पत्रकार राजेश मिश्रले सहभागिता जनाएका थिए । कार्यकममा डीसी महानगर क्षेत्रका विभिन्न संघ/संस्थाका प्रतिनिधिहरु तथा अधिकांश संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमको मुख्य उद्धेश्य समाजले नेजालाई कसरी हेरको छ ,र अमेरिकामा सामुदायिक पत्रकारिता जान सक्छ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको सचिव भण्डारीले बताए । कार्यकम संचालन नेजाका सचिव सुरज भण्डारीले गरेका थिए ।

स्वागत मन्तब्य डीसी महानगर क्षेत्रका लागि नेजाका क्षेत्रीय संयोजक लिला ओझा ढकालले गरेकी थिइन् । नेजाका अध्यक्ष सुदिप पन्त डीसी क्षेत्रको भ्रमण रहेको अवसरमा समुदायसंग छलफल गर्ने उद्धेश्यले कार्यक्रको आयोजना गरिएको हो । नेजाले कसरी समुदायमा आफ्नो सम्बन्धलाई फराकिलो बनाउदै जान सक्छ र अगाडी बढ्न सक्छ भन्ने उद्धेश्यले सामुदायिक अन्तरक्रिया राखेको लिला ओझाले बताइन ।

कार्यक्रम परिचयबाट सुरु भएको थियो भने छोटोमा सहभागीहरुले आफ्नो आ-आफ्ना मन्तब्य राखेका थिए । वरिष्ठ पत्रकार हरि अधिकारीले पत्रकारले आफ्नै नियमले आफै बाधिनु पर्छ। अधिकारीले धेरै वटा छरिएर रहेका संचार माध्यमहरु एकैमा बिलिन हुने हो कि ? यसको लागि पहल गर्ने हो कि ? हरेक घरघरमा संचार माध्यम हुनु भन्दा मिलेर काम गर्दा राम्रो हुने आफूलाई लागेको बताउदै सुझाव दिएका थिए ।

वरिष्ठ पत्रकार योगेश उपाध्यायले यहाँ भै रहेको पत्रकारितामा आफू सन्तुष्ट छैन भन्दै शोखको रुपमा मात्र गरेको पाएको बताए । पत्रकार राम प्रसाद खनालले हामीले गरेको पत्रकारिता प्रयाप्त नभएको बताए ।

उक्त सामुदायिक अन्तरक्रिया कार्यक्रममा बिशेष गरि संचारकर्मीको तर्फ बाट ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल,वरिष्ठ पत्रकार हरि अधिकारी ,पत्रकार राम प्रसाद खनाल ,एएनएका अध्यक्ष मेदनी अधिकारी,पत्रकार राजेश मिश्रा ,नेजाका पूर्व अध्यक्ष गौतम दाहाल,हर्नडनका नगर परिषदका नव निर्वाचित नगर परिषद सदस्य प्रदिप ढकाल ,नेजाका संस्थापक अध्यक्ष गिरिश पोखरेल, मेरिल्याण्ड राज्यको इन्डियन हेड अफ टाउनका उप नगर प्रमुख किरण सिटौला तथा वरिष्ठ पत्रकार योगेश उपाध्याय लगायतले मन्तब्य राखेका थिए ।

पत्रकार राजेश मिश्रले नेजा को स्थापन कालमै नेपाली पत्रकारितालाई मुलधारमा लाने कुरा चलेको प्रशंग गर्दै नेपाली पत्रकारितालाई कसरी मुलधारमा लाने अहिले सम्म आफूले नबुझेको बताए । उक्त समयमा तालील लिनु पर्छ योजना गर्नु पर्छ भन्ने कुराहरुको पनि चर्चा परिचर्चा भएको सुनाए ।

अन्तराष्ट्रीय नेपाली पत्रकार संघ (ईन्जा )का अध्यक्ष गुणराज लुइँटेल ले इन्जा एक ग्लोबल संस्था हो, विश्वका पॉच महादेशमा कार्यरत रहेको ईन्जाले नेपाली भाषी पत्रकार र आबद्ध संचार माध्यमका लागि पत्रकारिताको नैतिकता कायम राख्न प्रोत्साहन गर्दै सामुदायिक पत्रकारितामा प्रोत्साहन गर्ने निति लिएको व्यहोरा जानकारी गराए ।नेपाली पत्रकार र पत्रकारिताको हितका लागी काम गर्ने नेजा लगायत नेपाली भाषीका सामुदायिक संघ संस्थाहरूको उत्थानका लागी सहयोग गर्न ईन्जा सदैव तयार रहेको समेत ईन्जाका अध्यक्ष लुईटेलले जानकारी दिए । यसै गरि समुदायमा कार्यक्रम गर्दा कार्यक्रमको एजेन्डा सहित आउन र संस्थाहरू व्यवस्थित हुनु पर्ने ईन्जाका उपाध्यक्ष सुनिलमणि दाहालले सुझाव दिएका थिए ।

नेजाका पूर्व अध्यक्ष गौतम दाहालले अमेरिकामा आएर हामी नेपालबाट आएका पत्रकारहरुले मूलधारको पत्रकारिता गर्नु भनेको मेरो लागि हास्यास्पद हुने बताए । हामी नेपाली समाजका उत्पादक हौ । नेपाली समाजलाई राम्रो बनाउन नेपाली संचार माध्यमले के गर्छ भन्ने कुरामा केन्द्रित हुनु पर्ने कुरामा जोड दिए ।

नेजाका अध्यक्ष सुदिप पन्तले धन्यवाद गर्दै आफ्ना मन्तब्य राखेका थिए । उनले पत्रकारले समाज परिवर्तन गर्न त्याग गर्नु पर्छ । उनले अगाडी भने पत्रकारहरुमा ईमान्दारिता हुनु पर्छ । असल हुने नाममा राजनैतिक रंग नदिउ भन्ने कुरामा जोड दिए । आफुले ईमान्दारिता पूर्वक काम गरेको छु भने इमान्दारिता पूर्वक लेखौ । पत्रकारले लेख्न नडरानु । समाचार लेख वापत धम्कि दिन्छ भने नेजाले निशुल्क परामर्श दिने प्रतिबद्धता जाहेर गरे ।

आफु मुलधारमा बिजयी भएकालाई हौशला गर्न आएको हु भन्दै धन्यवाद दिदै कार्यक्रमको बिसर्जनको घोषणा गरे !स्रोत : ईनेप्लिज

Leave a Reply

Your email address will not be published. Required fields are marked *