२०८१ वैशाख ८ गते | 20th of April 2024

नेजाद्दारा पत्रकार जयदेव गौतमलाई सहयोगको लागि अपिल

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ ७ गते २३:२३

भर्जिनिया – नेपाल अमेरिका पत्रकार संघ नेजाले पत्रकार जयदेब गौतमको सहयोगार्थ गोफण्ड मार्फल सहयोगको अपिल गरेको छ । बिगत ५/६ महिना देखि कम्मर मुनि प्यारालाईसिस् अबस्थामा उपचार गराई रहनु भएका पत्रकार जयदेब गौतमको सहयोगकालागि नेजाले गोफण्ड खोलेको छ । नेजाका तर्फबाट ५०० को डोनेसन सहित सुरु गरिएको सहयोगको अभियानमा सबैको सहभागिताको नेजाले अपेक्षा गरेको छ भनिएको छ । डाक्टरको सल्लाहले घरैमा बसेर उपचार गराईरहनु भएका गौतमलाई अचानक यस्तो बिराम देखिएको थियो ।

स्वास्थ्यमा दिनप्रतिदिन सुधार आउदै गरेको भएता पनि अहिले ओखती उपचारको लागि आर्थिक रुपमा अप्ठ्यारो परेकोले नेजाकै अग्रसरतामा गोफण्ड खोलेर उहालाई सहयोग गर्न थालिएको जानकारि प्राप्त भएको छ । सहयोग गर्न चाहनेहरुले तलको गोफण्ड लिंकमा गएर उहालाई सहयोग गर्न सकिने छ ।

Please Click here yo help :
पत्रकार जयदेव गौतमलाई सहयोग गरौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *