२०८१ वैशाख ७ गते | 19th of April 2024

हिमालयन एचडीले नेपालमा चारवटा रियालिटी शो गर्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ ७ गते २३:४१

काठमान्डौं – भर्खरै मात्र एच डी टीभीका रुपमा अपग्रेड भई अनलाईनखबरको स्वामित्वमा आएको हिमालय टीभी एचडीले ‘भ्वाइस अफ नेपाल सिजन २’, ‘डान्सिङ विथ स्टार’ र ‘नेपाल्स नेक्स्ट टप मोडल’ नामक तीनवटा अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ गर्ने भएको छ । हिमालय टीभी एच डीका अध्यक्ष धर्मराज भुसालका अनुसार यी तिनैवटा रियालिटी शोहरु दर्शक सामु छिट्टै ल्याउने तयारि भईरहेको छ ।

हिमालयन टेलिभिजन मार्फत बर्षमा चारवटा रियालिटी शो गर्ने तालिका तय भैसकेको समेत अध्यक्ष भुषालले हामीलाई जानकारी गराए । ‘हिमालय रोडिज’ नामक शो का दुईवटा सिजन सम्पन्न गरिसकेको टेलिभिजनले केहि महिना भित्रै ‘नेपाल्स नेक्स्ट टप मोडल’ रियालिटी शो सुरु गरिसक्ने जानकारी प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *