२०८१ वैशाख १२ गते | 24th of April 2024

‘नेपाल आइडल-२’का ६ प्रतिष्पर्धीहरुद्दारा अस्ट्रेलियामा धमाका मच्चाउने तयारी

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ ९ गते १८:०५

राजन घिमिरे/अष्ट्रेलिया – पछिल्लो समय अष्ट्रेलिया नेपाली चलचित्र र गीत संगीतका कार्यक्रमहरूका लागि निकै अभ्यस्त हुन थालेको छ । यस क्षेत्रका प्रशंसकहरू पनि अष्ट्रेलियामा धेरै नै छन् । यसै क्रममा गायनमा आधारित लोकप्रिय रियालिटी शो नेपाल आइडल सिजन–२ का उत्कृष्ट ६ जना प्रतिस्पर्धी पहिलोपटक अष्ट्रेलियामा प्रस्तुत हुने भएका छन् ।

कन्सर्टमा नेपाल आइडल–२ का विजेता रवि ओड मुख्य आकर्षण रहनेछन् । नेपाल आइडल रविलाई प्रतियोगिताको उत्कृष्ट ६ मा पुग्न सफल विक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारी तथा अमित बरालले कन्सर्टमा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गरेर साथ दिने भएका छन् । कार्यक्रममा पवन गिरीको पनि प्रस्तुती रहने बताइएको छ ।

उक्त कार्यक्रम फेब्रअरी ८ शुक्रवार सिड्नीको लिभरपूल स्ट्रिटस्थित सार्क होटलको स्पेस नाइट क्लबमा आयोजना हुने छ । सिड्नीको यो भब्य लाइभ कन्सर्टको आयोजना नेपाली टचले गर्न लागेको हो ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले यो वृहत सांगीतिक कार्यक्रमलाई मुख्य प्रायोजन गरेको छ ।

नेपाली समुदायको अत्यधिक बसोबास रहेको सिड्नीमा फेब्रुअरी ८ मा भव्य रुपमा कार्यक्रम सम्पन्न गर्ने गरी तयारी गरिएको नेपाली टचका दिपेश पुनले जानकारी दिएका छन् । कलाकारहरूको भिसा पार्टनरको रूपमा भने इपि माइग्रेशन र डिएम लिगल रहेको छ भने कम्यूनिकेशन पार्टनरमा एक्सपर्ट टेलिकम रहेको छ ।

स्थानीय समय अनुसार साँझ ८ बजेदेखि प्रारम्भ हुने नेपाल आइडलको लाइभ कन्सर्टमा नेपालकी लोकप्रिय डान्स जक्की डिजे अर्पणा पनि सहभागी हुने छिन् । कार्यक्रममा सिड्नीमा बसोबास गर्ने स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिने आयोजक नेपाली टचका राज के गोस्वामीले बताएका छन् ।

कार्यक्रमको सञ्चालन नेपाल आइडलकी प्रस्तोता तथा अभिनेत्री रीमा विश्वकर्माले गर्ने छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *