२०८१ वैशाख १४ गते | 26th of April 2024

फेब्रुअरी ३ र ५ सानफ्रान्सिस्कोमा र १६ तारिख लस एन्जलसमा ‘प्रसाद’

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ १५ गते २:०७

लस एन्जलस – नेपालमा प्रदर्शनपछी यस बर्षको सफल चलचित्र ‘प्रसाद’ अमेरिकाका बिभिन्न शहरहरुमा प्रदर्शन भैरहेको छ । यसैबीच आगामी फेब्रुअरी ३ र ५ तारिखमा सान फ्रान्सिस्को बे एरियामा प्रसाद प्रीमियर हुँदैछ । माया आर्ट्स अमेरिकाको आयोजनामा ३ तारिख साझ ५ बजे शेरा थियटर मिलपिटासमा र ५ तारिखमा साझ ६:३० बजे अल्बेनी ट्विन्स अल्बेनीमा प्रदर्शन गरिन लागेको आयोजक सदस्य सागर श्रेष्ठले जानकारी दिएका छन । उनका अनुसार मिलपिटासको प्रदर्शनबाट उठेको रकमको केहि हिस्सा स्थानिय रुपमा सन्चालित नेपाली भाषा कक्षाकोलागी प्रदान गरिनेछ ।

लस एन्जलसमा हलमा होईन, बिद्धार्थीका लागि मन्दिरमा प्रसाद :

नेपालमा समिक्षकहरुको राम्रो तारिफ बटुलेको फिल्म प्रसादमा नम्रता श्रेष्ठ, बिपिन कार्की उर्फ र निश्चल बस्नेतको प्रमुख भूमिका रहेकोछ । यस चलचित्रलाई आगामी फेब्रुअरी १६ तारिखमा लस एन्जलसको श्रीपशुपतीनाथ फाउन्डेशन हलमा प्रदर्शन गर्न लागिएको छ । अत्याधुनिक प्रोजेक्टर मार्फत मन्दिरको सामुदायिक हलमा प्रसाद प्रदर्शन गरिनेछ ।

हललाई बुझाउने भाडाको अलावा आफ्नै समुदायको सामुदायिक हलमा प्रदर्शन गरेर बचेँको पैसा ‘फाउन्डेशन माताहतको नेपाली पाठशाला’ लाई प्रदान गरिनेछ । सम्पुर्ण नेपाली कला र संस्कृतीप्रेमी महानुभाबहरुलाई कार्य्रक्रममा उपस्थित भई सहयोग गरिदिनुहुन माया आर्ट्स अमेरिकाका सस्थापक तथा ‘प्रसाद’ चलचित्रका लागि अमेरिकी वितरक सुरेश दर्पण पोखरेलले अनुरोध गरेका छन ।

https://www.facebook.com/233925586741153/videos/1981542858815959/

Leave a Reply

Your email address will not be published. Required fields are marked *