२०८१ वैशाख १७ गते | 29th of April 2024

मान बहादुर बने महानगरको मेयर

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १२ गते ५:१५

प्रकाश ढकाल
पोखरा, १२ जेठ ।
पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा एमाले उम्मेदवार मान बहादुर जिसी निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणना अनुसार जिसीले निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार रामजी कुवँरलाई १३ हजार ७ सय २ मतान्तरले पराजीत गरे । जिसीको कुल ६० हजार ११८ मत आउँदा कुँवरले ४६ हजार ४१६ मत प्राप्त गरे ।
उपप्रमुख पदमा पनि एमाले उम्मेदवार मञ्जुदेवी गुरुङ भारी मतका साथ बिजयी भईन् । मञ्जुले निकटतम उम्मेदवार काँग्रेसकी सरस्वती गुरुङलाई ११ हजार २२५ मत अन्तरले पराजीत गरिन् । मञ्जुको कुल ५४ हजार १०० मत आएको छ भने सरस्वतीले ४२ हजार ८७५ मत प्राप्त गरिन् ।
क्षेत्रफलको आधारमा पोखरा देशकै सबैभन्दा ठूलो महानगरपालिका हो । बिजेता उम्मेदवारलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले आईतबार १ बजे प्रमाणपत्र प्रदान गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *