२०८१ वैशाख १२ गते | 24th of April 2024

चर्चित पत्रकार नारायण श्रेष्ठ अमेरिकाको विश्वबिद्धालयद्दारा सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ १२ गते १५:५९

बाल्टिमोर, अमेरिका । विगत केही वर्षदेखि अमेरिकामा बसोवास र अध्ययन गर्दै आएका पत्रकार नारायण श्रेष्ठलाई यहाँको एउटा विश्वविद्यालयले सम्मान गरेको छ । मेरिल्याण्डको यूनिभर्सिटी अफ बाल्टिमोरबाट भर्खरै ‘ग्लोवल अफेयर्स’ विषयमा स्नातकोत्तर सकेका श्रेष्ठ, उनले गरेको अनुसन्धानका लागि सम्मानित भएका हुन ।

सनिवार विश्वविद्यालयले सम्मान कार्यक्रम आयोजना गरेको थियो । विद्यार्थी र प्राध्यापकहरुको बाक्लो उपस्थितिमा श्रेष्ठले सम्मान ग्रहण गरेका थिए । सम्मान ग्रहण समारोहमा श्रेष्ठले आफ्नो दुई वर्ष लामो मेहनत र अध्ययन पुरस्कृत भएको बताएका थिए ।

‘मैले नेपालको हिमालमा छिट्छिटो पग्लिएको हिउँ र हिमनदी देखेको छु । दश वर्ष लामो द्वन्द पनि देखेको छु ।‘ समारोहमा श्रेष्ठले भने, ‘त्यही ठाउँको नभए पनि मैले जलवायु परिवर्तन र मानवीय द्वन्दको सम्बन्धका बारेमा खोज अनुसन्धान गर्ने मौका पाएं।‘

स्नातकोत्तर अध्ययनका क्रममा उनले संसारका विभिन्न देशमा भएका द्वन्दका घटनामा जलवायु परिवर्तनको प्रभाव कस्तो पर्छ भनेर खोज अनुशन्धान गरेका थिए । सुडानको डार्फर क्षेत्रलाई उनले ‘केस स्टडी’ का रुपमा लिएका थिए । बढ्दो तापक्रम र घट्दो वर्षा मानवीय द्वन्दका घटनाहरुसंग संबन्धित भएको त्यो अनुसन्धानमा देखिएको थियो ।
उक्त अनुशन्धानलाई उत्कृष्ठ अनुसन्धान ठहर्दै विश्वविद्यालयले उनलाई सम्मानित गरेको हो ।

विश्वाविद्यालयले यसै वर्षदेखि विद्यार्थीहरुको उत्कृष्ठ शोध अनुसन्धानलाई सम्मानित गर्ने परम्परा सुरु गरेको बताएको छ । उक्त विश्व विद्यालयमा यो अवार्ड पाउने नारायण श्रेष्ठ पहिलो विद्यार्थी हुन ।

बीबीसीको लोकप्रिय कार्यक्रम साझा सवालका पूर्व प्रस्तोता नारायण दुई बर्ष अगाडी यहाँ आएर अध्ययन र अनुसन्धानमा सक्रिय थिए |

Leave a Reply

Your email address will not be published. Required fields are marked *