२०८१ वैशाख ७ गते | 19th of April 2024

रानी महल

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २७ गते २३:१०
 – लक्ष्मण सिटाैला
मलाई मेरा बाबुआमाले घरमा बोलाउने नाम सुनयना हो । तर फेसबुके नाम चै सुनिता चौहान हो । केही महिना देखि म एउटा केटासग फेसबुके प्रेममा छु । फेसबुके प्रेम फेसबुक जस्तै अस्थायी हुन्छ मैले बुझेको छु । तर बुझ्दा बुझ्दै पनि मैले मेरो मनलाई चै बुझाउनु सकेकी छैन र अनियंत्रित रूपमा अगाडि बढिरहेकी छु ।
नवीन र मेरो प्रेम फेसबुकको माध्यमबाट झागिएको थियो । डेढ महिने हाम्रो फेसबुके प्रेमले सबै अब्यक्त कुराहरू व्यक्त गरिसकेका थिए । भन्न बाकी केही थिएनन । बोल्न बाकी पनि केही थिएनन । फेसबुक नै सर्वस्व भयो हाम्रो । फेसबुकमै बिहे गरिसकेका थियौ हामीले । अब सुहागरात मान्ने काम मात्रै बाकी थियो । म एउटा हाइस्कुलमा म्याथको टिचर थिए। प्रायः गाउँमा म्याथ पढाउनेको निकै महत्त्व हुन्छ। एउटा गैरसरकारी सस्थाले म्याथ टिचरहरुलाइ “टिचिङ्ग मेथोड फर हाएर सेकेन्डरी स्कुल ” नामक तालीम  दिइरहेको थियो। त्यही तालिममा भाग लिन म काठमान्डु जाँदै थिए। यो कुरा मैले मेरो फेसबुके प्रेमी नविनलाई भनेकी थिए कि म राजधानी आउदै छु भनेर ।
यो न्युज पाएको केही दिन देखि उस्को निद खलबलिएको थियोे । उ मेरो आगमनलाइ अधैर्य भएर कुरिरहेको थियो। उ हरेक च्याटमा अनेकन सपना बुन्ने गर्थ्यो र मलाई भन्थ्यो “तिमी आएपछि म तिमीलाइ यस्तो माया गर्छु कि यस्तो माया कसैले पनि आजसम्म नगरेको होस । तिम्रो तालीम अवधिभर हामी होटेलमा सगै बस्ने । मैले तिम्रो लागि धेरै सपनाहरू थाती राखेको छु” । उस्को प्रायः हरेक कुराको पछाडि कहि न कतै यौन जोडिएको हुन्थ्यो । उस्को त्यो छट्पटिमा म पनि सरिक भैदिन्थे । उस्को कुराले प्रष्ट हुन्थ्यो कि उ निकै कामातुर छ । उ मलाई छुन निकै हतासिएको छ । उ मलाई पाउन निकै तड्पिरहेको छ । उ प्रायः च्याटमा मेरा शरिरिक अङ्गहरु देखाउन अनुरोध गर्थ्यो । म पनि उस्का कुराहरूलाई मानिदिन्थे । मैले यो बिषयलाइ गम्भीरता पुर्वक लिएकी छैन । तर हरेक च्याटमा उ मेरो बैशलाइ परख गर्थ्यो ।कस्तो मात्तिन्थ्यो उ र उत्तेजनामा खै के के भन्थ्यो ।
मैले बुझेकी थिए जिन्दगीलाई र यो पनि बुझिरहेकी थिए कि हामीले समयलाई दुरुपयोग गरिरहेछौ। पहिलो प्रेम ब्रेकअप भएपछि निकै तनावग्रस्त थिए म । त्यही तनावको आवेग कम गर्न ममा फेसबुक चलाउने र नयाँ साथीहरू ( प्रायः केटा ) बनाउने आदत पर्दै गयो । यो भन्दा अगाडि  एउटा टिचर ( सुरज ) सग प्रेममा थिए म करिब डेड  बर्ष।
स्कुलमै टिचरका लागि छुट्टै आवास थियो । सुरज अग्रेजी पढाउथ्यो । गाउँमा खुलेर प्रेम गर्न गाह्रो हुन्छ त्याहाको वातावरण नै त्यस्तै हुन्छ। हेड टिचरको रुल कडा थियो। महिला आवास छुट्टै थियो । उसलाई  मेरोमा आउन अलि कठिन हुनेभएकोले म नै उस्कोमा जान्थे राती राती र बिहानै झिसमिसेमा आफ्नो रुममा फर्कन्थे  । विद्यार्थीहरु बिहान सुतिरहेका हुन्थे । एकदिन एउटाि दस क्लासकी स्टुडेन्ट वासना रोकाएले देखिन मलाई झिसमिसेमै सुरज सरको कोठाबाट बाहिर निस्कदै गरेको अवस्थामा। देख्नासाथ उल्टो उसैलाई हप्काए मैले कि यति सबेरै बिद्यार्थी भएर किन बाहिर निस्केको भनेर। उ पनि लजाइ म पनि लजाए । उसलाई फकाए चुप लाग है भनेर । उस्ले पनि भनी ” मिस म पनि बाहिर निस्केको कुरा कसैलाई नभन्दिनु है” । यसो सोचे यो वासना रोकाए पनि कसैको वासनामा छे। वासना अरु बिद्यार्थी भन्दा अलि उत्ताउली थिइ। हेड सरले थाहा पाउलानकी भन्ने ठुलो डर थियो । त्यस्तो कडा नियन्त्रणमा पनि हामीले प्रेम गर्यौ  डेड बर्ष। दुइ चोटि त एबोर्सन गर्न म पहिल्यै  सुरजसग काठमान्डु  आइसकेकी थिए।
स्कुलमा धेरै पिरियड लिनुपर्दा उ बेला बेलामा कतिन्जेल यो जाबो अस्थायी शिक्षकको जागीर खाइरहने भनेर गुनासो पोख्थ्यो र आफै देखि बिरक्तिन्थ्यो। पछि उस्ले भारतीय दूतावासबाट छात्रवृत्ति पाए भन्यो । बाहिर जान पनि कोसिस गर्दैथ्यो तर दुई दुई चोटि अमेरिकी एम्बेस्सीले भिसा रिजेक्ट गर्दा भएको एक दुई लाख पनि रित्तिएपछी निकै भौतारिरहेकोको देखिरहेथे सुरजलाइ ।
अन्ततः उस्ले स्कुल छोड्ने निर्णय गर्यो। स्कुलबाट बिदाइ भएपछि काठमान्डु पुगेको सम्म खबर गर्यो । त्यसपछि उ हरायो। मोबाइल स्वीच अफ भयो उस्को। पछि हामीले एकले अर्कालाइ बिर्सदै गयौ । हाम्रो प्रेममा प्रेम कम वासना ज्यादा थियो । मायामा कुनै वाचा बन्धन पनि थिएन । भोलि समय र परिस्थितिले छुट्टीनु पर्ने अवस्था सिर्जना भयो भने चुपचापले अलगिने भन्ने मौन स्वीकृति थियो हामी बिच । र छुट्टीयौ पनि । उ गैसकेपछी एकान्तबोध भो मलाई । केही दिन गाह्रो भो । र साहारा बन्दै गयो फेसबुक अनि यो भित्रको अर्कै सन्सार अर्कै दुनियाँ । फेसबुक फेसन बन्दै गइरहेको थियो । यो मेरो फेसबुक एकाउन्ट  सुरजले नै खोलिदिएको हो। उ पनि मेरो फेसबुक साथी थियो तर उता गएपछि उस्ले कहिले हेलो भनेन र मेरो मेसेजको रिप्लाई पनि  गरेन । शायद उ अन्लाईन आएको थिएन वा आएर पनि मेसेन्जरको मेरो मेसेजलाइ रिड गरेन। सात आठ महिना नाघी सक्यो । म फेसबुकमा यसरी रमाउन थाले छु कि समय बितेको पत्तो नै भएन । एकदिन वासना रोकाएको पनि नराम्रो कुरा सुने। एकजना सरसग भागी छ उ । अरु बिद्यार्थी भन्ने गर्थे वासनाको काम नै मेसेन्जरमा च्याट गर्ने। उस्ले आफ्नो पढाइलाइ बरबाद गरि । सेन्ट अप परिक्षा नजिक आउदा शिक्षकले बिद्यार्थी लिएर भाग्नु कति नैतिकता थियोे कुन्नी ? । स्कुलको पनि बदनाम भो । त्यो  घटनापछी बोर्डस गरिएका सबै बिद्यार्थीको मोबाइल खोसियो। र बिद्यालयमा मोबाइल लैजान पुर्णतया बन्देज  गरियो ।
स्कुलको त्यो परिवर्तनले सबै बिद्यार्थीलाई गाह्रो पारेको थियो।
बोलचाल हुन छोडेपछि घनिष्ठ मित्रतामा पनि छायां पर्दै जादोरहेछ । फेसबुकमा भेटिने कति केटा साथीहरू बौद्धिक भए पनि कुरा गर्दै जादा अन्तत उनीहरूका उदेश्य केवल यौन मात्रै हुन्थ्यो । यौनलाइ जिन्दगीबाट झिकिदिने यदि हो भने मलाई लाग्छ यो दुनियाँ यति धेरै निरस र मरुभूमितुल्य हुन्छ कि तपाईं अनुमान लगाउन सक्नु हुन्न । डेड बर्षसम्म लगातार एक रात नबिराइ ओछ्यान साटेको पुरुष बिदेश पुगेपछि एकाएक हराउछ भने उसलाई के भन्ने । दया लाग्यो उ प्रति कि यति छिटो नै रंग बदल्न सक्ने छेपारो बनेकोमा । मलाई  रिस उठ्यो  र उस्लाइ ब्ल्क हान्दिए । फेसबुकमा दिनकै  दुइ चार जना केटा साथी जोडिनु र  दुइ चार जना ब्ल्कमा पर्नु सामान्य थियो मलाई । केटीका नाउँमा खोलिएका कतिपय फेसबुक एकाउन्ट केटाका हुन्छन ।अपरिचित केटीहरुको तस्वीर डाउनलोड गरेर त्यसबाट केटीकै नाउँमा एकाउन्ट खोलेर बिकृती फैलाउने जमात पनि छ ।
केटी बनेर केटी सग गफ गर्ने बिस्तारै यौनका कुरा गर्ने गोप्य कुराहरू खोतल्ने अनौठो खालको यौनिक हर्कत देख्थे प्रायः केटीका नाउँमा खोलिएका फेसबुकमा । करिब पचास प्रतिशत फेसबुक आइडि फेक हुन्छ भन्ने कुरा मलाई एकजना साथीले कुरा गर्थ्यो । त्यस्तै एउटा फेक आइडि मैले पनि बनाएकी थिए।
 म त्यो देखि धेरै परिचीत छु । केटी भनेर गफ गर्दै गो पछि त म केटा हु मायालु आइ लप यु भन्न थाल्छन । म त्यस्तोमा धेरै पटक झुक्कि सकेकी छु । त्यसकारण पनि  मैले केटीको फ्रेन्ड रिक्योस्ट आयो भने डिलिट हान्दिहाल्छु ।
नपरुन्जेल त रहेछ नि कस्तो होला भन्ने कौतुहलता मनभित्र जिज्ञासा्  आउने । तर जव पर्छ नि अनि जस्तै असामान्य कुरा पनि सामान्य लाग्न थाल्दोरहेछ  । समयले बनाएको घाउ समयले नै सेकेर निको बनाउदोरहे छ । स्कुल छोडेको केही दिनपछि सुरजको मोबाइल स्विचअफ भयो । सम्झे शायद उ छात्रवृत्ति पाएर ईन्डिया अध्ययन गर्न गयो ।
पुरुषहरु सजिलोसँग परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन भने हामी महिला मात्रै किन तिन्कै सम्झना र रोदनमा रित्तिने ह । माया त बराबरिमा मात्रै फूल्न सक्छ नि । उस्ले बिर्सन सक्छ भने म चै उसलाई किन सम्झिराखु। मैले पनि सजिलै बिर्सिदिए सुरजको अनुहार । सम्झिने कोसिस पनि गरिन । किन सम्झिउ म । के छ त्यस्तो गुणको भारी उसलाई सम्झिनुपर्ने । यौन सम्बन्धकै कारण सम्झिनु पर्ने के बाध्यता छ र ? उसो भए बिवस भएर यौन पेशा अगाल्ने स्त्रीहरु दुई चार जना पुरुष सग दिन्कै सम्बन्ध गास्छन । के ती सबै बज्रस्वाठहरुलाइ सम्झेर बसिरहनु ! वाहियात हो यस्ता लेनदेनको सम्बन्धहरु । मायामा बिश्वास लाग्दैन अब । नाटक गर्न चै मजा आउछ ।
कुनै पनि सम्बन्धहरु स्थायी हुदैनन् । समयको भेलमा बग्नु सिवाय जिन्दगी अर्थोक केही होइन । त्यसैकारण जिन्दगीलाई गम्भीरता पुर्वक लिएर अल्झिरहनु भन्दा रमाइलो सग बिताउने निर्णय गरेकी थिए मैले । म म्याथको टिचर । म्याथ  निरस बिषय हो । बर्सेनि हजारौं बिद्यार्थी म्याथमै अनुत्तीर्ण हुन्थे किनकि यसमा कुनै रमाइलो छैन ,यसमा कुनै आनन्द छैन,यसमा कुनै जीवन छैन र यसमा कुनै रस छैन । अफसनल म्याथका फर्मुलासग जीवनको फर्मुला म्याच नहुदा बिद्द्यालयका कयौं  बिद्यार्थीमा आउने नैरास्यता न्यून गर्न म तिनीहरूलाई साथीहरूसग घुलमिल हुन , सोसियल मिडियामा बिचरण गर्न र नयाँ नयाँ साथीहरू बनाउन सुझाउथे ।
मनलाई नियन्त्रण गर्ने होइन बरु यस्लाइ कन्चन नदी जस्तै बग्न दिनुपर्छ भन्ने मान्यता राख्छु म । मनलाइ नियन्त्रणमा राखेपछि मानिसहरू जीवनमा आउने  खुसी र आनन्द मिल्ने कुराहरूलाइ पनि नियन्त्रणमा राख्छन र तिनीहरू कहिले खुसी हुन सक्तैनन् । रह्यो नैतिकता अनैतिकता र चरीत्रका कुरा । आकाशमा उड्ने स्वतन्त्र पन्छीलाई कुनै चरीत्रको दोष लाग्दैन । जङ्गलमा चरण गर्ने स्वतन्त्र  चौपायालाई कस्ले चरित्रहिन भन्ने ? तिनीहरू स्वतन्त्र छन । आफुले आफैलाइ नियन्त्रण गर्न छोडेको दिन शायद मानिस पनि पशुपन्छी जस्तै निर्भय पुर्वक खुसीले बाच्न जान्ने छ । यो दुनियाँमा को नैतिक को अनैतिक । नैतिक अनैतिकताका कुराहरू सब बकवास जस्तो लाग्छ मलाई । अमेरिकाका रास्ट्रपति जस्ता ब्यक्तित्व पनि यौनका मामलामा चुके र झुके ।मानिस यौनको मामलामा आफ्नो पदीय मर्यदा पनि बिर्सन्छ । त्यसकारण म अच्युत छु यदि कुनै पुरुष या स्त्रीले भन्छन भने मेरा कन्सिरिका रौ तातेर आउछन भित्र भित्रै ।
यता मेरा फेसबुके प्रेमी  नवीनसग म रमाउन थालेछु । सुरुको कुरा गराइले म उ प्रती नजिकिएकि थिए । सरास्वती कलेजमा लेक्चर छ उ पोल्टिकल साइन्सको । मैले नविनमा आफ्नोपन देखे र त नजिकिएकी थिए। राजनीति शास्त्रको बिद्यार्थी कुरा पनि त्यस्तै आक्रमण गर्थ्यो कहिले त कहिले भने छिल्लड । कहिलेकाही बियर पिएर मात्तिएर लाइभ च्याट गर्दा पनि खोइ किन पो हो मन पर्थो मलाई । एकै पटक आठ दसजना केटाहरुलाइ म्यासेन्जरमा अल्मलाउन सक्थे म । एक्छिन प्रतिउत्तर दिन ढिलो भो भने नवीन सन्खा गरिहाल्थ्यो र भन्थ्यो ओइ को सग कुरा गर्दै छेस । म अरु केटा सग कुरा गरेको उ पत्ता लगाइहाल्थ्यो । चुतुर थ्यो नवीन ।
उस्को कुरा गर्ने स्टाईल मन पर्थ्यो । उस्ले आफू अविवाहित भएको कुरा गरेको छ मलाई तर सन्खा लाग्छ ३८ बर्षको उमेर सम्म पनि कोहि केटा मान्छे अविवाहित रहन्छ होला र? हुन सक्छ उस्ले आफ्नो करियरमा ध्यान दिएर छिटो  बिहे गर्ने सोचाइ
नै ल्याएन की । तर मैले हाम्रो यो फेसबुके प्रेमलाइ गम्भीर रूपमा लिएकी छैन । जिस्किने र रमाइलो गर्ने लतका कारण उस्ले मलाई च्याटमा बुढी भनेर सम्बोधन गरिसकेपछि मैले पनि भनेकी थिए
” बिहे नै नगरी त्यसै आर्काकी छोरीलाइ बुढी भन्न पाइन्छ? ” अनि उस्ले एक्दिन मेसेन्जरको भिडियो च्याटमै मेरो सिउदोमा सिंदुर हालेको थियो । अनि निर्धक्कसग बुढी भन्न थाल्यो र मैले पनि बुढा भन्न थाले । वास्तविक श्रीमान श्रीमती भन्दा फेसबुके यो साइनोमा खै किनपो हो मलाई रोमाञ्चक लाग्यो र तालीम लिन आउँदा तिम्लाइ भेट्छु है भनेकी थिए कुरै कुराको तालमा  ।
त्यसको पन्ध्रौं  दिनपछि बसबाट ओर्लिना साथ उस्ले मलाई झ्याम्म अगालो हाल्यो । पहिलो चोटि भेटेको उसलाई । कस्तो लाज लाग्यो आफुलाइ त । वरिपरि हेरे । मानिस थिए । ती सबैले हामीलाई नै हेरे जस्तो लाग्यो । उस्को अगालोबाट जवर्जस्त फुत्किए म। माथी छतमा सामान थियो । उस्लाइ संकेत गरे  कि माथी छतमा सामान छ भनेर । नवीन सामान झिक्न बसमा उक्लियो । म तल भैमा नै उभिए । तालिम भक्तपुरमा थियो र सबै प्रसिक्षार्थीहरुलाइ आवास सुबिधा  उपलब्ध गराइएको  थियो । होटेल बुक गर्नुपर्ने झन्झट  पनि थिएन। पाल्पाबाट बिहान ७ बजे हिडेको बस साझको ६ बजे बल्ल बसपार्क आइपुग्यो । ज्यान थाकेर आफ्नो हो कि अर्काको हो हल न चल भएको थियो । बेलुकी ८:३० सम्म सबै प्रशिक्षार्थी एकै ठाँउमा भेला भैसक्नु पर्ने थियोे ।
नविनले सामान झार्यो । बसबाट सबै यात्रु आआफ्ना गन्तव्य तर्फ लागिसकेका थिए । हामी दुई बसको आडमा उभिएर गफ गर्न थाल्यौं । मैले ८:३० भित्र भक्तपुर तालिमकेन्द्रको आवास भवनमा छिरिसक्नु पर्ने कुरा बताए । यो भनिसकेपछी नवीनले नमज्जा फिल गर्यो र भन्यो –
” ह्या ..के भनेकी बुढी आज त हामी सगै बस्ने हो” उस्ले बागबजारको एउटा होटेलमा रुम बुक गरिसकेको रहेछ । खोइ के गर्ने के नगर्ने म अलमलमा परेकि थिए। नविनले कर गर्यो । मैले उस्को वचन हार्न सकिन । भोलि बिहान ८ बजे तालीम सुरु हुनुभन्दा अगाडि नै नविनले पुर्याइदिने वाचा गर्यो । एउटा कलेजको जिम्मेवार लेक्चरले भनेको कुरालाई कसरी बिश्वास नगर्नु । उस्ले ट्याक्सी रोक्यो । हामी बागबजारको एउटा  होटेलमा पुग्यौ । काउन्टरमा उस्ले मेरो परिचय पत्र राख्यो । हामी दुवै रुमभित्र गयौं । २०५ नम्बरको कोठा। भित्रै याट्याच बाथरुम रहेछ । सुरजसग पहिला दुइचोटी आउदा हामी सुन्धारा लजमा बसेका थियौ । उता भन्दा यता अलि सफा र शान्त रहेछ होटेल ।
असाध्य भोक र थकाइ लागेको थियोे । म फ्रेस हुन बाथरुम छिरे।
तातोपानीमा मजाले नुहाए। मनमा अलिकति डर अलिकति त्रास अलिकति चिन्ता र ब्यघ्रता बढेको छ । भोलि बिहान भक्तपुर समयमा पुग्नकै लागि भनेर नविनले यता बागबजार ल्याएको रहेछ । फेसबुक म्यासेन्जरमा जति खुलेर कुरा गर्थे म अहिले चै कस्तो अड लागिरहेछ । नविनको अनुहार सिधा गरेर हेर्न पनि सकिरहेकी छैन। नुहाउदा आफुले म्यासेन्जर लाइभ च्याटमा गरेको हर्कत सम्झिए । आफैलाइ लाज लागेर आयो । जाडाे महिना तातोपानी छोडेर निस्कनै मन लागेन फेरि । जिउ एकसरो नुहाइ सकेकी थिए । कपाल भिजाएकी थिइन । कपाल पनि नुहाउ जस्तो लाग्यो । स्याम्पो पनि राम्रो थ्यो। कपाल नुहाउन थाले । बाहिर खाना आइसकेको रहेछ । नवीन करायो । छिटो छिटो नुहाएर रुमालले कपाल पुछ्दै बाहिर निस्किए ।
मेरो भिजेको शरीर देखेर नवीन लोभिए जस्तो लाग्यो । टेबुल खानेकुराले सजिएको थियोे । म कहिलेकाही सुरजसग उता होस्टेलमा टुबर्ग बियर पिउथे आज पनि नविनले दुई बोतल टुबर्ग बियर मगाएको रहेछ । म सोफामा बसे। खानेकुरा देखेर झन भोग बढ्यो । नविनले दुवै गिलासमा बियर राख्यो र पिउन अनुरोध गर्यो । सुरजलाइ सम्झिए हामी सगै बियर पिउदै रानीमहल तिर हेर्दै असख्य सपनाहरू बुनेको । नवीन त सुरजको अगाडि केही पनि होइन । फेसबुके फ्रेन्ड त हो उ । तर धेरै नजिक्यायो मेसेन्जरको लाइभ गफले । बियर हातमा थमायो नविनले ।
मेरो निदारमा म्वाइ खायो । पिउदिन भन्न पनि सकिन । चिकेन लेगबाट तातो बाफ उडदै थियो । बियर सगै हामीले चिकेन लेग खायौ । दुई बोत्तल बियर सक्कियो । फेरि पिउन मन लाग्यो भन्यो नविनले । एउटा बियरले मलाई चै खोइ खाली पेटमा पिएर होकि राम्रै लाग्यो । वेटर अर्को दुई बोतल बियर लिएर आयो । हामी सगै बसेर पिउन थाल्यौं । पिएको सुरमा नवीन मेरो शरीर सग खेल्न थाल्यो । वेटर बाहिरिएपछी हामीले ढोकामा चुकुल हाल्न बिर्सिएछौ ।एक्कासी  प्रहरीले ढोकामा ढकढक गर्दै बोलायो ।
ढोकामा उभिएको असइ चिनेजस्तो लाग्यो । दुइजना प्रहरी भित्र आए । असइ ढोकामै उभियो । मेरो होस त्यतिबेला खुल्यो कि ढोकामा उभिने असइ सुरज थियोे । मेरो भुपु प्रेमी जो छात्रवृत्ति मिल्यो भनेर काठमान्डु आएको थियो । ओठबाट कुनै शब्द निस्केन । म स्तब्ध भए  । एउटा लाचार बेश्याजस्तो सम्झिए आफैलाइ र धिक्कारे कि म किन बहकिए। मनभित्र अतीतको बाढि आयो । प्रहरीले नविनलाइ केरकार गर्न थाल्यो । एक थप्पड गालामा कसेर हिर्कायो । एकै क्षण अगाडिको त्यो रोमान्चक पल
एकाएक यसरी दुखमा बदलिँदो रहेछ के यहि हो त जीवनको नियमित आकस्मिकता ! सगै उभिएको होटेलको भित्ता पनि गर्ल्याम गुर्लुम भत्किए जस्तो लाग्यो । प्रहरीले यस्तो ब्यवहार गरेकी हामीले कुनै मान्छेको हत्या गरेर यहाँ लुक्न आएका छौ ।छापा हान्दा तल काउन्टरमा मेरो परिचयपत्र देखेर सुरज मलाई भेट्न् आएको रहेछ । नविनलाइ प्रहरीले आफ्नो परिचय पत्र देखाउन र हामी बिचको साइनोको बारेमा स्पष्टीकरण माग्यो । उस्ले भन्यो हामी श्रीमान श्रीमती । नवीन सग कुनै परिचयपत्र पनि रहेन्छ । क्याम्पसको लेक्चर भन्नेले त कमसेकम एउटा परिचयपत्र खल्तीमा हाल्न पर्छ नि । यो भन्दा अगाडि पनि प्रहरीले  उस्लाइ यहि होटेलबाट पक्रिएको रहेछ ।
प्रहरीले नविनलाइ समातेर लग्यो । नवीन सगै सुरज पनि तल गयो । म आफै स्तब्ध थिए। के बोल्ने र के नबोल्ने भन्ने होश पनि गुमेर गयो । हिड्ने बेलामा देखे सुरजको आखाबाट आँसु तप्किरहेको थियो । आफु निस्किन पनि सकिन ढोकाबाट र सुरजको अनुहार राम्रोसग निहालु । चुकुल पनि हालिन । ढोका खुलै राखे । रातभर जाग्राम बसे । नवीन आउने हो कि वा सुरज आउने हो तर अन्तत दुवै आएनन।
बिहान सबेरै उठे । काउन्टरमा गए । हिसाब सोधे । सबै पैसा नविनले होइन असइ साहेबले तिर्नु भो भन्यो वेटरले ।
तालीममा पनि जान मन लागेन । अवाक लाग्यो जिन्दगी देखेर। आफ्ना यिनै दुई उदास आँखा  लिएर पुनः बसपार्क फर्किए । पाल्पा जाने बसको टिकट काटे । निर्मल आकाशमा आफैले आज थुके जस्तो लाग्यो । सजिलो छ भन्न्लाई र उपदेश दिन त अरुलाइ कि हासिखुसी बाच्नुपर्छ भनेर तर यथार्थमा खुसी ल्याइदिने को हो त जिन्दगीमा आफैले हो वा अरु कसैले  ? मैले यो कुरा सोच्नै सकिन । घोत्लिरहे पाल्पा जाने बस भित्रको एउटा कुनाको  सिटमा बसेर। खलासी भाइ चिनेकी थिए। उ नजिक आयो र भन्यो- ” किन दिदी आज चै चुपचाप ? वाइफाइ फ्री छ नि चलाउनु होला । यी लिनुस पासवर्ड”  भन्दै एउटा सानो कागज थमायो हातमा । यसो हेरे पासवर्ड थियो “एन ए बि आइ एन” अर्थात नविन । आफै देखि रिस उठ्यो । मोबाइल स्विचअफ गरेर नालिमा फाल्दिए । बस गुड्न थाल्यो । मोबाइल फालेपछी खोइ किन पो हो फेरि त्यही नालिमा एकचोटि फर्केर हेरे । यस्तो लाग्यो कि मैले आज नविनलाइ त्यही नालिको पानीमा बगाइदिए । बल्ल मन शान्त भो र पुन सम्झिए आफ्नै प्यारो पाल्पा ,ती बिद्यार्थी भाइबहिनी र एकान्त एक्लो बाचिरहेको, त्यो रानीमहल ।
नोट:-
( कथामा प्रयोग गरिएका पात्र काल्पनिक हुन । कसैको जीवन सग मेल खाएमा यो संयोग मात्रै हुनेछ । अहिलेको एउटा पुस्ताले भोगिरहेको समग्र नियतिलाई नजिकैबाट निहाल्दा यही दुखान्तताबाट गुज्रिरहे जस्तो लाग्छ । १२ बर्षको दुधे दात पनि नफुक्लिदै फेसबुकको माध्यम बाट प्रेममा परेर आमा बनेकी सानी नानीलाई सरकार स्वयंले उद्दार गरेको परिघटना हामी सबैको अगाडि जगजाहेर नै छ । सोसियल मिडियाले मानवता माथी कसरी प्रहार गरिरहेको छ र त्यसबाट उद्भासित मनोदशा यो कथामा प्रस्तुत भएको छ – लेखक ) ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *