२०८१ वैशाख ११ गते | 23rd of April 2024

काठमाण्डौमा ‘शंकरापुर पाराग्लाइडिङ्ग’

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २७ गते २२:५७
काठमाण्डौ – शंकरापुर पाराग्लाइडिङ्ग काठमाण्डौको शंकरापुर नगरपालिका वडा नं ३ मा २०७० सालदेखि संचालन भइरहेको छ । काठमाण्डौको सांखु हुँदै जहरसिंग पौवाबाट मनोरम देउराली गाउँमा अबस्थित शंकरापुर पाराग्लाइडिङ्ग ठमेलबाट २५ किलोमिटरको दुरिमा अवस्थित छ ।
देउरालीबाट उडान सुरू भएपछि सगरमाथा, गणेश हिमाल, गौरीशंकर हिमाल, दोर्जे लाक्पा हिमाल, गङ् छेपो हिमालको साथै सिन्धुपाल्चोकमा मनोरम बस्ती तथा पहाड़हरु देख्न सकिन्छ । देउरालीबाट ५ किलोमीटर तल रहेको पताप ओर्लिने बिन्दु हो।
दक्ष तथा अनुभवी पाइलटसंग पाराग्लाइडिङ्ग गर्दा अपूर्व मनोरंजन अनुभव हुन्छ । बिहान ८ बजेदेखि दिउसो ३ बजेसम्म संचालन भइरहेको शंकरापुर पाराग्लाइडिङ्गले काठमाण्डौबाट ओहोरदोहोर, फोटो / भिडियो तथा खानाको पनि ब्यबस्था गरेको छ।
 पाराग्लाइडिङ्गको लागि सुरक्षित मानिने शंकरापुर पाराग्लाइडिङ्गले २५,००० अमेरिकी डलरको बीमाको समेत ब्यबस्था समेत गरिएको संचालन प्रमुख शरण अधिकारीले बताए । उनका अनुसार काठमाण्डौमै यस्तो सुबिधा भएको प्रचार प्रसार भएमा काठमाण्डौ बस्ने पर्यटकको बसाइ लम्ब्याउन यसले टेवा दिनेछ । निर्देशक कुशल थापाका अनुसार त्यहाँ पुगेका स्वदेशी तथा बिदेशी पर्यटकहरु शंकरापुर पाराग्लाइडिङ्गबाट अपूर्व आनन्द लिएको बताएका छन । यहाँ पुग्ने अधिकांश पर्यटकहरु सिन्धुपाल्चोकको मनोरम दृश्य, चिया बगान तथा रिसोर्टहरुबाट समेत प्रभाबित भएको संचालन प्रमुख शरण अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *