२०८१ वैशाख १२ गते | 24th of April 2024

शिक्षाका लागि सबै पक्षमा अब्बल मानसी किड्स प्यालेस

खुल्लामन्च
 प्रकाशित: २०७५ माघ २७ गते २२:५३
काठमाडौं – काठमाडौंको डिल्लीबजारमा अवस्थित मानसी किड्स प्यालेस, फराकिलो ठाउँ र मनोरम दृष्यले साँच्चै नै साना बच्चाको लागि दरवार जस्तै लाग्छ । सानो अप्ठेरो ठाउँमा सञ्चालित  पूर्व प्राथमिक विद्यालय (प्रि–स्कुल) भन्दा फरक सोचका साथ यस  स्कुलको स्थापना गरिएको  छ । यस स्कुलको परिवेश कुनै विदेशी प्रि स्कुल भन्दा कम देखिदैन । फराकिलो र उज्याला कक्षाकोठा, शान्त वाातावरण, चारैतिर हरियाली र ठूलो  बगैचाले यस प्रि–स्कूललाई अरु भन्दा फरक बनाएको  छ ।
यस विद्यालयमा रहेको मोन्टेस्वरी ल्याबमा विद्यार्थीको शारीरिक मानसिक र शैक्षिक विकासलाई मद्दत गर्ने विभिन्न खालका शैक्षिक तथा अतिरिक्त क्रियाकलाप गराइन्छ । यहाँ श्रव्यदृश्य कक्षाका माध्यमबाट बालबालिकाहरुको सर्वाङ्गीण विकासमा विशेष ध्यान दिने गरिएको छ । बेला बेलामा अभिभावकहरु बेलाई आफ्ना बाबु नानीहरुलाई कसरी हुर्काउने, के गर्ने के नगर्ने भन्ने कुराको तालिम दिइन्छ र दैनिक बच्चाले गर्ने  क्रियाकलाप अभिभावकहरुलाई जानकारी गराइन्छ । नेपाली परिवेश अनुसार र प्राथमिक तहलाई सहयोगी आफ्नै पाठ्यक्रम बनाई पढाइ हुने यस पूर्व  प्राथमिक विद्यालयमा मोन्टेस्वरी तालिम लिएका र अनुभव प्राप्त शिक्षिकाहरुबाट पढाई हुन्छ । तीन रोपनीमा फैलिएको  यस स्कुलमा  विद्यार्थीहरुलाई खेल्ने प्रशस्त सामाग्रीहरु र स्थान उपलब्ध छ । सानो  ठाँउमा खोलिएका प्रि स्कुलमा बच्चाको शारीरिक विकास सम्भव नहुने भएकाले स्कुल ठूलो ठाउँमा स्थापित गरिएको यस संंस्थाका निर्देशक सन्ध्या पाठक बताउनु हुन्छ । साथै शारीरिक विकासमा पौडीको अत्यन्त ठूलो भूमिका हुने हुँदा स्कुलले आफ्नै स्विमिङ  पुलको स्थापना गरेको  बताउनुहुन्छ  निर्देशक पाठक । स्कूलले साना बालबालिको शैक्षिक मात्र नभएर  मानसिक र शारीरिक विकासमा पनि ध्यान दिएको छ । यस स्कुलले बच्चाहरुको हेरचाह र उचित स्याहर सम्भारलाई प्राथमिकतामा राखेको छ । कक्षाकठोमा र स्कुलको विशेष निगरानी गर्न सिसिटिभी जडान गरिएको छ ।
 बच्चाहरुको स्वास्थ्यलाई पहिलो  प्राथमिकतामा राखी सफा र स्वस्थ्य हुन अपनाउनु पर्ने सम्पूर्ण कुराहरु अपनाइएको छ । सफा भान्छा र स्वच्छ पौष्टिक खानेकुरा दिनको ३ पटक खुवाउने गरिन्छ । बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मको विद्यालय समय रहेको यस स्कुलले जागिरे अभिभावकलाई मध्यनजर राखेर ५ बजेसम्म पनि बालबालिकाहरुलाई विद्यालयमै बस्ने बन्दोबस्त मिलाइएको यस विद्यालयले पैदल आउन सम्भव नभएका नानीबाबुहरुलाई ख्याल गरेर सुविधा सम्पन्न भ्यानको पनि व्यवस्था गरेको छ । स्थापनाको छोटो समयमा नै अभिभाबकको धेरै विश्वास जित्न हामी सफल भएका छोैँ, निर्देशक पाठक भन्नुहुन्छ । यसैबाट उत्साहित भएर यस वर्षबाट  यस स्कुलले कक्षा ५ सम्म सञ्चालन गर्ने योजना बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *