२०८१ वैशाख १३ गते | 25th of April 2024

प्रवासीका लागि जन्मिएका हौ भने सदस्यता म्याद थप, एनआरएन अमेरिका

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ४ गते ०:२३

-गोकुल ढकाल

आज शुक्रवार । सप्ताहन्तमा सबैभन्दा ब्यस्त हुने दिन । प्रवासी नेपालीहरुले घण्टा हानेर जीवन धान्न सबैभन्दा ब्यस्त हुनुपर्ने दिन । बन्दोबस्तका जागिर हुनेहरुका लागि पनि द्रब्य खर्चिन कता जानेहोला वा फिक्स्ड भ्याकेशन मनाउन योजना बनाउने दिन । फुर्सदिलालाई गोजिमा दाम भए, प्याला तान्ने दिन । अझ, एनआरएन अमेरिकाको निर्वाचनमा उठ्नेहरुका लागि घोषणा पत्र बनाउन कोठेहरुलाई पिलाउने दिन । मनको लड्डु सिलाउने दिन । यि धेरै अवसर र क्षणहरुको शुक्रवार संसारमा सबैभन्दा ठुलो एनसीसीको छाती पिट्ने एनआरएन अमेरिकाको महायज्ञको भक्तालु बन्न फाराम भर्ने अन्तिम दिन । अमेरिकामा आज धेरै नेपालीहरु साहुलाई छलेर, सिक कल हानेर वा अनेकन वाहनामा ‘महायज्ञको कारीन्दा बन्ने फारम भर्न’ बिदामा बसेका छन । लाग्छ, १५ बर्ष पछी बा लाहुरबाट घर आउंदैछन । १० बर्ष पछी फेसबुकमा प्रेम परेका जोडी भेटिदैंछन । दशैं आएको छ वा खसी ढ्ल्दैछ । नयाँ नाना लगाउन आज पाईंदैछ वा ज्वाँई भोले दुल्हन फर्काउन भोलिबिहान सबेरै पहिलोचोटी ससुराली जान टाई-सुट कस्दैंछ । यी यस्ता बाहनाहरुले अमेरिकामा एनआरएनको सदस्य बन्न बिदामा छन । 

आईटी ब्यवसायी तथा एनआरएन अमेरिकाका वरिश्ठ उप-सभापती सुनिल साहको संयोजकत्वमा गठित बहुचर्चित ‘एनआरएन वेबसाईट’ अस्तिदेखी डाउन छ । सदस्य बनाउन एनआरएन अमेरिकाले गत साल गठन गरेको ‘वेब-साईट निर्माण समिती’ को ‘अहोरात्र’ को मेहनतले SSL CERFITIED भनेर निर्मित एनआरएनको वेब साईट ‘सर्भर डाउन’ को बहानामा चाहेको बेलामा सदस्य बन्न समस्या हुंदा पून: सबैभन्दा ठुलो एनसीसी बन्ने एनआरएन अमेरिकाको सपना तुषारापात हुंदैछ । 

प्रविधी हो, समस्या हुन्छ । भगवानको कृपाले कुनै खुराफातको कारण अमेरिकन नेपालीले एनआरएन जस्तो संस्थाको सदस्य बन्न पाउने अधिकारबाट बन्चित हुन नपरोस । प्रविधीको धोकाले नै हो, यो सब भएको । प्रश्न यहाँनेर छ, १०औं हजार खर्छ गरेर बनाईएको वेब-साईट सदस्य बन्न मान्छेहरु लाम्बद्ध हुंदैमा डाउन हुनु दुर्भाग्य हो । 

‘फलोस फुलोस एनआरएन’, ‘म डा. पौडेलको कि ई. जोशीको ? ‘एनआरएन अमेरिकामा डा. पौडेलको जित र जिम्मेवारी’ र ‘सालको पात टपरी हुने, हे बरै हामी एनआरएन अमेरिकाको सदस्य किन नहुने ?’ भन्ने एनआरएनप्रतिका सकरात्मक लेखक हुँं, म । हुन त धर्म र कर्म ‘मैले यती गरें’ भनेर भन्ने चिज होईन । तर डा. पौडेलसंगको २६ बर्षको उठबस, एनआरएनका पदाधिकारीहरुसंगको भाग्यशाली मित्रवत बन्धुत्वले एउटा भोटरको नाम र नाताले यो संस्थाको माया भने लाग्दोरहेछ ।

एनआरएन अमेरिकाका सफलता र असफलताका धेरै कहानीहरु छन । सफल धेरै छन, असफलतालाई सच्याईयोस । त्यसका फेहरिस्तहरु दिनानुदिन सामाजिक संजालमा ब्यक्त नै छन । तर, कुरो सर्वसाधारणले सदस्य बन्न पाउने अधिकार र एनआरएन अमेरिकाले हिजो आईसिसीमा लगातार हारेको युद्ध जित्न अब गोलबन्द हुनुपर्ने भन्ने मुद्दामा छ । जसका लागि कटिबद्ध सदस्यहरु र उर्जाशिल अभियान्ताहरुको खांचो पर्दछ । जुन खांचो पुर्ती गर्न दुई बर्ष अगाडी १५ हजारभन्दा माथी सदस्य रहेर ठुलो एनसिसीको धमास लगाउने एनआरएन अमेरिका अहिले ९ हजारमा डल्लिएको छ ।

अबका केही बेरमा बस्ने एनआरएन अमेरिकाको आपतकालिन बैठकले हेक्का राखोस्, सदस्य बन्न धेरै आतुरहरु आज बिदा लिएर बसेका छन । बिहेमा आएकाहरुलाई जे छ त्यही देउम एनआरएन । चौरासी ब्यन्जनको लालीपपको अभिलाषामा जन्ती भोकै नपठाउ । यो कार्यसमिती त जांदैछ, कोही दोहोरिएलान वा नाई । तर झिनो बाहानामा सदस्य बन्ने मनहरुको अांत नदुखाउ, पाप लाग्ला । हो, संस्थाको निर्णय हो, जायजै होला । तर, प्रविधीले दिएको धोका र सर्वसाधारणहरु सदस्य बन्न अन्तिम अवस्थामा सर्भर डाउनको बाहनामा बन्द भएको ढोका खुलाउनु एनअारएन अमेरिकाको सबैभन्दा ठुलो बुद्धिमत्ता हुनेछ ।

२६ बर्षदेखी मैले चिनेको चातुर्य र बौद्धिक एनआरएन अमेरिकाका अध्यक्ष मेरा दाजु डा. पौडेल, अति सालीन, भद्र र सोझा वरिष्ठ उपाध्यक्ष सुनील साह, उपाध्यक्ष दिदी उमा कार्की थापा, टाठा जेदु पोखरेल, खतरनाक निर्डर महासचिव बिआर लामा, अभिन्न मित्र प्रेस संयोजक बाल जोशी, आफन्त बोर्ड सदस्य कृष्ण लामिछाने, क्रान्तिकारी संजय थापाज्यूहरुलाई बिनम्र अनुरोध छ, ‘म एउटा बबुरो बोलेर अमेरिकी नेपाली समुदायको सर्वशक्तिमान संस्थाको रौं हल्लिने’ त होईन, तर कृपया छातीमा हात राखेर तपाईका कुल देवता सम्झेर सोच्नुस्, तपाईंहरुका कांग्रेस-कम्युनिस्ट राजनितीको टकरावले आज कति मान्छे सदस्य हुनबाट बन्चित हुंदैछन ? तपाईंहरुको संस्थाको निर्णय, जुंगाको लडाईं, उपेन्द्र, लामिछाने, भट्ट र पन्तहरुलाई खुशी पार्न सदस्य बन्न पाउने हाम्रा अधिकारमा लात्ती नहान्नुस् । बर्षभरी उम्मेद्वार बन्न राज्य चाहरेर आज प्रविधीले धोका दिएको निंहुले सैयौं शुभेच्छुकहरुको मर्ममा नुन चुक नछर्नुस् ।

टिपीएस-टिपिएस भन्नुभयो । तर डिसीमा जुलुश लिएर अधिकार गयो । तपाईंहरु चुक्नुभयो । अर्वपतीहरुको लगानी भित्र्याउन नेपाली दुतावासका राजादुत राज्य-राज्य चाहरेका छन । अर्वपती तपाईंहरु पदाधिकारी बनेर आकाश पल्टाउंछु भन्दै राज्यहरु चाहर्नुभयो । सदस्यता वितरणका लागि आयोजित कार्यक्रमहरुका भातको पैसा तिर्दै भाषण गर्दै हिंड्नुभयो । यो वेबसाईट ‘द बेस्ट’ भन्नुभयो । तर जनता सदस्य बन्न पाउने अधिकारको ताला लगाईदिनुभयो । यस्ता धेरै असफलताका कथाहरु चुनाव ताक गरौंला । तर, प्रवासी नेपाली समाजका सामुदायिक केन्द्रहरु बनाईदिन उधारो चन्दा दिंदै हिंड्ने तपाईंहरुको चाहले सर्वसाधारणहरु एनआरएनको सदस्य बन्नबाट बन्चित नहुन कृपया केही समय थप गर्नुस्, भोली चुनाव हारेर डुबेको रकम सम्झदैं पुर्पुरोमा हात थापेर कालो कफी पिउंदै अफिस वा घण्टा हान्ने ठाउंमा धिक्कारीनुपर्ला ! प्रवासीहरुका लागि जन्माउनुभएको हो यो एनआरएन भने सर्वसाधारणहरु सदस्य बन्न्ने अवधी थप्नुस्, हिसाव्-किताब गर्दै गरौंला ।Image may contain: 1 person, eyeglasses, beard and closeup

सदस्य बन्ने म्याद केही दिन थप, बन्ने तिम्रै सदस्य हुन, जनसंपर्क र प्रवासी मन्चको होईन, एनआरएन अमेरिका !
[email protected]

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *