२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएन अमेरिकाका सदस्यहरु नौ हजार प्रमाणित, दश हजार ननाघ्ने

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ४ गते २:१५

न्यूयोर्क – विगत तिन दिनदेखी एनआरएन अमेरिकाको वेब-साईटमा भएको सर्वर डाउनको समस्याले सदस्य बन्न चाहनेहरुको फारम अस्विकार हुने समस्या भएपछी एनआरएन अमेरिकाले सोचेजस्तो सदस्य बनाउने-बन्ने सपना अधुरो भएको छ । ‘प्राविधिक समस्या’ बताईएको सर्भर डाउनलाई आईटीमा पोख्त संयोजकको समितीको कमजोरी भन्दै बजारभरी समितिको असफलताका आरोपहरु छरपस्ट छन । उम्मेद्वारीको दौरानमा डोमेन प्रोभाईडर एसएलएस सर्टीफाईड साइट कहिल्यै समस्यामा नपर्ने र सदसय बन्न चाहनेहरुको ब्यक्तिगत विवरणको गोपनियताको खुलाशा नहुने भनेर नथाक्ने उमेद्वारहरुलाई तीन दिने सर्भर डाउनले चुनौती थपिदिएको छ ।Image may contain: 1 person

समर्थकहरुको चुनावी प्रायोजन, गुटबन्दी खुराफात, राजनैतीक खिचातानीले ब्यग्र एनआरएन अमेरिकाको सदस्य बन्न असुलभ यो समस्याले जिम्मेवारी लिनेहरुको चुनावी दौरानमा विश्वशनियताको प्रश्नचिन्ह खडा भएको छ । नत्र, हजारौं डलर खर्छ गरिएर बनाईएको साइटमा आउने समस्याहरुको ट्राफिक धाने क्षमता किन समावेश गरिएन ? बिगत दुई बर्ष पहिले पनि यही समस्या झेलेको समितिले निर्माण गरेको शक्तिशाली र अधिकारसम्पन्न समितिले निर्माण गरेको वेबमा देखिने समस्याहरुका बारेमा समिती किन चनाखो भएन ? र पनि सदस्यहरु बनिरहेका छन ।

यी यावत समस्याहरु हुंदाहुंदै पनि एनआरएन अमेरिकाको पछिल्लो अवस्थामा नौ हजार सदस्यहरु ‘भेरिफाईड’ भएको बताउंछन, एनआरएन अमेरिका, निर्वाचनका लागि सदस्यता सुपरिवेक्षण समितीका संयोजक डा. रुद्र अर्याल । ‘नौ हजार सदस्यहरु एनआरएन अमेरिकाको सदस्यको रुपमा भेरीफाईड भईसके’ संयोजक डा. अर्याल बताउंछन । ‘यो संख्या अधिकतम दश हजार हुनेछ । अहिले हामीले भेरीफाईड गर्नुपर्ने संख्या पछील्लो अवस्थामा करिब १५०० को हाराहारीमा छ । भेरीफिकेशन समितिले स्विकार वा अस्विकार गर्ने निवेदनको लेखाजोखामा एनआरएन अमेरिकाको यसपालीको सदस्य संख्या करिब दश हजार हुनेछ’ संयोजक डा. अर्यालले खुल्लामन्चलाई बताए ।

फेरी हामी सर्वश्रेष्ठ एनसीसी भयौं – सुपरिभेक्षण सदस्य सिटौला

सर्वश्रेष्ठ एनआरएन एनसीसी भएर पनि सबैभन्दा लज्जास्पद परिणाम भोग्ने उदाहरण हो, एनआरएन अमेरिका । ‘र पनि पून: एनआरएन एनसीसीमा सबैभन्दा सर्वश्रेष्ठ हुन फेरी हामी सफल भएका छौं । बिगतका आईसीसीका चुनावहरु कसले हारे वा जिते किन र कसरी भन्दा पनि सदस्यहरुसंग परिचय पत्र मागेर बनेको एनआरएन अमेरिकाको सदस्य संख्या दश हजार पुग्नु हामी फेरी सर्वश्रेष्ठ एनआरएन एनसीसी बन्नु ठुलो सफलता हो’ नेपाली जनसंपर्क समितिका केन्द्रिय सदस्य तथा एनआरएन सदस्यता सुपरिवेक्षण समितिका सदस्य प्रमोद सिटौलाले बताए । Image may contain: Pramod Sitaula, night and closeup

‘हाम्रो समितिमा आएको निवेदन प्रमाणिकरणको आधारमा यसपाली एनआरएन अमेरिकाको सदस्य संख्या करिब दश हजार हुनेछ । हिजो फोकटमा दुंनियांले हार्ड ड्राईभ र पेन ड्राईभको प्रयोग गरे भन्नेहरुका लागि गतिलो जवाफ हो यो कि, आफ्नो परिचय प्त्रको गोपनियता दिएर पनि १० हजार सदस्य बने, एनआरएन अमेरिकामा । र, हामी पून: सबैभन्दा ठुलो एनआरएन एनसीसी बन्यौं ।’ भेरीफिकेशन सदस्य सिटौला बताउंछन ।

यसभन्दा अगाडी परिचय-पत्र जस्ता सदस्यताका लागि विश्वाशिला प्रमाण नहुंदा र आज परिचय पत्र अनिवार्य चाहिने अवस्थामा एवम सर्भर डाउनको समस्याका वाबजुद दश हजारको सदस्य संख्या एनआरएन अमेरिकाको लागि हुनु गर्वको बिषय भएको बताउंछन, सुपरिवेक्षण सदस्य सिटौला । ‘प्तरियोगिता दुनियाँलाई जित्नका लागि खेलिन्छ । त्यसले जित्छ, जोप ब्यबस्थित टीम छ । ब्यबस्थित सदस्यता प्रकृयाको यसपाली एनआरएन अमेरिकाको सदस्य बन्ने परीपाटीले फेरी हामी हार्ड ड्राईभको आरोपको होईन, मजबुद शक्तिको शक्तिशाली सर्वश्रेष्ठ एनसीसी बनेका छौं। सिटौला थप्छन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *