२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएन अमेरिका महासंग्राम : को को होमिदैंछन अध्यक्षको लडाईंमा ?

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ५ गते ०:३४

गोकुल ढकाल/क्यालिफोर्निया – सर्भर डाउनको समस्याले एनआरएन अमेरिकाको सदस्य बन्न तीन दिनदेखिको झमेला बेहोर्दै रहेका शुभेच्छुकहरुलाई थकानको भारी बिसाउंदै हिजोदेखी सदस्य बन्ने समय समाप्त भएको छ । भेरीफिकेशन कमिटीको अधिकारिक सुचनासंगै अब एनआरएन अमेरिकाको अध्यक्ष पदमा को-को लड्नेछन भन्ने समाचार मात्रै देखिने छ, मिडिया र सामाजिक संजालहरुमा । बाहिर आएका सुचनाका आधारमा करिब सांढे तीन लाख नेपाली बसोबास गर्ने अमेरिकामा करिब नौ हजार सदस्य अनाएर पून: सबैभन्दा ठुलो एनसिसी चाहीं बनेको छ, एनआरएन अमेरिका ।

सदस्यता वितरण अभियानको शिलशिलामा अमेरिकाका राज्यहरु चाहरेर बहुसंख्यक आकांक्षीहरुले अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरिसकेका छन । एनआरएन अमेरिकाका वर्तमान अध्यक्ष डा. केशब पौडेलको चार बर्षको दुई अवधी कार्यकाल समाप्त हुंदैगर्दा उनको विरासत थाम्न, लड्न वा बार्गेनिङ गर्न सातजना उम्मेद्वार अध्यक्ष पदका लागि चुनावी मैदानमा देखिनेछन ।

सुनिल साह :

संस्था विस्तार र अनेकन कार्यक्रममा भाग लिन सम्भवत अमेरिकाका सबैभन्दा बढी राज्य र शहर चाहरेका बर्तमान अध्यक्ष डा. केशव पौडेलको लाईन र तरिका अंगाल्दै अध्यक्षका आगामी प्रत्यासीहरुमा सबैभन्दा बढी शहर घुमेका आईटी ब्यवसायी तथा एनआरएन अमेरिकाका वर्तमान वरिश्ठ उपाध्यक्ष सुनिल साह एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका बलिया प्रत्यासी हुन । सप्ताहन्तमा भ्याएसम्म राज्यहरु चाहार्न अफ्ट्यारो नमान्ने साह डा. पौडेलले दोस्रोचोटी अध्यक्ष पद जितेका दिनदेखी यो आगामी कार्यकालका लागि ‘कुनै पनि हालतमा’ अध्यक्ष पद लड्न नछाड्ने प्रण गरेर हिंडेका उम्मेद्वार हुन । डा. पौडेलले दोस्रो पटकको जितको विजयोत्सव मनाईरहंदाको शुभ-साईतदेखी आगामी कार्यकालको लागि ‘केवल एनआरएन अमेरिकाको अध्यक्ष’ सर्तमा हरदिन लागिपरेका पात्र हुन, साह ।

एउटै प्लेट्मा म:म:को चटनी संगै चाट्ने साथीहरु ज्याक्सन हाईटतिर पानी बराबरको स्थिती हुने चुनाव, सम्बन्ध, राजनीति र संगतमा कुनै फेरबदल भएको छैन भने चार बर्षको यात्रामा अध्यक्ष डा. पौडेलको रथ हांक्न कामधेनु वांण बनेका साहले यसपाली डा. पौडेलको समर्थन पाउनेछन ।

ईन्जिनियरिङ्ग क्याम्पसमा नेविसंघको राजनीति गरेका साहलाई कहिल्यै नमिल्ने नेपाली जनसम्पर्क समितिबाट प्रभावशाली सदस्यहरु हरिबोल भन्डारी, प्रमोद सिटौला, बिष्णु सुवेदी, सिपी पौडेलहरुको समर्थन यसपाली सुनिल साहलाई हुनेछ । साहको चुनावी समिती पर्दापछाडीका यो समुहका कमान्डर डा. यादव पन्डितले बनाउनेछन ।

सन्जय थापा :

एनआरएनको गत निर्वाचनमा बहुचर्चित गौरीराज जोशीको टिमका मुख्य हर्ताकर्ता तथा प्रवासी नेपाली मन्चका पुर्व अध्यक्ष सन्जय थापा नेपालमा वर्तमान सरकारले प्राप्त गरेको निर्वाचन परिणाम ल्याउनसक्ने अध्यक्षका बलिया प्रतिस्पर्धी हुन । संगठन गर्न माहिर राजनैतीक दलका प्रभावशाली सदस्य रहेका थापाको अधिकारिक उम्मेद्वारी घोषणा नभए पनि कसैले चाहेमा सबैभन्दा चांडै आफ्नो चुनावी टीम दिनसक्ने राजनैतीक कौशलताका बिद्धार्थी थापा यसपाली एनआरएन अमेरिकाका डरलाग्दा प्रत्यासी हुन । Image may contain: Sanjay Thapa, standing

एनआरएन अमेरिकाको बर्तमान कार्यसमितिमा समन्वयकारी भूमिका खेल्दै डा. पौडेललाई सघाएका बोर्ड सदस्य थापालाई बाला घिमिरे, हेम पाठक, राजेन्द्र सिवाकोटीहरुको सहयोग रहनेछ । थापालाई बहुमतको नेपाल सरकारको प्रभाव रहन सक्छ । कम बोल्ने, संगठन बढी गर्ने स्कुलका बिद्धार्थी तथा शिक्षक थापालाई मित्रताको हिसाबले नेजस अमेरिकाका सभापती आनन्द बिष्टको मित्रवत सहयोग हुनसक्नेछ । हिसाबकिताबले जित वा निकटतम प्रतिद्वन्दीमा यसपाली थापा रहनेछन ।

यसपाली तेस्रो ठुलो च्याप्टर बनेको मेरिल्यान्ड र प्रवासी नेपाली मन्चका अध्यक्ष प्रभु थापाको हात, बाल्टिमोर वरीपरीको शक्तीकेन्द्र र नेपालमा नेकपा संयुक्त भएको अवस्थाको अमेरिकी संस्थाहरुको एकिकरण संजय थापाको विजयसंग डरलाग्दो यथार्थता हो ।

सुर्य लम्साल :

डा. पौडेलको पहिलो कार्यकालमा पपुलर भोट ल्याएर कार्यसमिती सदस्यमा चुनाव जितेका ईन्जिनियर सुर्य लम्साल यसपाली एनआरएन अमेरिकाको अध्यक्ष पदका लागि ब्यानर रिलिज गर्ने प्रथम आकांक्षी हुन । न्यूयोर्कलाई बसोसास थलो बनाएका लम्साल पौडेलको पालामा ‘काम गर्ने मान्छे’ मा गनिन्थे । खगेन्द्र जिसीको पालामा उपाध्यक्ष पदमा चुनाव हारेका, डा. पौडेलको पहिलो कार्यकलमा सदस्य जितेका र बर्तमान कार्यसमितिको लागि महासचिव पदमा निर्वाचन हारेका लम्साल टाठो उम्मेद्वारको रुपमा चिनिन्छन । Image may contain: 1 person, text

अचम्मसंग सोनाम लामा, पासांग शेर्पा, एसी शेर्पाको सहयोग प्राप्त गर्दै गरेका लम्साल न्यूयोर्कमा पपुलर मानिन्छन । बलिया प्रतिस्पर्धी संजय थापासंगकै छिमेकमा बस्ने लम्साल सदैव निर्णायक भोट रहेको यसपल्टको सबैभन्दा ठुलो एनआरएन च्याप्टर न्यूयोर्क च्याप्टरमा बिभाजित राजनीतिक समुहहरुको समर्थन प्राप्त गर्न सफल हुनेछन । कुनैपनि राजनीतिक सम्बन्धनका बारेमा नबोलेका नेपाली कांग्रेसका नेता गंगाधर लम्सालका भाई पर्ने सजिला, मिजासिला लम्सालको उम्मेद्वारी अन्यलाई फलामको च्युरा हुनेछ ।

डा. अर्जुन बन्जाडे :

एनआरएनको वर्तमान कार्यसमितिमा सबैभन्दा बढी मत ल्याएर कार्यसमितिको सदस्य चुनिएका शिक्षित डा. अर्जुन बन्जाडे पनि सदस्यता वितरण अभियानको दौरानमा अमेरिकाका राज्यहरुको भ्रमणका क्रममा आफु एनआरएन अमेरिकाको अध्यक्षको प्रत्यासी भएको जानकारी गराउंदै हिंडे । मास कम्युनिकेशनमा Inter Personal Communication पढेका पिएचडी होल्डर बन्जाडे टेक्सास राज्यबाट एनआरएन अमेरिकाको अध्यक्ष पद लद्डैछन । Image may contain: Arjun Banjade, closeup

नेपाल विद्धार्थी संघको राजनैतीक पृष्‍ठभुमीबाट आएका एवम टेक्सासमा एकताको भनिएको नेपाली जनसंपर्क समितिको अधिवेशनमा सभापती लडेर तेस्रो भएका डा. बन्जाडेलाई नेपाली जनसम्पर्क समितिका धनन्जयनरसिंह केसी, केशब बराल, चित्रा केसी, तरुण पौडेल लगायतका नेताहरुको समर्थन रहनेछ ।

राम सी पोखरेल :

एनआरएन अमेरिकाका पुर्व उपाध्यक्ष राम सि पोखरेल पनि यसपाली एनआरएन चुनावी मैदानमा अध्यक्षको रुपमा प्रस्तुत हुंदैछन । एनआरएनको गत निर्वाचनमा पनि अध्यक्ष पदमा चुनाव हारेका पोखरेल टेक्सासबाट सुनिल साह, डा. अर्जुन बन्जाडे, सम्भवत: कृष्ण लामिछाने, बिनोद तिवारीहरुसंग टक्कर गर्दैछन ।Image may contain: Ram Pokhrel

सदस्यताका हिसाबले पहिलोबाट यसपाली दोस्रोमामा झरेको टेक्सास च्याप्टरबाट सबैभन्दा धेरै उम्मेद्वारको लर्कोमा पोखरेल पनि मिसिएका छन । एनआरएनको सफल टेक्सास साधारण सभाका तत्कालिन संयोजक खरेल कम बोल्ने स्वभावका मानिन्छन ।

बिनोदकुमार तिवारी :

 एनआरएन अमेरिकाका मनोनित प्रवक्ता बिनोदकुमार तिवारी आफु अध्यक्ष पदको दौडमा रहेको जनाएका छन ।Image may contain: Binod Kumar Tiwari

कार्यसमितिमा डा. पौडेलका निकटतम सहयोगी भएर काम गरेका टेक्सास निवासी तिवारी प्रस्ट वक्ताका रुपमा चिनिन्छन । रा.प्र.पाको संगठनतिर नजिक देखिने तिवारीलाई प्रेम श्रेष्ठहरुको सहयोग रहनेछ ।

बि आर लामा :

एनआरएनको वर्तमान कार्यसमितिका महासचिव न्यूयोर्क निवासी बि आर लामा अध्यक्ष पदका अर्का प्रत्यासी हुन । सोनाम लामाहरुको साथ र सहयोग रहने आशा गरिएको आगामी चुनावमा अध्यक्ष पदका सुर्य लम्साललाई सोनाम लामाहरुको समर्थन रहने हल्ला चले पनि एनआरएनको शक्तिशाली महासचिवको नाताले लामा बलिया प्रतिस्पर्धी हुन ।Image may contain: B.r. Lama, eyeglasses and hat

आफ्नै कार्यसमितिका सदस्य बाठा संजय थापा र टाठा सुर्य लम्सालको गाउंबाट चुनाव लड्ने लामा कार्यसमितिकै सहकर्मीहरुसंगको खरो व्यबहारले बेला-बेलामा चर्चामा आउने गर्दछन । जातीय भोटका दर्हा उम्मेद्वार लामा हक्की स्वाभावका मानिन्छन ।

कृष्ण लामिछाने :

नेपाली जनसंपर्क समिति, अमेरिकाका संस्थापक महासचिव कृष्ण लामिछाने सम्भवत: अध्यक्ष पदका अर्का प्रत्याशी हुनेछन । सबै दिशातिर लम्कन पायक पर्ने ठाउँं टेक्सासमा रहेर पनि एनआरएन अमेरिकाको सदस्यता वितरण कार्यक्रमहरुमा कतै नहिंडेका लामिछाने ठुलै रुखको छहारीको ओत खोज्दैछन । लावण्यदेशमा हात्तीले नवराजलाई राजा चुनेजस्तो नहुने एनआरएन अमेरिकाको ‘परिचय-पत्र’ ले हुने निर्वाचनमा पदको आकांक्षी भएर पनि खै किन हो, लामिछाने ‘कूल’ लेख्दै बसे । ‘पर्ख र हेर’ खेलका माहिर खेलाडी लामिछाने टेक्सासबाटै उठ्ने बलिया उम्मेद्वारहरुको टक्करमा पर्नेछन ।Image may contain: 2 people, including Krishna Lamichhane, people sitting and eyeglasses

नेपाली कांग्रेससंगको लामो सम्बन्ध मात्रै लामिछानेलाई जित्नका ‘प्रजातान्त्रिक काफी’ हुनेछैन । दुई खेमामा देखिएको जनसम्पर्कमा प्रमोद सिटौला, हरिबोल भन्डारी, बिष्णु सुवेदी, सि पी पौडेलहरु बकाईदा सुनिल साहको पक्षमा लाग्नेछन भने अर्को खेमा डा. अर्जुन बन्जाडे र आंशिक रुपमा संजय थापा, सुर्य लम्साल र बि आर लामा पट्टी लाग्नेछन । शुरुका दिनदेखी लागेका भए सम्भावित विजेता लामिछाने सदस्यताको चाबी लागेपछी मुख खोल्दा त्यती समर्थन मिल्ने सम्भावना देखिंदैन । नेजसको डालस महाधिवेशनपछी बिष्णु-प्रमोदसंग भावनात्मक रुपले छुट्टीएका लामिछाने यस अघिको चुनावको परिणाम लगत्तै ‘सम्भावित अध्यक्ष’ को रुपमा प्रचारित भने थिए ।

यसपालीको निर्णयक मत :

टेक्सासलाई उछिनेर यसपाली न्यूयोर्क एनआरएन अमेरिकाको सबैभन्दा ठुलो च्याप्टर बनेको छ । टेक्सास दोस्रो भनेको छ भने क्यालिफोर्नियालाई उछिनेर मेरिल्यान्ड तेस्रो ठुलो च्याप्टर बनेको छ । टेक्सास र मेरिल्यान्डमा सुनिल साह बलिया मानिन्छन । न्यूयोर्कमा संजय थापा र सुर्य लम्सालविच लडाईं हुनेछ । क्यालिफोर्नियामा सुनिल साह बलिया लाग्छन । न्यूयोर्क, टेक्सास र मेरिल्यान्डमा करिब पचास प्रतिशत भोट रहेको छ । यो क्षेत्रमा जसको दबदबा रहनेछ, उसले बिजयको रथ अगाडी लैजाने सम्भावना छ ।

एनआरएनमा राजनैतीक चलखेल गर्ने शक्तिशाली भनिएको समुह फेरी बलियो देखिएको छ । मतलब, गोटी चाल्ने पुरानै खेलाडीहरुको बर्चश्व रहेको छ । यो कुरा भोलीका दिनमा लेखिंदै-देखिंदै जानेछ । तर राजनैतीक भन्दा झट्ट हेर्दा स्वतन्त्र सदस्यहरु बनेको यो माहौलमा परिचय-पत्राधारीहरुले राम्रै पाठको नतिजा दिलाउनेछन् ।

बर्तमान अध्यक्ष डा. केशव पौडेल, अमेरिकाज क्षेत्रका संयोजक गौरीराज जोशी र उप-संयोजक नविन शेरचनहरुको मन्द मौनताले पनि एनआरएन अमेरिकाको महासंग्राममा अध्यक्षहरुको यात्रााको दिशा परिवर्तन हुन सक्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *