२०८१ वैशाख १४ गते | 26th of April 2024

रंगिए ब्यानरहरु, को को लड्दैछन एनआरएन अमेरिकाको पदाधिकारीमा ?

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ६ गते ६:१५

क्यालिफोर्निया – एनआरएन अमेरिकाको कार्यसमितिको बहुमतले आजैदेखी पदाधिकारीहरुले पनि निर्वाचन प्रचार गर्न पाउने निर्णय पारित  गरेको छ ।एनआरएन अमेरिकाको आगामी चुनावी कार्यकाल २०१९/२०२१ का लागी बिभिन्न पदका आकांक्षीहरुका चुनावी ब्यानर र प्रचारले मिडिया र सामाजिक संजालहरु रंगिन थालेका छन । अध्यक्ष पदका लागी बर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष सुनिल साह, बोर्ड अफ डाइरेक्टर संजय थापा, डा. अर्जुन बन्जाडे र कृष्ण लामिछाने, वर्तमान महासचिव बाबुराम लामा, पुर्व बोर्ड सदस्य सुर्य लम्साल, प्रवक्ता बिनोदकुमार तिवारीले अध्यक्षका लागी आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन ।

यसैबिच अध्यक्ष पद बाहेक अन्य पदमा चुनाव लड्नेहरुको ब्यानर सार्वजनिक हुने क्रमसंगै बिशेषगरी अमेरिकामा सामाजिक संजालमा सकृय नेपालीहरुबिच उम्मेद्वारहरुको समर्थन र प्रचारका लाई हल्ला र ट्याग गर्ने क्रम शुरु भएको छ । अहिले सम्म चुनावी ब्यानर बनाएर मैदान्मा बिड्ने कस्सिएका उम्मेद्वारहरु :

भरत अर्याल – वरिष्ठ उपसभापतीका उम्मेद्वार :

काठमान्डौंका भरत अर्यालले एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि वरिश्ठ उपसभापती पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । सबैभन्दा बढी उम्मेद्वार घोषणा गर्ने क्षेत्र टेक्सासमा आफ्नो ब्यवसायमा ब्यस्त रहेका अर्याल एनआरएन अमेरिकाको वरिश्ठ उपसभापतीमा लड्न लागेका छन ।

काठमान्डौंमा शिक्षण पेशामा आवद्ध अर्याल अमेरिकामा नेपाली जनसम्पर्क समिती, एनआरएन र टेक्सासका बिभिन्न संघ-संस्थाहरुमा आबद्ध रहंदै आएका छन ।

सि पि पौडेल – बोर्ड अफ डाईरेक्टरका उम्मेद्वार :
नेपाली जनसम्पर्क समिती, अमेरिकाका उपसभापती सि पि पौडेलले आश्चर्यजनक रुपमा आफु एनआरएन अमेरिकाको कार्यसमिती सदस्यमा पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन । नेजसका निर्वाचित उपसभापती पौडेल नेजसको अधिबेशन अनिश्चित रहेको बखत एनआरएनतिर पाईला ढल्काएका छन ।

एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार सुनील साहका अती विश्वाशपात्र मध्यका एक पौडेल प्रस्ट वक्ताका रुपमा चिनिन्छन । टेक्सासको अस्टिन शहरमा ब्यवसायमा आबद्ध पौडेल नेपालको सिन्धुलीमा जन्मिएका हुन । नेपाली जनसंपर्क समिती, अमेरिकाको निर्वाचन ताअका पार्टीको एउटा धारको नेत्रित्व गरेका पौडेलको एनआरएन चाहले सबै अचम्मित छन ।

पशुपती पाण्डे  – महासचिव पदका उम्मेद्वार :
यसअघिको एनआरएन निर्वाचनको सदस्य पदमा अन्तर्घातका कारण हार बेहोरेका नेजसको संस्थापना कालका वेष्ट कोस्ट क्षेत्रका अध्यक्ष तथा नेजसका दुई कार्यकालका केन्द्रिय सदस्य पशुपती पाण्डेले महासचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन ।

पाल्पामा जन्मिएर कपिलवस्तु हुंदै हाल सियाटलमा ईन्जिनियरिङ्ग पेशामा आवद्ध पाण्डे यसअघि एनआरएन आईसिसीको उप-संयोजक भएर काम गरिसकेका ब्यक्ती हुन ।

अमृत सापकोटा – वरिष्ठ उपसभापती पदका उम्मेद्वार :
नेपाली जससंपर्क समिती अमेरिकामा सकृय रहेका टेक्सासका अर्का ब्यवसायी अमृत सापकोटाले एनआरएन अमेरिकाको निर्वाचनमा वरिष्ठ उपसभापती पदमा उम्मेद्वारी सार्वजानिक गरेका छन । सापकोटा टेक्सासका बिभिन्न सामाजिक संघ-संस्थाहरुमा लामो समयदेखी निरन्तर सकृय सामाजिक अभियान्ता हुन ।

नुवाकोट जिल्लामा जन्मिएका सापकोटा नेविसंघ नुवाकोटका पुर्व सभापती समेत हुन ।

कृष्णजिवी पन्त – क्षेत्रीय उपाध्यक्ष पदका उम्मेद्वार :
बाल्टिमोरका सफल नेपाली ब्यवसायी कृष्णजिवी पन्तले क्षेत्रिय उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । तनहुँंका पन्त बाल्टिमोर एशोशियन अफ नेप्लीज ईन अमेरिका, तनहुँ समाज लगायत बिभिन्न संस्थाहरुमा आबद्ध रहेर काम गरिसकेका ब्यक्ती हुन ।

नेपाली जनसंपर्क समितिमा लामो समयदेखी आवद्ध पन्त एनआरएन अमेरिकाको आगामी निर्वाचनका बलिया उम्मेद्वार हुन ।

बुद्धी सुवेदी – क्षेत्रिय उपाध्यक्ष पदका उम्मेद्वार :
एनआरएन अमेरिका, विस्कन्सन च्याप्टरका सभापती बुद्धी सुवेदी एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागि सो क्षेत्रका क्षेत्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन । चितवनमा जन्मेका त्रिभुवन विश्वबिद्धालयका पुर्व प्राध्यापक सुवेदी नेपाली कांग्रेसबाट तत्कालिन गाबिस सभापती पदका उम्मेद्वार समेत रहेका थिए ।

सुवेदी विस्कन्सनमा सफल नेपाली ब्यवसायीको रुपमा चिनिन्छन ।

बाला घिमिरे – क्षेत्रिय उपाध्यक्ष पदका उम्मेद्वार :

शिकागोका लागि नेपाल सरकारका पर्यटन दुत बाला घिमिरे एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागि उपाध्यक्ष पदका उम्मेद्वार हुन । रेस्टुरेन्ट ब्यवसायमा सफल घिमिरे यस अघि एनआरएन आईसीसी पदका उम्मेद्वार थिए ।Image may contain: 1 person, closeup

आन्मा लगायत शिकागोका नेपाली संस्थाहरु मात्र होईन, शिकागोमा राज्यस्तरका अमेरिकी नेताहरुसंग पहुंच भएका घिमिरे एनअारएन अमेरिकाको आगामी निर्वाचनका अध्यक्ष पदका प्रत्यासी संजय थापाका अती नजिकका हस्ती हुन भने उनी थापाकै टीम स-शक्त बनाउनका लागी सो क्षेत्रका उपाध्यक्ष पदमा चुनाव लड्दैछन । नेपाली अमेरिकी समुदाय र सदस्यहरुसंग नजिकको सम्बन्ध भएका घिमिरे बलिया दावेदार हुन ।

अमृत कट्टेल – सचिव पदका उम्मेद्वार :
एनआरएनए अमेरिकाको आगामी कार्यकालका लागी सचिव पदमा वर्तमान अमृत कट्टेलले उम्मेद्वारी दिने भएका छन् । वर्तमान कार्यसमितिका सदस्य रहेका कट्टेल ओक्लाहामा राज्यका सफल नेपाली ब्यवसायी हुन ।

चितवनमा जन्मिएका कट्टेल एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिका जांगरिला सदस्यमा पर्दछन ।

रविन बज्राचार्य – कोषाध्यक्ष पदका उम्मेद्वार :

पाटनमा जन्मेर बिगत लामो समयदेखी न्यूयोर्कलाई कर्मथलो बनाएका रविन बज्राचार्य तेस्रोपटक एनआरएन अमेरिकाको कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन । खगेन्द्र जिसी र डा. केशब पौडेलको पालामा समेत कोषाध्यक्ष पदमा चुनाव लडेर हारेका प्रष्टवक्ता बज्राचार्य एनआरएनमा वाराम्बार आर्थिक शुद्दताको मुद्दा उठाएर चर्चामा आउने पात्र हुन । Image may contain: Rabin Bajracharya, smiling, text

आफुलाई चित्त नबुझे एनआरएनका बिषय लिएर सामाजिक संजालमा छाउने बज्राचार्य आर्थिक पाटो क्लियर नभएको भनिएको एनआरएन अमेरिकाको छबी क्लिन पार्न पून: कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउंछन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *