२०८१ वैशाख १४ गते | 26th of April 2024

मेरिल्यान्डको बानाको अध्यक्षमा सुबोध पन्त निर्विरोध निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १३ गते ५:२२

बाल्टिमोर – मेरिल्याण्डस्थित नेपालीहरुको एक छाता संगठन बाल्टिमोर एशोसियशन अफ नेपलीज इन अमेरिका (बाना)को अध्यक्ष पदमा सुबोध पन्त निर्विरोध निर्वाचित भएका छन । डालस, लस एन्जलस पछी सामुदायिक केन्द्र र सांस्कृतिक संबर्धनको पाईलामा अगाडि बढी रहेको बानाको निवर्तमान कार्यसमितिको चयनमा भयंकर प्रतिस्पर्धा भएको अवस्थामा आज सम्पन्न निर्वाचनमा पन्त निर्विरोध निर्वाचित भएका छन ।

सबैपदमा निर्विरोध भएपनि संस्थाको शक्तिशाली महासचिव पदमा भने किरण ढकाल र रमेश भट्टको नाममा सहमती हुन नसकेको जनाईएको छ ।

नव-निर्वाचित कार्यसमिति यस प्रकार छ :
अध्यक्ष – सुबोध पन्त
वरिष्ठ उपाध्यक्ष – हीरालाल गुरुगं
उपाध्यक्ष – गणेश लामिछाने
महासचिव – किरण ढकाल र रमेश भट्ट (टुंगो नलागेको)
सचिव – अरुण श्रेष्ठ
कोषाध्यक्ष – भिमबहादुर कार्की
सदस्यता निर्देशक – हिराबहादुर कार्की
सुचना निर्देशक – सुशान मानन्धर
सदस्यहरु :
अनिल गोदार
सागर कुंवर
बलराम पौडेल
पर्वती सिंह (रिचा)
यमुना घिमिरे
अविशराज वन्त र
ज्ञानेन्द्र गहतराज ।

बानाको निर्वाचन समितिमा यसपटक धराम विश्वकर्माको अध्यक्षतामा मंगल महर्जन संयोजक, डा. बिष्णु घिमिरे, डा. कृष्ण ढकाल, रामकृष्ण भट्टराई, किरण पन्त र विजय श्रेष्ठ सदस्य रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *