२०८१ वैशाख ७ गते | 19th of April 2024

नेपाल संसारकै सुन्दर देश : गर्भनर पिट रिकिट्स

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १३ गते २३:५८

नेब्रास्का – नेब्रास्काका गर्भनर पिट रिकिट्सले नेपाल संसारकै सबैभन्दा सुन्दर देश भएको बताएका छन् । नेब्रास्काको राजधानी लिंकनस्थित गर्भनर कार्यलयमा पत्रकार किरण मरहट्ठासंग कार्यक्रम अमेरिकन भ्वाइसका लागी अन्तर्वार्ता दिदै गर्भनर पिटले भने “प्रकृति र मानवियता दुवै हिसाबले नेपाल संसारकै सुन्दर देश हो ।”

सन् २०१२ मा पहिलो पटक सपरिवार नेपाल भ्रमणमा आएका पिटले नेपालको मनोरम हिमश्रृंखला, कंचन नदिनाला र मन्दिरहरुको शहर काठमाण्डौंबाट अति प्रभावित भएको बताए । २ पटक नेपाल भ्रमण गरेका उनले काठमाण्डौं, पोखरा, चितवन र केहि हिमाली भेगको भ्रमण गरेका थिए । “अन्नपुर्ण क्षेत्रमा गरेको हाइकिगं मेरो जिवनकै रमणिय क्षण हो” उनले स्मरण गरे । २ पटक गरि करिब १ महिना नेपालमा बिताएका गर्भनर पिटले नेपालीहरुको इमान्दार र मिलनसार स्वभावले प्रभावित भएको बताउदै आफु बसेको होटल द्धारिकाजको पनि प्रसंशा गरे । के नेपाल भ्रमण बर्ष २०२० मा नेपाल जानु हुन्छ ? भन्ने प्रश्नमा पिटले भने, “नेपाल घुम्ने कुरा मेरो लागी सदैब सुखद अवसर हो ।” नेपालको राजनीतिक घटनाक्रम सकारात्कम दिशातर्फ अघी बढिरहेको बताउदै उनले १६ बर्ष पछि वासिंगटनमा २ देशका परराष्ट्रमन्त्रि बिच भएको बार्ताले सम्बन्ध थप निकट बनाएको टिप्पणी गरे ।

नेब्रास्काको एक प्रख्यात व्यापारिक घरानाका पिट सन् २००६ मा अमेरिकी सिनेटको लागी रिपब्लिकन पार्टिको तर्फबाट उम्मेदवारि दिएर राजनीतिमा प्रवेश गरेका थिए । उनलाइ जिताउन तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज बुसले पनि ठुलो कसरत गरेका थिए । चुनाव जित्नका लागी ठुलो धनराशी खर्चको भनेर उनले विपक्षि आलोचना समेत खेप्नु प–यो तर उनले त्यो चुनाव हारे । त्यस पछि केहि बर्ष पुनः परिवारिक व्यवसायमा व्यस्त रहेका पिटले २०१४ को गर्भनरको चुनाव जितेका थिए भने उनि २०१८ मा दोस्रो कार्यकालका लागी विजयी भए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकटस्थ मानिने पिटले मरहट्ठासंगको कुराकानीमा राष्ट्रपतिको आप्रवासन, सुरक्षा र आर्थीक नीतिको खुलेर समर्थन गरे ।

“सिमानामा पर्खाल लगाउनु सुरक्षाका दृष्टिले जरुरि छ” उनले भने । नेपाली समुदायसंग नजिक रहेका पिटको नेब्रास्का नेपाली समाजका संस्थापक तथा व्यवसायी ज्ञानेन्द्र भण्डारीसंग निकटको सम्बन्ध छ । भण्डारिकै आग्रहमा सन् २०१५ को महाभूकम्पमा राहत संकलनको क्रममा उनले ठुलो योगदान दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *