२०८१ वैशाख १२ गते | 24th of April 2024

एनआरएन अमेरिका निर्वाचन : को को लड्दैछन क्यालिफोर्नियाबाट ?

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १४ गते ६:३४

लस एन्जलस – सकिंदै गरेको चिसो मौसमसंगै तातिंदै गरेको एनआरएन अमेरिकाको निर्वाचनले यसपाली सदस्य संख्यामा खुम्चिएको क्यालिफोर्निया पनि तात्दैछ । गत निर्वाचनजस्तो गरमागरम भने नबनेको क्यालिफोर्नियाको एनआरनीय बातावरण यसपाली उम्मेद्वारी घोषणा गर्नेहारुको चाह पनि मन्द छ । अहिलेसम्म क्यालिफोर्निया राज्यबाट रामबाबु पाण्डे, पूर्ण बांनिया, सर्वज्ञ वाग्ले, दिक्षा बस्नेत र सुरेन्द्र मल्लले आ-आफ्ना उम्मेद्वारी घोषणा गरेका छन ।

रामबाबु पाण्डे – क्षेत्रीय उपाध्यक्ष पदका उम्मेदवार 
एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेले २०१९-२०२१ को निर्वाचनमा क्षेत्रीय उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन । गत निर्वाचनमा निकटतम प्रतिद्वन्दी सुरेन्द्र मल्लसंग एक भोटले जितेका पाण्डे लस एन्जलसका स्थापित ब्यापारी हुन । श्रीपशुपतिनाथ फाउण्डेशन अमेरिका, लस एन्जलसका नव-निर्वाचित उपाध्यक्ष पाण्डे समाजिक कार्य र सेवामा यस क्षेत्रमा चर्चित मानिन्छन । एनआरएन कार्यक्रमको शिलशिलामा अमेरिकाका बिभिन्न राज्य घुमेका ब्यापारी सोझा-भद्र पान्डे बाल्टिमोरदेखी टेक्साससम्म सामुदायिक केन्द्रका लागि सहयोग गर्ने दानी पात्र हुन । नेपालीहरुको गौरव श्रीपशुपतीनाथ फाउन्डेशनमा पचासी हजार डलर दान गरेका सबैभन्दा बढी दान गर्ने पांचौ दाता पाण्डे आफु चुनाव जित्ने कुरामा ढुक्क रहेको बताउंछन ।

सुरेन्द्र मल्ल – क्यालिफोर्निया च्याप्टर अध्यक्ष पदका उम्मेद्वार :
एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरका वर्तमान अध्यक्ष रामबाबु पाण्डेसंग एक भोटले गत निर्वाचनमा हार बेहोरेका सुरेन्द्र मल्ल यसपाली पून: सोही पद अर्थात क्यालिफोर्निया च्याप्टरको अध्यक्ष पदमा भिड्ने घोषणा गरेका छन । पाण्डेसंग चुनाव हारेपनी क्यालिफोर्निया च्याप्टरले गरेका हरेक एनआरएन गतिविधीहरुमा ज्यान दिएर काममा लागेका मल्ल सम्भवत: एनआरएन अमेरिका क्यालिफोर्निया च्याप्टरको एक्ला उम्मेद्वार हुनेछन, मतलब निर्विरोध ।

प्रजातान्त्रिक धारका मल्ल नेपाली जनसम्पर्क समिती लगायतका संस्था नजिक मानिन्छन । क्यालिफोर्नियामा लगातार सामाजिक काम गरेर दुई बर्षपछी पनि सोही पदमा मल्ल चुनाव लड्नु अन्य प्रतिस्पर्धीहरुको लागि फलामको च्युरा सरह हुनेछ । नेपालका प्रख्यात भलिवल खेलाडी तथा सान्-फ्रान्सिस्कोलाई प्रतिनिधित्व गरेर अमेरिकाका धेरै राज्य र शहरहरुमा भाग लिंदै भलिवल प्रतियोगितामा पुरस्क्रित मल्ल युवा तथा खेलाडीहरुबिच पनि चर्चित मानिन्छन । मिठो बोलीका धनी मल्ल एनआरएनप्रतिको निरन्तरको सकृयाता र सबैको मायाले आफु यसपाली बिजयी हुने बताउंछन ।

सर्वज्ञ वाग्ले – क्षेत्रीय उपाध्यक्ष पदका उम्मेद्वार :
एनआरएन अमेरिकाको मिडिया संयोजक रहिसकेका सर्वज्ञ वाग्ले गत निर्वाचनमा पनि उपाध्यक्ष पदकै उम्मेद्वार थिए । यस क्षेत्रकी वर्तमान उपाध्यक्ष उमा कार्की थापासंग चुनाव हारेका वाग्लेले पून: सोही पदमा चुनाव लड्ने घोषणा गरेका छन । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज, नर्दर्न क्यालिफोर्नियाका सभापती वाग्ले लक्कन-छप्पन नजान्ने सोझा पात्रका रुपमा चिनिन्छन ।

‘जुवाघर’ लगायत थुप्रै कृतिका लेखक तथा पत्रकार वाग्ले अमेरिकामा ‘जनधारणा डट कम’ अनलाईन पत्रिकाका प्रधान सम्पादक तथा ‘कचहरी’ टल्क शोका प्रस्तोता पनि हुन । प्रजातान्त्रिक लाईनका वाग्ले को प्रतिस्पर्धा क्यालिफोर्निया च्याप्टरका वर्तमान अध्यक्ष रामबाबु पाण्डे र वाग्लेकै बैचारिक लाईनका छिमेकी पूर्ण बांनियासंग यसपाली घमासान प्रतिस्पर्धा हुनेछ ।

पूर्ण बांनिया – क्षेत्रीय उपाध्यक्ष पदका उम्मेद्वार :

गत निर्वाचनमा महासचिव पदमा लडेर हारेका पुर्ण बांनिया यसपाली क्षेत्रीय उपाध्यक्ष पदमा लड्ने घोषणा गरेका छन । बहुचर्चित गौरीराज जोशीको अध्यक्ष समुहका ठुला हस्तीका रुपमा चुनाव लडेका बानिया पछी उम्मेद्वारीबाट जोशीले हात झिके पनि महासचिव पदमा चुनाव लडेका थिए । डा. पौडेलको समुहको टीममा नपरेका बांनिया बलिया प्रत्याशी जोशीको टीम निर्माण र उम्मेद्वारीले आफु पनि बलिया मानिन्थे । जोशीले अध्यक्ष पदबाट हात निकाले पछी निराश बानिया एक्लै लडे र महासचिव पदमा चुनाव हारे ।

एनआरएनको चुनावी मुद्दा लिएर केन्टकी पुगेका बांनियालाई वर्तमान कार्यसमितीले सहयोग गर्ने सम्भावना ज्यादै न्यून छ । डा. पौडेलले ‘भनेको मानेर टीमलाई सहयोग गरेवापत’ सर्वज्ञ वाग्लेले केही समर्थन पाउलान । निडर र हक्की स्वाभावका बांनिया आँफैमा नेपाली कांग्रेस काठमान्डौंका नेता हुन । काठमान्डौं कांग्रेसका वर्तमान सभापती सुबजु बांनियाका भाई खलक तथा चर्चित सांसद राजन केसीका असल मित्र किर्तिपुरे बांनिया नेपाली जनसम्पर्क समिती, अमेरिकामा पनि केही हैकम राख्ने अब्बल नेता हुन । नेजसप्रतिको बलियो निरन्तरताले पनि बांनिया क्षेत्रीय उपाध्यक्ष पदका बलिया दावेदार हुन ।

वर्तमान अध्यक्ष पाण्डे, पत्रकार वाग्ले र बांनिया बिचको भिडन्तमा बाजी कसले मार्ला, सदस्यसंख्याका हिसाबले कमजोर क्यालिफोर्नियाका धेरै स्वतन्त्र सदस्यहरुको मतले बताउला । तर त्रिपक्षिय भिडन्त भने रोमान्चक हुनेछ ।

दिक्षा बस्नेत – महिला संयोजक पदकी उम्मेद्वार :
एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरकी वर्तमान महिला संयोजक दिक्षा बस्नेतले यो पटक केन्द्रमा महिला संयोजक पदमा चुनाव लड्ने घोषणा गरेकी छन । नेपालको दुर्गम भेगमा स्वास्थ्य सेवामा रहेर काम गरेकी बस्नेत अमेरिकामा पत्रकारिता र साहित्यमा पनि ब्यस्त छिन् । पत्रकारितामा स्नातक तथा समाजशास्त्रमा स्नाकोत्तर पुरा गरेकी शिक्षित बस्नेत क्यालिफोर्नियामा सेवा र सकृयतामा अघी सर्ने थोरै महिलाहरुमा पर्छिन ।

नेपालमा नेपाल विद्धार्थी संघको राजनीतिमा सकृय बस्नेत ‘परदेशमा राजनिती होईन, सामुदायिक सेवामा खट्न’ महिला संयोजक पदमा आफु निर्चान लड्न लागेको बताउंछिन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *