२०८१ वैशाख १३ गते | 25th of April 2024

नेजा सामुदायिक पत्रकारिता पुरस्कारका लागी आवेदन खुल्ला

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन १८ गते १९:५८

क्यालिफोर्निया – नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेजा सामुदायिक पत्रकारिता पुरस्कारका लागी आबेदन खुल्ला गरेको छ ।

अमेरिकामा रहेका नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्धेश्य सहित १ हजार १ सय अमेरिकी डलर पुरस्कार राशिको नेजा सामुदायिक पत्रकारिता पुरस्कार सन २०१७ देखी बितरण गर्न थालिएको हो । हालै बसेको नेजा कार्यसमितीको बैठकले पुरस्कार बितरणका लागी आबेदन खुल्ला गर्ने र पुरस्कार बितरणका लागी नेजाका महासचिव किरण मरहट्ठाको संयोजकत्वमा ज्योती देवकोटा र होम लम्साल सदस्य रहनेगरि एक समिती समेत बनाएको छ ।

नेजाले एक प्रेस बिज्ञप्ती जारी गर्दै आगामी मे ४ र ५ तारिखमा टेक्सासको डालसमा हुने साधारण सभाका अवसरमा पुरस्कार बितरण गरिने जनाएको छ । नेजाले जारी गरेको विज्ञप्तिमा आवेदकले अमेरिकामा रहेर कम्तीमा दुई वर्ष पत्रकारिता क्षेत्रमा कुनै न कुनै रूपमा सक्रिय रहेको पक्षलाई ध्यान दिइने उल्लेख छ ।

इच्छुकले आगामी अप्रिल १५, सम्म २०१८ मा प्रकाशित समाचार सामग्री नेजाको इमेल [email protected] मा पठाउन अनुरोध गरेको छ । आगामी अप्रिल १५ सम्म प्राप्त हुने आबेदनमाथी पुरस्कार छनौट समितीले अन्तिम निर्णय गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *