२०८१ वैशाख ६ गते | 18th of April 2024

सांसद लामाद्वारा छोराको पास्नी खर्च समाजसेवामा

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २१ गते १७:४८
काठमाडौं –  काठमाडौं क्षेत्र नम्बर तीन (क) का सांसद, छिरिङ दोर्जे लामा र उनकी पत्नी अनु प्रसाई लामाले आफ्नो पुत्रको अन्नप्राशन (पास्नी) गर्दा लाग्ने खर्च (चार लाख) एक सामाजिक संस्थालाई प्रदान गरेका छन् । उनीहरुले आफ्नो पुत्रको अन्नप्राशन भोज नगरी उक्त रकम बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुका लागि काम गर्दै आएको संस्था नयाँ जीवन नेपाललाई प्रदान गरेका हुन् । शिवरात्रीको अवसर पारेर लामा दम्पत्तिले रकम हस्तान्तरण गरेका हुन् । सोही अवसरमा काठमाडौं महानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष दिपेन लामाले पनि एक महिनाको तलब उक्त संस्थालाई सहयोग गर्ने प्रतिवद्धता गरेका छन् ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रमेश अर्याल र ८ का वडाध्यक्ष मनोज ढुङ्गागानाले पनि संस्थालाई सहयोग गर्ने बचन दिएको संस्थाले जनाएको छ । लायन्य क्लबका पूर्व गर्भनर तथा समाजसेवी कुमारराज सुवेदीले पनि संस्थालाई ४३ इन्चको टेलिभिजन र संस्थालाई आवश्यक भौतिक सामाग्री प्रदान गर्ने प्रतिवबद्धता ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *