२०८१ वैशाख १२ गते | 24th of April 2024

टेक्सासमा अमेरिकामा रहेका अगुवा नेपाली महिलाको सम्मेलन सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २१ गते १९:२३

टेक्सास – अमेरिकी नेपाली डायस्पोराका अगुवा महिलाहरूको यो सप्ताहान्त टेक्सासको अर्लिङ्टनमा बितेको छ। उनीहरू प्रथम नेपाली महिला उद्यमशीलता तथा नेतृत्व सम्मेलन २०१९ मा सहभागी हुन त्यहाँ पुगेका हुन् । यस वर्षको अन्तर्राष्ट्रिय नारी दिवशको उपलक्ष्यमा नेप्लिज अमेरिकन च्याम्बर अफ कमर्श, एनआरएन अमेरिका राष्ट्रिय संयोजन परिषद् र नेपाली वुमन्स ग्लोबल नेटवर्ककले संयुक्तरूपमा यो सम्मेलन आयोजना गरेका थिए।

अर्लिङ्टनको हिल्टन गार्डेनमा विहान ८: ३० बजेदेखि दिउँसो तीन बजेसम्मका लागि तय गरिएको सम्मेलन सम्मेलन अमेरिकामा रहेका नेपाली महिलाहरूको सफलता, अवसर र चुनौतिहरूमा केन्द्रित थियो। सम्मेलनमा अनेकौ चुनौतिहरूको सामना गर्दै हाम्रो जीवन र समुदायलाई योगदान दिने महिलाहरूप्रति माया र कृतज्ञता प्रकट गरिएको थियो।

सम्मेलनकी विशेष अतिथिको मदन पुरस्कार विजेता निलम कार्की निहारिकाले अहिलेका महिला हरेक क्षेत्रमा अब्बल रहेको बताउँदै यस्ता कार्यक्रमले समाजमा संधै सकारात्मक सन्देश दिने धारणा राखिन्। सहआयोजक एनडब्लुजीएनकी अध्यक्ष अभिमा उप्रेतीले नेतृत्व तहमा पुगेका हाम्रा दिदीबहिनीले संघर्ष र सफलताका कथा सुनाएर भावी पुस्तालाई अभिप्रेरित गर्न सम्मेलन आयोजना गरेको बताइन्।

सम्मेलनमा ‘सफलता र साहसका कथा’, ‘महिला नेतृत्व’, ‘महिला उद्यमी’ र ‘महिला स्वास्थ्य’ शीर्षकका चार प्यानल डिस्कसन चलाइएको थियो। त्यसमध्ये ‘स्टोरी अफ सक्सेस एण्ड करेज’ शिर्षकमा अधिकारकर्मी नर्बदा क्षेत्री, कानुन ब्यवसायी बन्दिता शर्मा दाहाल, एग्रो इन्जियिनर डा. सुमन रिमाल, प्राज्ञिक व्यक्तित्व डा. विद्या रञ्जित, प्रविधिविज्ञ रश्लिना न्याछ्यो जोशी, हिंसापीडित गीता शाहले आआफ्ना भोगाइ सुनाए।

यसैगरी ‘महिला उद्यमी’ विषयक प्यानल डिस्कसनमा टेक्सासकी उद्यमी दीक्षा भट्ट, सीता सापकोटा, क्यालिफोर्नियाकी निरा गिरी तामाङ र जर्जियाकी सुश्मा बाराकोटीले आआफ्नो उद्यमशीलता र सफलताको कथा सुनाएका थिए। ‘महिला नेतृत्व’ विषयक प्यानल डिस्कसनमा एनआरएनए अमेरिकाकी पूर्वउपाध्यक्ष रविना थापा, वर्तमान उपाध्यक्ष उमा कार्की थापा, अमेरिका नेपाल सोसाइटीकी अध्यक्ष प्रभा देउजा, नेप्लिज एशोसिएसन इन साउथ इष्ट अमेरिका जर्जियाकी उपाध्यक्ष अम्बिका लोहनी र नेपाली अमेरिकन अग्रनाइजेसन अफ ओहायोकी अध्यक्ष डा. एलिना शाक्यले आ–आफ्ना धारणा राखेका थिए ।

‘महिला स्वास्थ्य’ विषयक प्यानल डिस्कसनमा ओन्कोलोजिष्ट डा.रश्मी खनाल, डेन्टिष्ट डा.शर्मिला श्रेष्ठ, ह्युमाटोलोजिष्ट डा.रोजी राजभण्डारी, सामाजिक अभियानमा सक्रिय अन्जिला प्रसाई र सोसल इमोशनल फेसिलिटेटर रक्षा अधिकारीलगायतले महिला स्वास्थ्यको बारेमा आआफ्नो धारणा राखेका थिए।

सम्मेलनमा मिनी नेपाल भनेर चिनिने टेक्सासको नेपाली डायस्पोराका गन्यमान्यहरूको उल्लेख्य उपस्थिति थियो। नारी दिवशको सन्दर्भ पारेर आयोजित भए पनि कार्यक्रममा पुरूषहरूको गतिलो उपस्थिति थियो। आधा आकाशलाई सम्पूर्ण आकाश बनाउँन यो आफैमा एक हार्दिक समर्थन थियो। विश्वभरका महिलाहरूले हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवशको रूपमा मनाउँदै आएको छ। सधैंझै यस वर्ष पनि थिंक इक्वेल,बिल्ड स्मार्ट इनोभेट फर चेन्ज नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी यो दिवश मनाइदैछ ।

साभार : व्हाईट हिमाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *