२०८१ वैशाख १२ गते | 24th of April 2024

एनआरएन अमेरिका : भट्टराईद्धारा महासचिव पदमा उम्मेद्वारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २३ गते २२:३१

लस एन्जलस – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी बर्तमान कार्यसमितीका बोर्ड अफ डाइरेक्टर गोपेन्द्र भट्टराइले महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन । वर्तमान कार्यसमितिमा ‘काम गरेका’ सदस्य भट्टराई एनआरएनए अमेरिकाको संस्थागत बिकाससंगै गैर आवासीय नेपालीहरुको हितका लागी एनआरएन अमेरिकाको कार्यसमितिद्दारा लक्षित कार्यक्रमहरुमा आफु ईमान्दार भएर कार्य सम्पादन गरेकाले आफु महासचिव पदमा लडेर नेपाली समुदायको हितमा काम गर्ने लक्ष राखेको बताए ।

वर्तमान कार्यसमितीमा एनआरएन परिचयपत्र समितीका संयोजक समेत रहेका भट्टराईले सबै गैर आवासीय नेपालीहरुलाई एकताबद्ध गर्दै संस्थागत थप सुधारका लागी ‘काम गर्न’ आफुले महासचिवमा उम्मेद्वारी घोषणा गरेको स्पष्ट पारे ।

एनआरएन आइसीसी तथा स्थानीय च्याप्टरहरु संग समन्वय गर्दै महिला तथा युवा वर्गलाई थप प्रोत्साहित गर्ने कार्यक्रमहरु अगाडी बढाउन पहल गर्नेछु, भट्टराईले बताए  – ‘अमेरिकामा नेपाली सामुदायिक केन्द्र स्थापना गर्न सक्दो सहयोग गर्ने एजेन्डा पनि मेरो महासचिवमा उम्मेद्वारी हो ।’

एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी बिभिन्न पदका आकांक्षीहरुले आफ्नो उम्मेद्वारी घोषणा गर्ने क्रम बढिरहेका बेला महासचिवका बलिया उम्मेद्वार मानिएका भट्टराईको भिडन्त यस अघि महासचिव पदमा उम्मेद्वारी घोषणा गरेका पशुपती पाण्डेसंग हुनेछ । यसमाथी अध्यक्षका अर्का दावेदार संजय थापाको टीमबाट महासचिव पदमा टेक्सासका बिजय भट्टराईको उम्मेद्वारी आउने निश्चितप्राय: छ ।

वर्तमान कार्यसमितिमा अध्यक्ष डा. पौडेलसंग ‘नजिक’ भएर काम गरेका भट्टराई बलिया दवेदार भने हुन । अध्यक्षका कुन प्रत्यासीसंग मिलेर भट्टराई चुनाव लड्लान, त्यो त भोली समयले बताउला । तर एनआरएन अमेरिकअको वर्तमान कार्यसमितिका ‘काम गरेको’ जस भने भट्टराईइले आबश्य पाउनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *