२०८१ वैशाख १३ गते | 25th of April 2024

साह र थापाको एनआरएन अमेरिकाको अध्यक्ष उम्मेद्वारी घोषणा कार्यक्रम

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २५ गते ३:०१

टेक्सास – गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आसन्न निर्वाचनका लागी अध्यक्षका उम्मेद्धार सुनिल साहले भोली शनिबार एक कार्यक्रमका बिच औपचारिक रुपमा अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गर्ने भएका छन ।

एनआरएनए अमेरिकाको बर्तमान कार्यसमितीमा बरिष्ठ उपाध्यक्ष समेत रहेका साहले शनिवार टेक्सासको डालसस्थित फिष्टेल रेस्टुरेन्टमा एक कार्यक्रमका बिच उम्मेद्धारी घोषणा गर्न लागेका छन । टेक्सासको स्थानिय फिशटेल रेस्टुरेन्टमा भोली दिउंसो साढे २ बजेपछि उम्मेद्धारी घोषणा कार्यक्रम राखिएको र कार्यक्रममा सहभागी हुन गैर आवासीय नेपालीहरुलाई अनुरोध गरिएको साहले अनुरोध गरेका छन ।

एनआरएनको संस्थागत बिकाससंगै एनआरएन अभियानलाई व्यापक बनाउदै संगठन बिस्तारका लागी बरिष्ठ उपाध्यक्षमा बिजय भएदेखी नै अमेरिकाका बिभिन्न शहरहरुमा नेपाली समुदायले आयोजना गर्ने कार्यक्रमहरुमा आफ्नो उपस्थिती देखाउंदै आएका साहले भोली आफ्ना भावी एजेण्डा सहित अध्यक्ष पदमा उम्मेद्धारी घोषणा गर्न लागेका छन ।

उम्मेद्धारी घोषणा कार्यक्रमको संचालन तरुण दल अमेरिकाका अध्यक्ष ओम भट्टराइले गर्ने तय भएको र कार्यक्रमको तयारी पुरा भएको बताईएको छ । आगामी मे महिनामा हुने एनआरएन अमेरिकाको निर्वाचनका लागी बलिया उम्मेद्धार साहको उम्मेद्धारी घोषणा कार्यक्रमलाई अमेरिकाका नेपाली डायस्पोराले चासोका साथ हेरेका छन् । आचारसंहिताका कारण आफ्नो औपचारिक उम्मेद्धारी घोषणा गर्न ढिला गरेका साहले भोली शनिवार उम्मेद्धारी घोषणाको कार्यक्रम तय गरेका हुन ।

पर्सी आईतवार न्यूयोर्कमा अर्का प्रत्यासी संजय थापाको उम्मेदवारी घोषणा कार्यक्रम :

एनआरएन अमेरिकाको निर्वाचनका अर्का बलिया उम्मेद्वार संजय थापाले आफ्नो उम्मेद्वारीको औपचारिक घोषणा पर्सी आईतवार गर्ने भएका छन । सम्भवत : पुरै टीमसहित घोषणा सभामा उपस्थित हुने तयारीमा रहेका थापाको कार्यक्रम न्यूयोर्कको स्थानिय सुम्निमा रेस्टुरेन्टमा सांझ ६:३० बजे आयोजना हुने जनाईएको छ ।

Image may contain: Sanjay Thapa, standing

थापाको टीमबाट नारायण कंडेल वरिष्ठ उपाध्यक्ष, टेकराज पौडेल महासचिव, उपाध्यक्षहरुमा क्रमश : बाला घिमिरे, सुमन बुढा मगर, रामबाबु पाण्डे, यमुना भट्टराई महिला संयोजक एवम महासचिवमा चर्चा गरिएका बिजय भट्टराई सदस्य पदमा चुनाव लड्ने टीम घोषणा हुने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *