२०८१ वैशाख १२ गते | 24th of April 2024

कुलमान घिसिङ्गद्दारा न्यूयोर्कको बिद्युत कार्यालय अवलोकन

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २५ गते ११:१४

न्यूयोर्क – आफ्नो अमेरिका भ्रमाणको अवसरमा कुलमान घिसिङ्गले अमेरिकाको न्यूयोर्क राज्यको कार्यालय अवलोकन गरेका छन । अझ अनौठो के छ भने, अमेरिका आएर पनि नेपालका बिद्युत सुपुत्र कुलमान घिसिङ्गले १३ बर्ष देखि अमेरिकाको न्युयोर्क बिद्युत प्राधिकरणमा कार्यरत आफ्नै उमेरका सहयात्री सिनियर इन्जिनियर सुर्य लम्साल संग आफ्नो अमुल्य चार घण्टा समय बिताउने अवसर पाए ।

दुवै जनाको लक्ष्य एउतै थियो – कसरी नेपाललाई दिर्घकालिन उज्यालो बनाउने !

५४,५५६ बर्ग माईल क्षेत्रफ़ल भएको न्युयोर्क राज्यमा करिव २० मिलियन जनसंख्या छ तर त्यसले ३३,००० मेघावाट सम्म बिद्युत खपत गर्छ । अलिकति बढी ५६,८२७ बर्ग माईल क्षेत्रफ़ल भएको नेपालको जनसंख्या २९ मिलियन भएपनि लगभग ११०० मेघावाट ले मात्र आवश्यकता पूर्ति गरि राखेको छ ।

यहाँ कसको कति मेघावाट भन्ने मात्र तुलना गर्न खोजेको होइन । यहाँ त दुइ देश बिचको मिल्दो जुल्दो बिद्युत उत्पादन गर्ने बाताबरण को कुरा गरिएको छ । नेपाल बिद्युत प्राधिकरण र न्युयोर्क बिद्युत प्राधिकरण बीच आज भएको छलफलमा अमेरिका र क्यानाडा बीच बग्ने “नायागरा” नदीको पानीको सदुपयोग गरि दुवै देशले लिएको फाइदाबाट नेपाल र भारतले शिक्षा लिनुपर्ने कुराले बिशेष महत्व पायो ।अमेरिका र क्यानाडामा जस्तै नेपालको पश्चिममा बग्ने महाकाली नदीको पनि नेपाल र भारतले मिलेर सदुपयोग गर्न किन नसक्ने?

न्यु योर्क राज्य सरकारको स्वामित्वमा रहेको न्यु योर्क बिद्युत प्राधिकरण ले करिव ६००० मेघावाट बिद्युत उत्पादन गर्छ । जस मध्ये ७० प्रतिशत जति हाइड्रो पावर पर्दछ । न्यु योर्क बिद्युत प्राधिकरण ले राज्य भरि बाट १६ वटा ठाउँ बाट बिद्युत उत्पादन गर्छ । विश्वको एक आश्चर्य नायागरा फल मा पानी खस्नु अगाडी नदीको आधा पानी अमेरिका र क्यानाडाले बराबर बाडेर सुरुङ्ग बाट आफ्नो देश लागि बिद्युत उत्पादन गरेको कुल मानले प्रत्यक्ष देखे । अमेरिका र क्यानडा बिचको पानी उपयोग गर्ने सन्धि एउटा महत्वपूर्ण सन्धीको रुपमा स्थापित छ । त्यसमा कुनै एक देशले अर्को देशलाई हानी हुने भाषा प्रयोग भएको छैन । अधिकार र जिम्मेवारी बराबरी छ । अझ न्यु योर्क र क्यानाडा बिचको सेन्ट लरेन्स नदीमा त एउटै बाध लाइ दुइ देशले बराबरीमा प्रयोग गरेका रहेछन । त्यहाँ लाग्ने खर्च बराबरी बाड्ने र आउने आम्दानि पनि बराबरी लिने प्रवाधान रहेछ ।अमेरिका र क्यानाडा मा यी हाइड्रो पावर प्रोजेक्टको बिषयमा कहिल्यै मनमुटाव नहुने कुरा सुर्य लम्सालले बताए ।

न्युयोर्क राज्य भरिको बिजुली उत्पादन मध्ये न्यु योर्क सिटि वरपरबाट मात्र आधा बिद्युत खपत हुने रहेछ । त्यसको मतलव उत्तर बाट दक्षिन तर्फ लामो दुरीका ट्रान्समिसन लाईन को जरुरि रहेछ । न्यु योर्क बिद्युत प्राधिकरण संग १४०० सर्क्युट माईल भन्दा लामो हाइ भोल्टेज ट्रान्समिसन लाईनको स्वामित्व रहेछ । त्यसमा संसारको एक मात्र ७६५ केभी ट्रान्समिसन लाइन लगायत ३४५ केभी, २३० केभी र ११५ केभी लाइन पर्ने रहेछन ।

लामो समय देखि यस प्राधिकरण मा कार्यरत सुर्य लम्साल ले बाधको सुरक्षा, ट्रान्समिसन लाइनको सम्रक्षन तथा पुनर्निर्माण र सम्पत्ति ब्यवस्थिकरणले निर्माण सम्बन्धि ठुलो ठाउं ओगटेको बताए ।

न्यु योर्क बिद्युत प्राधिकरण ले करिव दुइ बर्ष अगाडी देखि विश्वको पहिलो “डिजिटल युटिलिटी” को रुपमा आफुलाई स्थापित गरेको छ । कुल मान घिसिङ्ग ले उक्त डिजिटल प्रविधि बाट तैयार पारिएको “आइसक” रुमको पनि अबलोकन गर्नु भयो । उक्त रुममा रहेका भित्ते भरिका ठुला ठुला मनिटरमा प्राधिकरनको स्वामित्वमा रहेका हरेक उपकरण तथा सम्पत्तिको स्वास्थ्यको प्रतक्ष जानकारी हुदो रहेछ ।

न्यु योर्क बिद्युत प्राधिकरणका इञ्जिनियरिङ्ग विभागका भाइस प्रेसिडेन्ट रबर्ट नोल्टन ले कुल मान घिसिङ्ग लाइ स्वागत गर्नुको साथै एक “टोकन अफ लभ” स्वरुप बिद्युत प्राधिकरण सम्बन्धी उपहार प्रदान गर्नु भएको थियो ।

उक्त भेटघाट तथा भ्रमण कार्यक्रममा न्युयोर्क, मेरिल्याण्ड र भर्जिनिया वरपरका नेपालि संघ संस्थाका प्रतिनिधिको पनि उपस्थिति थियो । न्यु योर्क बिद्युत प्राधिकरण का बैज्ञानिक फर्नान्डो साभेड्राले कम्पनी टुर गराउनुका साथ् प्राधिकरण का कर्माचारीहरुले मिट एण्ड ग्रीट गरेका थिए ।

नेपाल उज्यालो बनाएका कुलमान र न्युयोर्क उज्यालो बनाइरहेका सुर्य लम्साल बीच भएको यो भेटघाट र सामुहिक छलफलले नेपालको बिद्युत क्षेत्रमा ठुलो लाभ पुग्ने कुरामा अमेरिकाबासी नेपालीले आशा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *