२०८१ वैशाख १३ गते | 25th of April 2024

एनआरएन अमेरिकाको निर्वाचन : सुनिल साहद्दारा अध्यक्ष पदमा औपचारिक घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २८ गते १:१८

डालस – एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष सुनील साहले एनआरएन अमेरिकाको आगामी निर्वाचनका लागी औपचारिक रुपमा उम्मेद्वारी घोषणा गरेका छन । शनिवार डालसमा एक कार्यक्रमको आयोजना गरी साहले आगामी २०१९-२०२१ कार्यकालका अध्यक्ष पदमा आफ्नो उम्मेद्वारीको औपचारिक घोषणा गरेका हुन ।Image may contain: Suneel Sah, sitting, suit and indoor

एनआरएन अमेरिकाको कार्यसमितिमा दुई वर्ष बरिष्ठ उपाध्यक्ष पदमा रहंदा सदस्यता विस्तार र सामुदायिक सेवाका लागि अमेरिकाका बिभिन्न शहरहरुमा पुगेका साहले आफुले चुनाबी एजेण्डा भन्दा गैर आवासीय नेपालीहरुका आवश्यकताका बिषयबस्तुहरुलाई सम्बोधन गर्न आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेद्वार बनेको बताए ।

वर्तमान कार्यसमितिमा रहेर काम गर्दाको दौरानमा बांकी रहेका कामहरु समापन गर्न र अध्यक्ष पदमा उम्मेदवारी दिएको जनाउंदै साहले आफु निर्वाचित भए प्रवासी नेपालीहरुका लागी गर्न सक्ने दर्जन बढि कामको फेहरिस्त सुनाए । वर्तमान कार्यसमितीले शुरुवात गरेका राम्रा कामहरुको निरन्तरता आफ्नो प्राथमिकतामा रहने जनाउंदै साहले नेपाली बिद्यार्थीहरुलाई लक्षित गरि बिभिन्न कार्यक्रम, नेपालीहरुमा देखिने अध्यागमन समस्या समाधानका लागी पहल, अमेरिकामा रहेका नेपाली संघ संस्थाहरुसंगको सहकार्य संगै नेपाली सामुदायिक केन्द्रहरु स्थापनाका लागी पनि आफुले योजना बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।

‘दोहोरो नागरिकता लगायतका बिषयमा भइरहेका पहललाई थप जोड दिनु मेरो कर्तब्य हुनेछ’ साहले बताए । दुई बर्षको अनुभबले एनआरएनएलाई थप संस्थागत विकास र पारदर्शी बनाउन आफुमा थप बल पगेको बताउंदै साहले अहिले देखिएका समस्या समाधानका लागी पनि आगामी अध्यक्षमा बिजयी बनाउन आफुलाई सहयोग गर्न अनुरोध गर्नु भयो । सुनील साह जिताऔं अभियानले स्थानीय फिष्टेल रेष्टरेन्टमा आयोजना गरेको कार्यक्रममा उपस्थित सहभागीहरुले साहलाई शुभकामना दिएका थिए ।Image may contain: Haribol Bhandari

साहलाई जिताऔं अभियानका सदस्य तथा तरुण दल अमेरिका शाखाका अध्यक्ष ओम भट्टराईले सहजिकरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता तथा एनआरएनका सल्लाहकार हरिबोल भण्डारी, नेजस फोर्टवर्थ च्याप्टर अध्यक्ष ज्ञानेन्द्र कार्की, नेजस अस्टिनका सभापती प्रेम पाण्डे, नेजस पुर्व उपसभापती सिपी पौडेल र भगवान मैनाली, निर्देशक शैलेस आचार्य, सन्तोष बिष्ट, पासाङ लामा, एनआरएनए उपाध्यक्ष उमा कार्की थापा, एएनए माअसचिव बिजयराज भट्टराई, देबराज न्यौपाने, बिकास उप्रेती, एनएसटी सभापती सुमन थापा, बादल भुजेल लगायतले साहलाई जितका लागी शुभकामना दिएका थिए ।Image may contain: 1 person, beard

कार्यक्रममा नेजाका उपाध्यक्ष बिकासराज न्यौपाने, सचिव सुरज भन्डारी, पश्चिम क्षेत्रीय संयोजक गोकुल ढकाल, केन्द्रिय सदस्य शेर केसी, यु स्टार्ट एगैनका प्रस्तोता सुर्य थापा लगायतका संचारकर्मीहरुले सोधेका प्रश्नहरुको साहले जवाफ दिएका थिए ।Image may contain: 34 people, including Uttam Lamichhane, Uma Karki Thapa, Pushpa Bhandari, Divya Kc Oli, Kishor Shrestha, Suneel Sah, Santosh Bista, Haribol Bhandari, Amrit Kattel and Gehendra Kc, people smiling, people standing and indoor

Leave a Reply

Your email address will not be published. Required fields are marked *