२०८१ वैशाख ७ गते | 19th of April 2024

सञ्जय थापाद्वारा एनआरएन अमेरिकाको अध्यक्ष पदमा उम्मेद्वारी घोषणा

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन २८ गते १६:०१

न्यूयोर्क – एनआरएन अमेरिकाको २०१९ – २०२१ कार्यकालको अध्यक्ष पदका लागि सञ्जय थापाले उम्मेद्वारी घोषणा गरेका छन् । न्युयोर्कमा एक कार्यक्रमको आयोजना गरी थापाले औपचारिक रूपमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । एनआरएन अमेरिकाको बर्तमान कार्यसमितिमा बोर्ड अफ डाइरेक्टर रहेका थापाले उम्मेद्वारी घोषणासँगै आफ्नो कार्ययोजना पनि सार्वजनिक गरेका छन् ।

दुई वर्षमा धेरै कुरा गर्न नसकिने भएकाले महत्वाकांक्षी कार्यक्रम घोषणा गर्नुको अर्थ नरहेको बताउँदै उनले हाम्रो एनआरएन राम्रो एनआरएन बनाउँन ठुला कुरा भन्दा पनि सानो काम गर्ने बताए । उनले पहिला अमेरिकामा रहेका हरेक नेपाली समृद्ध हुनुपर्ने र दोस्रो पुस्ताका लागि सुन्दर भविष्य दिनुपर्ने दायित्व रहेको बताउँदै उनले भने- हामीमध्ये धेरैले खास मानेमा अमेरिका किन आएको भन्ने नै पुष्टी गर्न सकेका छैनौ। हामीमध्ये धेरैको जीवन नेपालको भन्दा पनि तल्लो स्तरको छ। यो सत्यलाई स्वीकार्नुको विकल्प हामीसँग छैन ।Image may contain: Sanjay Thapa, text

उनले एनआरएनमा प्रत्यक्ष चुनाव हुनुपर्ने धारणा राखे र सबैले छर्लङ्गै देख्न सक्ने पारदर्शी एनआरएन हुनुपर्ने आफ्नो प्रमुख एजेण्डा रहेको बताए उनले निर्वाचन आयोगलाई निस्पक्ष, विश्वसनीय र पारदरर्शी चुनाव गर्नका लागि केही सुझाव पनि दिए ।Image may contain: 2 people, including Sanjay Thapa

पत्रकार र अमेरिकाको खासगरी न्युयोर्कको नेपाली डायस्पोराका केही अगुवाहरूको उपस्थिति रहेको उम्मेद्वारी घोषणा समारोहमा सहभागी हुन प्रवासी नेपाली मञ्चका अध्यक्ष प्रभु थापा बाल्टिमोरबाट न्युयोर्क पुगेका थिए। मञ्चका महासचिव राधाकृष्ण देउजालगायतका मञ्चका नेता एवं कार्यकर्ताहरूको पनि समारोहमा उपस्थिति रहेको थियो । नेपालमा तत्कालिन नेकपा एमालेको तर्फबाट काठमाडौं जिल्ला बिकास समितिको सदस्य रहेका थापा पेशाले इन्जिनियर हुन् । उनी तत्कालिन नेकपा एमालेको प्रवास भातृसंगठन प्रवासी नेपाली मञ्च अमेरिकाका निबर्तमान अध्यक्ष पनि हुन् ।

Image may contain: Sanjay Thapa, standing

निर्वाचन प्रणाली वैज्ञानिक बनाउनुपर्छ : थापा

थापाले सबैभन्दा विवादित बिषय निर्वाचन प्रणाली र यसै निर्वाचन प्रणालीको कारणले पटक पटक अदालतए झमेला बोकेको एनआरएन अमेरिकाको अवस्थालाई अब वैज्ञानिक बनाउनुपर्ने बताएका छन । हार्ड ड्राईभ र पेन ड्राइभको आरोप खेपेको सबैभन्दा ठुलो एनसिसीको निर्वाचन प्रणालीका लागि थापाले दिएका सुझावहरु :

क. One Device (IP) One Vote गर्नु पर्ने,
ख. Verification Code सदस्यता आवेदनमा प्रयोग भएको फोन नम्बरमा मात्रै उपलब्ध गराउनु पर्ने,
ग. अध्यक्षको उमेदवारको एउटा प्रतिनिधि निर्वाचन अनुगमनमा राख्नु पर्ने र निर्वाचन आयोगले गर्न लागेको सवै कामको जानकारी उक्त प्रतिनिधिलाई उपलब्ध गराउनु पर्ने,
घ. निर्वाचन आयोगको कुनै पनि सदस्यले Software को Adimin /Access लिन नपाउने र
ङ. निर्वाचनको परिणाम ईमेलबाट नभएर कम्प्युटरको सिस्टमबाटै निर्वाचन आयोगलाई पठाउने र निर्वाचन आयोगले त्यसैको आधारमा निर्णय सार्वजनिक गर्नु पर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *