२०८१ वैशाख १३ गते | 25th of April 2024

चुनावको मनोबिज्ञानले सेयर बजारमा सकारात्मक प्रभाव

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन १७ गते २१:२१

१० फागुन, काठमाडौं । स्थानीय चुनावको घोषणाले सेयर बजारमा सकारात्मक प्रभाव पर्न सक्ने देखिएको छ । निर्वाचनको मिति घोषणाको कुरा चल्न थालेदेखि नै बढेको बजारमा मिति तय भएपछि सकारात्मक मनोवित्रान परेको हो । सरकारले निर्वाचनकै लागि १० अर्ब छुट्याउँन निर्देशन दिइसकेको छ । निर्वाचनको लागि भनेर  राजनीतिक दलले बजार खर्च नगरेको भन्ने बैंकरहरुको भनाईलाई आधार मान्ने हो भने निर्वाचन मिति घोषणापछि खर्च हुन थाल्दा बजारमा पैसा पनि आउँने र बैंकिङ प्रणालीमा देखिएको पुँजी अभावको समस्या समाधानमा पनि केही सहयोग पुग्ने छ ।

सोमबार मात्रै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले चैतमा बैंकहरुले धान्न नसक्ने गरि तरलता हुने बताएका थिए । सरकारले खर्च क्षमता बढाउँने तर्कमा आधारित भएर उनले यस्तो धारणा राखेका भएपनि निर्वाचन मिति घोषणाको प्रभावलाई समेत आधार मानिएको हुनसक्ने देखिन्छ ।
यता, निर्वाचनमा मतभेद राख्दै तराइका दलहरु बिरोधमा उत्रिएको कारण राजनीतिक वातावरण भने स्पष्ट हुन सकेको छैन् । यद्यपी चुनावको मिति बैशाखमा रहेको र बैशाखसम्ममा सुचीकृत कम्पनीहरुको तेस्रो त्रैमाशको वित्तीय विवरण पनि सार्वजनिक हुने भएकोले यसपछि पनि बजारमा वृद्धि आउने अपेक्षा लगानीकर्बजारलाई यसले पनि सकारात्मक प्रभाव भने पार्ने छ ।

यता, कम्पनीहरुको सेयर मूल्य पनि एक बर्षयताकै न्युन तहमा आएकोले पनि राम्रा कम्पनीहरुमा आकर्षण बढ्न सक्ने छ । यसले पनि बजारलाई सकारात्मक प्रभाव पार्ने छ ।

ध्यान दिनुपर्ने कुरा

चुनाव हुन सकेन भने पनि वित्तीय विवरणको प्रभाव बजारमा पर्ने सम्भावना छ । तर, चुनावको विषयमा लिएर तराईमा अराजक अवस्था नै आयो भने केही प्रभाव पर्न सक्ने सम्भावना भने नकार्न सकिदैन् ।

बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धिको कुरा बजारमा फेरी उठेको छ । बीमा समितिकै भनाई भन्दै आएका समाचारहरुको आधारमा पनि यो समूहमा लगानी बढेको छ । यद्यपी बीमा समितिको आधिकारिक धारणा नआएकोले यी समूहका कम्पनी छनौट गर्दा राम्रा र प्रतिफलबाट लगानी उठाउन सकिने कम्पनी छान्नु सही हुन्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले जारी गर्ने सेयरमा बैंकहरुबाटै लगानी भएको राष्ट्र बैंकले समेत स्वीकार गरेको छ । मंगलबार हुने मौद्रिक नीतिको अद्र्धबार्षिक समिक्षामा यसलाई निरुत्साहित गर्ने नीति आएमा भने बजारलाई प्रभाव पर्न सक्छ ।

त्यस्तै, चुक्ता पुँजी वृद्धिको लागि कम समय दिइएको भनेर राष्ट्र बैंकको आलोचना पनि सबैतिरबाट भएको छ । राष्ट्र बैंकले पुँजी वृद्धिको लागि समयावधिमा पुनबिचार गरेमा भने लगानीकर्ताले तत्काल सोचेजस्तो प्रतिफल पाउँने सम्भावना नहुन सक्छ ।

हुनतः बैंकहरुमा कर्जा योग्य लगानीको अभाव अस्थाई समयको लागि भएकोले देखिएको छ । यसले नाफामा असर गर्न सक्ने सम्भावना पनि रहने आंकलन गरिएको थियो । तर थप कर्जा बिस्तार गर्न नसकेपनि जारी भएका कर्जाबाट नियमित आम्दानीमा भने समस्या नपर्ने भएको नाफा घट्ने नै भने नहुनसक्छ । यद्यपी यो पक्षलाई पनि लगानीकर्ताले ध्यानमा राख्न जरुरी छ, अनलाईन खबरमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *