२०८१ वैशाख ७ गते | 19th of April 2024

कुलमान घिसिङ्गसंग लस एन्जलसमा अन्तर्कृया सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७५ फागुन ३० गते २१:२८

लस एन्जलस – भ्रष्टाचार र अब्यबस्थाले आक्रान्त नेपाल बिद्युत प्राधिकरणको चुहावट एवम लापरवाहीले लामो समयसम्म अन्धकार मुलुकलाई आफु प्राधिकरणको कार्यकारी निर्देशक भएपछी कुशल ब्यबस्थापन, मेहनत र ईमान्दारिताले ‘लोड सेडिङ्ग’ अन्त गराउने सत्यताका प्रतिक कर्मठ राष्ट्र सेवक कुलमान घिसिङसंग लस एन्जलसमा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम आयोजना गर्न तछाड मछाड गर्ने नेपाली प्रचलनलाई तिलान्जली दिंदै घिसिङ्गसंगको पवित्र अन्तर्कृयामा लस एन्जलसका चार सामुदायिक संस्थाहरु एकजुट भएर कार्यक्रम सम्पन्न गरे ।

एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टर, तमाङग सोसाईटी अफ लस एन्जलस, नेपाल अमेरिका एकता समाज र मधेशी एशोसियशन अफ क्यालिफोर्नियाको संयुक्त आयोजनामा आर्टेसियास्थित स्थानिय नान्किङ रेस्टुरेन्टमा घिसिङ्गसंगको भेट्घाट कार्यक्रम सम्पन्न भएको छ ।

विश्व बैंकको बिशेष निमन्त्रणामा उर्जा वचावत सम्बन्धी अन्तरराष्ट्रिय बैठकमा आफ्नी धर्मपत्नी सहित अमेरिका भ्रमणमा आएका घिसिङ्ग बिभिन्न राज्यहरुमा नेपाली समुदायले आयोजना गरेका कार्यक्रमहरुमा ब्यस्त रहने कार्यक्रममा लस एन्जलस आईपुगेका हुन ।

लस एन्जलस आउनुघी होबर ड्याम र ग्रान्ड क्याननको अवलोकन गरेर आएका घिसिङ्गले अमेरिकाको बिकासले चकित परेको बताए ।

कार्यकारी निर्देशक घिसिङ्गले कार्यक्रममा लोडसेडिङ्गको अन्त्य, यसलाई टिकाउने उपायहरु, बिध्युत प्राधिकारणको प्रगती, नेपाली बिजुली उत्पादनको दक्षिण एसियामा बढेको माग, प्रवासीहरुले हाईड्रो पावरमा लगानी गर्न सक्ने बातावरण, आफु र समुहको मेहनत, बिजुलीमा जिल्लाहरुका समस्याहरुका बारेमा प्रकाश पार्दै सहभागीहरुका प्रश्नका उत्तर दिएका थिए ।

तमाङ सोसाईटी अफ लस एन्जलसका सभापती तथा तमाङ समाज अमेरिकाका उपाध्यक्ष टेक लामाको सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरए अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष रामबाबु पाण्डेले स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा वरिष्ठ ईन्जिनियर कन्हैया कायस्थले ‘ईनर्जी सेभिङ’ का बारेमा आफुद्दारा लेखिएको पुस्तक कार्यकारी निर्देशक घिसिङ्गलाएे प्रदान गरेका थिए ।

आयोजक संस्थाका प्रमुखहरु क्रमश; नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटी, मधेशी एसोसिशयन अफ क्यालिफोर्नियाका अध्यक्ष दिनेश शाहले घिसिङ्गले नेपाल राष्ट्रको लागि गर्नु भएको सच्चा सेवा एवम सयौं घिसिङ्गहरु राष्ट्रले पाओस भनी पुकारा गरेका थिए ।

कार्यक्रममा प्रश्नोत्तर शेशनको संयोजन एनआरएन अमेरिकाम क्यालिफोर्निया च्याप्टरका सचिव पत्रकार रोशन अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन तमाङ्ग समाज अमेरिकाकी महासचिव पत्रकार डोल्मा लामाले गरेके थिईन ।

लस एन्जलसका नेपालीहरुसंगको भेटघाट पश्चात घिसिङ्ग नेपाल प्रस्थान गरेका छन ।

भिडियो : एसराज प्रोडक्शन – शंकरराज वाग्ले

Leave a Reply

Your email address will not be published. Required fields are marked *