२०८१ वैशाख १२ गते | 24th of April 2024

रंगपर्वमा रंगियो टेक्सास (फोटो फिचर)

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत ३ गते १६:०२

डालस – शनिबार टेक्सस स्थित River Legacy Parks होलिमय रौनकमा थियो । नेपाली बालबालिका, युवा जमात देखि बृद्ध बृद्धा सम्म उत्साह साटिरहेको दृश्यले कतै नेपालमै छौं कि भन्ने आभाष भै रहेथ्यो । साना नानीहरु रंगसंगै आफ्नै उमेरका साथीसंग रमाईरहेका थिए भने यहि अवसले जुरेको भेटमा उपस्थित अन्य उमेर समुहरुका नेपालीहरु शुभकामना र आत्मियता साटीरहेका देखिन्थे । सप्तरंगी होली उत्सव सांगीतिक वातावरणमा असाध्यै सभ्य र भब्य शैलीमा उल्लासमय बनेको थियो ।

शनिबारको दिन भएकाले पनि बालबालिका देखी बृद्ध बृद्धा सम्म उपस्थित रहेको होली उत्सवमा बिभिन्न क्षेत्रसंग आवद्ध नेपालीहरु सहभागी थिए । आफ्नो पेसागत क्षेत्र भन्दा पनि नेपाली पर्वले जोडेको आत्मियतामा सबै साथी जसरी प्रस्तुत भएर होली खेलेको दृश्यले आपसी भाईचाराको सन्देश प्रवाह गरेको थियो ।

इन्द्रेणी सांस्कृतिक संघ र नेपाली समाज टेक्ससले आयोजना गरेको सप्तरंगी होलीमा टेक्सस क्षेत्रका नेपाली सञ्चारकर्मीहरुको उपस्थिती पनि बाक्लै थियो । ४ सय भन्दा माथीको संख्यामा सहभागी नेपालीहरुले यो उत्सवमा सबैभन्दा खुसी बालबालिकाहरु देखिन्थे । अमेरिकामा नै जन्मेका बालिबालिकाहरुलाई नेपाली पर्वमा सहभागी गराउँदै आएका अभिभावकले आफ्नो संस्कृती हस्तान्तरण गरिरहेका छन् । सप्तरंगी होलीमा सहभागी बालकालिका नेपाली गीतहरुमा नाचिरहेको, नेपाली खेलहरुमा रमाइरहेको दृश्यले पनि यसको उदाहरण पेस गरेको थियो ।

बिभिन्न कार्यक्रमहरुमा संस्थालाई प्रतक्ष्य अप्रतक्ष्य सहयोग पुर्याएका र नेपाली समुदायको सामाजिक हितमा काम गरेका एक दर्जन ब्यक्तीलाई सम्मान गरिएको सप्तरंगी होली उत्सवमा सहभागी सबैले नेपालमा सम्झेका थिए भने कार्यक्रम आयोजना गरेर नेपाली पर्व उल्लासका साथ मनाउन अवसर दिएको आयोजक संस्थालाई धन्यवाद दिएका छन् । समग्रमा आकर्षक र भव्य तरिकाले सम्पन्न सप्तरंगी होली उत्सव आयोजक संस्थाहरुले नेपाली नयाँ बर्ष अवसरमा अर्को कार्यक्रम राख्ने बताईएको छ ।

फोटो : किशन रेग्मी – युएसखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *