२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएनए निर्वाचन – बुद्धी सुवेदीद्दारा मिड वेष्ट उपाध्यक्ष पदमा उम्मेद्वारी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत ४ गते १२:२८

विस्कान्सिन – एनआरएन अमेरिकाको आसन्न निर्वाचनका लागी मिड वेष्ट क्षेत्रबाट बुद्धि सुबेदिले उपाध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन । विस्कन्सन च्याप्टरका वर्तमान अध्यक्ष सुवेदी गृहनगरमा एक औपचारिक कार्यक्रमको आयोजना गरी उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन ।

एनआरएन अमेरिकाको निकट भविश्यमा हुन गैरहेको निर्वाचनमा रहरले उम्मेद्वारी घोषणा गर्नहरुको लर्को रहेको छ । वर्तमान कार्यसमितिमा निहित पदभन्दा माथिल्लो पदमा उक्लने चाह, बाध्यता वा रहरले सकेर-नसकेर ‘उम्मेद्वारी घोषणा गर्दिम, कल देखाजयागा’ भन्ने मान्यतामा ब्यानर अर्डर दिएर सामाजिक संजालका भित्ताहरु रंगाउने धेरै छन । तर सामाजिक सेवाको लामो सकृयता र अनुभवलाई एनआरएन मार्फत निरन्तरता दिन आफु उपाध्यक्ष पदमा उठेको सुवेदीले बताए ।

निर्वाचनमा अहिलेसम्म उम्मेद्वारी घोषणा गरेका उम्मेद्वारहरुमध्य अमेरिकाको मिडवेस्ट क्षेत्रको उपाध्यक्ष पद सबैभन्दा प्रतिस्पर्धी पद रहेको छ । विस्कन्सन च्याप्टरमा अध्यक्ष रहेर काम गरेका सफल व्यवसायी बुद्धी सुवेदी र शिकागोलाई कर्म क्षेत्र बनाएर बिभिन्न सामाजिक अभियानमा लागेका बाला घिमिरे बिचको प्रतिस्पर्धा उपाध्यक्ष पदको सबैभन्दा घमासान प्रतिस्पर्धा हुनेछ । एनआरएनको कार्यसमितिमा रहेर समुदायमा नजिक पुगेर काम गरेका सुबेदी र नेपाली समुदायको चर्चित नाम घिमिरे दुबै शक्तिशाली मानिन्छन ।

नेपाली सामुदायीक केन्द्र स्थापनाका लागी पहल, मिड वेष्ट एनआरएन च्याप्टर गठन, समुदाय र एनआरएनबिच हातेमालो, प्रवासी युवाहरुका लागी खेलकुद तथा छात्रबृत्ति कार्यक्रमहरु अघि सारेर सुवेदी एनआरएन उपाध्यक्ष पदका लागि मैदानमा उत्रिएका छन ।

२००३ मा मेरिल्याण्ड ओर्लिएका सुवेदी अनेकन हण्डर खेप्दै, सपना सजाउंदैं र प्रवासमा आँफै मालिक बन्ने उदेश्य लिएर २००७ देखी आफ्नै व्यवसाय शुरु गरेर निरन्तर सफलताको प्रगतीपथतिर उक्लिरहेका नेपाली व्यवसायी हुन । जन्मदै टाठा हुने जिल्ला स्याङ्जामा जन्मेका सुवेदी स्वदेशमा विश्वबिद्धालयका उप-प्राध्यापक संगसंगै बिभिन्न संस्थाहरुमा रहेर सामाजिक सेवामा सकृय थिए, जुन सेवाको पवित्र भाव र कृयाकलापहरु अमेरिकाका रहेर पनि स्थानिय संस्थाहरु र एनआरएन मार्फत छन ।

एनआरएनए अमेरिकाको पहिलो च्याप्टरको रुपमा विस्कान्सिन च्याप्टर बिधिवत दर्ता गरेको ईतिहासका अध्यक्ष सुवेदी एनआरएनका कार्यक्रमहरुमा बिभिन्न राज्यहरु पुगेर नेपाली समुदायसंग सम्बन्ध राखेका उम्मेद्वारको रुपमा चिनिन्छन ।

अधिकारी र रेग्मी संगै विस्किन्सिन च्याप्टरमा उम्मेद्वारी :

उपाध्यक्ष पदमा आफ्नो उम्मेद्वारी घोषणा गर्न विस्कन्सनमा आज आयोजित कार्यक्रममा एनआरएन अमेरिकाको बोर्ड सदस्य पदका लागि वासुदेव घिमिरेले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन भने टुक रेग्मीले विस्किन्सन राज्य च्याप्टर अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन ।

एनआरएन विस्किन्सिन च्याप्टरको उपाध्यक्ष पदमा दिपक थापा, सचिवमा गोविन्द फुलारा, कोशाध्यक्षमा हरी अधिकारी, महिला संयोजकमा संगिता वाग्ले, सदस्यहरुमा मदन श्रेष्ठ र ठन्डराज तिमील्सिनाले आ-आफ्नो संगै विस्किन्सिन च्याप्टरमा उम्मेद्वारी उम्मेद्वारी घोषणा गरेका छन ।

च्याप्टरका पदका आकांक्षीहरुले टुक रेग्मीको नेतृत्वमा सही र कुशल टीम बनाएर तुनावमा एक भएर जाने जिकीर गरे । ‘वुद्दी  सुबेदी  एनआरएन अमेरिकाको उपाध्यक्ष उम्मेद्वारी घोषणा कार्यक्रम’ को संचालन नेपाली जनसम्पर्क अमेरिकाका नेता एवम् अभियान्ता लालप्रसाद काफ्लेले गरेका थिए ।

उम्मेद्वारी घोषणा कार्यक्रम झलक :

https://www.facebook.com/262787457090640/videos/2149213211826575/

Leave a Reply

Your email address will not be published. Required fields are marked *