२०८१ वैशाख १३ गते | 25th of April 2024

लस एन्जलसमा धुमधामका साथ रंगपर्व ‘होली’

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत ५ गते ८:३०

लस एन्जलस – मधेसी एसोसिएसन इन अमेरिका, क्यालिफोर्निया च्याप्टर, नेपाल अमेरिका एकता समाज र सिटी अफ आर्टेसियाको संयुक्त आयोजनामा हिन्दूहरुको रंगपर्व ‘होली’ यसपाली पनि लस एन्जलसमा धुमधामका साथ मनाईयो । हिन्दूहरुको खुशीयालीको चाड फागुपुर्णिमा आपसी बैमनश्यता हटाउन सप्तरंगहरु खेलेर मनाईन्छ । गत बर्ष एक्लै होली कार्यक्रमको आयोजना गरेको मधेशी एशोसियशन, क्यालिफोर्निया च्याप्टले यसपाली नेपाल अमेरिका एकता समाजसंग मिलेर कार्यक्रम सम्पन्न गरेको छ ।

Image may contain: 14 people, including Ramji Gautam and Kanhaiya Shrestha, people smiling, people standing and outdoor

एनआरएन अमेरिकाका बरिष्ठ उपाध्यक्ष तथा आसन्न निर्वाचनमा अध्यक्ष पदका बलिया प्रत्यासी सुनिल साहको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस रौतहटका सभापती कृष्ण यादव, मेयर टोनी लीमा लगायत आर्टेसिया नगरका पदाधिकारीहरु अतिथिको रुपमा उपस्थित भएका थिए ।

Image may contain: 6 people, including Ramchandra Lamichhane, Swaraj Khati and Sarbagya Wagle, people smiling, people standing

कार्यक्रममा उपस्थित सहभागीहरुलाई मधेसी एसोसिएशन इन अमेरिका क्यालिफोर्निया च्याप्टरका अध्यक्ष दिनेश साहले स्वागत गरेका थिए भने नेपाल अमेरिका एकता समाजका अध्यक्ष चन्द्र सिवाकोटीले नेपाली समुदायहरु बिचको आपसी भाईचाराका लागे संयुक्त रुपमा होली कार्यक्रमको आयोजना गरिएको बताए ।Image may contain: 7 people, including Dinesh Shah and Ramchandra Lamichhane, people smiling, people standing

कार्यक्रममा सिटि अफ आर्टेसियाका मेयर टोनी लीमाले नेपाली समुदायले आयोजना गर्ने यस्ता सांस्कृतिक पर्वहरुले एक अर्काबिच घनिष्ठता तथा स्नेह, नेपाली समुदायको पहिचानको साथै सहकार्यताको भावना बढाउनेछ भन्दै शुभकामना दिएका थिए । नेपाली कांग्रेस रौतहट जिल्ला सभापती कृष्ण यादवले प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कृतिलाई जगेर्ना गरेकोमा आफु गौरवान्वित भएको जनाउंदै फागुपर्वको शुभकामना दिएका थिए ।Image may contain: 2 people, people smiling, people standing, sunglasses and outdoor

प्रमुख अतिथी सुनिल साहले यस्तै सांस्कृतिक पर्वहरुले अमेरिकामा नेपाली समुदायहरु बिचको सौहार्दता बढोत्तरी हुने जनाउंदै एनआरएन अमेरिका सामुदायिक हितोन्नतीका लागि सदैव लागिपर्ने बताउंदै अमेरिकाका बिभिन्न राज्यहरुमा आफु पुगेको र सामुदायिक केन्द्र, नेपाली पाठशाला एवम युवा सहभागीता जस्ता कार्यक्रमहरु सारेर आफु एनआरएन अमेरिकाको अध्यक्ष पदमा निर्वाचनमा होमिएकोले सहयोगको अपिल गरे ।Image may contain: 6 people, including Krishna Koirala and Ramji Gautam, people smiling, people standing

Leave a Reply

Your email address will not be published. Required fields are marked *