२०८१ वैशाख ७ गते | 19th of April 2024

जन्मभुमी र प्रवास जोडुम, एनआरएनए उपाध्यक्ष पदका उम्मेद्वार कृष्णजिवी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत ५ गते २०:०६

बाल्टिमोर – चिसो सकिएसक्कै अब अमेरिकामा नेपाली समुदाय एनआरएन अमेरिकाको निर्वाचनको गर्मीले तात्दैछ । पसिना आउनेगरी एनआरएनको निर्वाचन लाग्ने नेपाली समुदायका सदस्यहरुले आगामी मे महिनाको अन्तिम साता प्रवासी अमेरिकी नेपालीहरुको छाता संगठन एनआरएन अमेरिकाको नयाँ समिती पाउनेछन ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, अमेरिकाको निर्वाचन नजिकिँदै गर्दा बिभिन्न पदमा उम्मेद्वारी घोषणा गर्ने क्रममा यसपाली अमेरिकामा तेस्रो ठुलो च्याप्टर बनेको मेरिल्यान्डबाट कृष्णजिवी पन्थले उपाध्यक्ष पदमा आफ्नो उुमेद्वारी घोषणा गरेका छन । तनहुं जिल्लाको व्यास नगरपालिका वडा नं १२ कमलबारीमा जन्मिएका पन्थ जन्मभुमीदेखि नै सामाजिक कार्यमा सक्रिय व्यक्तित्व हुन् ।Image may contain: 6 people, including Krishna Jibi Pantha

नेपालमा रहंदा समाज कल्याण मन्त्रालयको सहयोगमा युसेप नेपालद्वारा संचालित नेपालको पहिलो बाल सुधार गृह सानोठिमी भक्तपुरमा संयोजकको रुपमा काम गरेका पन्थ तनहुँंमा भर्खरै निर्माण भएको किरियापुत्री भवनका लागि अहोरात्र खट्ने पात्र हुन । भाषण गरेर यो र त्यो गरें भन्ने भन्दा आफु जन्मेको ठाउंमा धारो, कटेरो, मन्दिर वा किरियापुत्री घर निर्माणमा लाग्ने मान्छे समाजसेवी हुन । उपाध्यक्ष पदका प्रत्यासी पन्थ भन्छन, ‘सामुदायिक केन्द्र त अमेरिकामा बन्छ, बनिरहेको छ । तर जन्मेको गाउंमा पुस्तकालय, सके धारो र पाटीपौवा । अझ सके स्वास्थ्यकेन्द्र ।’

‘मेरो नारा अमेरिकामा नेपाली समुदाय र सामुदायिक केन्द्र बनाउने मात्र होईन, हामीले जन्मभुमी र प्रवास जोड्ने हो । एउटा नेपालीले जन्मेको गाउंमा बाख्रा पालेर पांच जनालाई रोजगारी दिएको छ भने त्यो भन्दा उत्तम काम यहाँंको यतीउती सामाजिक काम गरेको प्रचारभन्दा बढी हुन्छ’ पन्थ थप्दछन । उनी भन्छन, मेरो एउतै नारा ‘प्रवासको कमाई, जन्मभुमीमा रमाई ।’ मतलब प्रदेशमा कमाएको द्रब्यले जन्मभुमीको हितका लागि समय र बल दिने ।

नेपालमा बाल सुधार गृह नेपालका विभिन्न अभियोगमा जेलबन्दी बिताईरहेका १८ वर्ष भन्दा मुनिका बालबालिकाहरुलाई जेलबाट मुक्त गरी सुधारगृहमा राखी शिक्षा, स्वास्थ्य, बालअधिकार पैरवी तथा सामाजिक पुनर्स्थापना जस्ता गहन सवालहरुमा काम गर्ने संस्थामा परियोजना स्वीकृत, संचालन तथा कार्यन्वयनका साथै कुशल व्यवस्थापकको रुपमा एक दशकसम्म सामाजिक काम गरेका पन्थ एनआरएन मार्फत जन्मभुमीमा पीडित बालबालिकाहरुका लागि ‘केही गर्ने’ सोचका साथ आफु उपाध्यक्ष पदमा निर्वाचनमा होमिएको बताउंछन ।

विगत एक दशकदेखि डिसी महानगर क्षेत्र बाल्टिमोरमा अनेक कस्ट बेहोर्दै, सपना सजाउंदै, आफु केही गरुं भन्दै लामो समयदेखी आफ्नै ब्यबसायमा सकृय पन्थ स्थानिय रुपमा नेपालीहरुका विभिन्न संघ संस्थाहरुमा नजिक रहेर काम गरेको अनुभव संगालेका छन । एनआरएन अमेरिकाको सदस्यता वितरण अभियानमा अहोरात्र खटिएका पन्थ बाल्टिमोरको हिन्दु बुद्ध मन्दिर स्थापनाका लागि चालिएको महाअभियानमा व्यक्तिगत तथा सामुहिक रुपमा पनी खटिने पात्र हुन । बाल्टिमोरमा निर्मित मन्दिरका ट्रष्टी समेत रहेका पन्थ बाल्टिमोर एसोसीयसन अफ नेपालिज इन अमेरिका (बाना) को सामुदायिक भवन निर्माण अभियानमा हरदम लागेका थिए ।

बानाको सल्लाहकार तथा सामुदायिक भवनको ट्रष्टी समाजसेवी पन्थले नेपालमा विद्धालय, बालसुधार गृह तथा बृद्धाश्रमहरुलाई सहयोग गर्दै आइरहेका छन् । ‘नेपालीहरुलाई आफ्नो ब्यवसायको स्वामित्व आफैं लिऔं’ भन्ने अभियानका साथ ईन्टरप्रेनरको रुपमा अगाडी बढ्न उत्प्रेरित गर्दै आएका पन्थ सामान्य र थोरै लगानीमा पनि ब्यवासायिक पार्टनर बनाएर उनीहरुको मनोबल बढाउंदै लाने अभियानमा छन ।

यी यावत नारा, सपना, ईच्छा र प्रचारभन्दा पनि जन्मभुमी र अमेरिकी नेपाली समुदाय जोड्ने अभियानमा आफु लाग्न एनआरएन अमेरिकाको उपाध्यक्ष पदमा निर्वाचन लडेकाले सहयोगका लागि अनुरोध गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *