२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएन अमेरिका निर्वाचन : सदस्यमा पहिलो महिला उम्मेद्वार श्रद्धा अधिकारी

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत ५ गते २१:३१

डालस – एनआरएन अमेरिकाको निर्वाचनमा उम्मेद्वारी घोषणा गर्ने लर्कोसंगै टेक्सास राज्यको डालसबाट बोर्ड अफ डाइरेक्टर पदका लागि श्रद्धा अधिकारीले उम्मेद्वारी घोषणा गरेकी छन । डालसका सामाजिक कार्यक्रमहरुमा सदैव देखिने अनुहार अधिकारी प्रवासी अमेरिकी नेपालीहरुको छाता संस्था एनआरएनमा रहेर सामाजिक अभियानमा सकृयाता जनाउन आफु २०१९-०२१ को एनआरएन कार्यसमिती निर्वाचनमा कर्मस्थान डालसबाट उम्मेद्वार उठेको बताउंछिन ।

‘एनआरएन अमेरिकाका प्राय कार्यक्रमहरुमा मात्रै होईन, एनएसटी जस्ता सामुदायिक संस्थाहरुसंग नजिकबाट सम्बन्धन राख्दछु । अमेरिकाको दोस्रो नेपाल “डालस” मा महिला र युवा हितका कार्यक्रमहरुको उत्थानका लागि लागेर काम गर्ने रहर छ’ अधिकारीले खुल्लामन्चलाई बताईन । ‘प्रभावकारी सामाजिक सेवा र नेपालीको हक हितमा काम गर्न सकिने संस्था एनआरएन रहेछ । सरकारबाट मान्यता प्राप्त संस्थासंगको सकृयाताले डायोस्पारामा अर्थ राख्ने सोचेर सामाजिक हितोन्नततीकै लागि म निर्वाचनमा उठेको हुँं’ अधिकारी थप्छिन ।

सपना सम्हाल्दै अमेरिकामा सबल बन्ने कर्तब्य गरेर बचेको समय खेर फ्याक्नु भन्दा सामाजिक कार्यमा सहभागी हुन सके नेपाली समुदायको हितमा प्रत्यक्ष सहयोग गर्न सकिने ठानेर एनआरएन अमेरिकाको आसन्न निर्वाचनमा उमेद्वारी दिएको बताउंछिन अधिकारी । साहित्यमा हात चलाऊने अधिकारी आफु सबैको सल्लाह-सुझावमा बोर्ड अफ डाइरेक्टर पदको उम्मेद्वार भएको बताउंछिन । यती र उती प्रतिशत महिला सहभागीताको प्रसंगले बिषय पाउने बखत एनआरएन अमेरिकाको बोर्ड सदस्य पदमा उम्मेद्वार घोषणा गर्ने पहिलो उम्मेद्वार बनेकी छन, अधिकारी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *