२०८१ वैशाख ७ गते | 19th of April 2024

अमेरिकी दूतावासले गगन थापाको तस्बिर राखेर भन्यो, हेर्नुस् कक्षामा को छ

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १६ गते ८:५७

बोस्टन –  नेपाली कांग्रेसका युवा नेता गगन थापा अहिले अमेरिकामा छन् । ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ विषयक छोटो अवधिको कोर्ष अध्ययन गर्न उनी अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा भर्ना भएका छन् । नेता थापा अहिले त्यहाँ दुई हप्ते कोर्ष अध्ययन गर्दैछन् । गगन थापाले कक्षाकोठामा अध्ययन गरिरहेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

अमेरिकी दूतावासले सामाजिक सञ्जालमा उनको तस्बिर राख्दै लेखेको छ, ‘हेर्नुस् त, कक्षामा को छ ? नेपाली सांसद गगन थापा अमेरिकाको हावर्ड विश्वबिद्यालयस्थित हार्वर्ड केनेडी स्कूलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सार्वजनिक प्रशासन’ शीर्षकको कोर्स गर्न पुग्नुभएको छ ।’

दूतावासका अनुसार गगन थापाले अध्ययन निकै उपलब्धिमूलक भएको बताएका छन् । ‘मलाई युवा रहिरहनु छ र सिकाइ एक यस्तो विषय हो, जसले युवा रहन सहयोग गर्छ । सिकाइ तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छु । एकदमै रमाइलो लागेको छ,’ दूतावासले थापाको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘हामी उहाँलाई रमाइलो सिकाइको कामना गर्दछौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *