२०८१ वैशाख ७ गते | 19th of April 2024

जिपी फाउन्डेशन अमेरिकाद्दारा आफ्नै कार्यालय स्थापना

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत १८ गते १९:१४

नेपाली कांग्रेसका पुर्व सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नाममा स्थापित जीपी कोइराला फाउण्डेशन अमेरिका शाखाले न्युयोर्कमा आफ्नो कार्यालय स्थापना गरेको छ ।

शान्ति प्रक्रियाका एक नायक पूर्वप्रधानमन्त्री कोइरालाको नवौं स्मृति दिवसको अवसरमा आयोजित श्रद्धाञ्जलीसभा कार्यक्रमसँगै आज न्युयोर्कको ज्याक्सन हाईटसमा फाउण्डेशनले आफ्नो कार्यालय उद्घाटन गरेको हो ।

कार्यक्रमको प्रमुख आतिथि प्रथम जनसंपर्क समिति भारत का संस्थापक सदस्य एवम् फाउण्डेशनका सल्लाहकार मोहनसिंह बिष्टले कार्यालय उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले जिपी कोईरालाको योगदानको चर्चा गर्दै फाउण्डेशनले लोकतन्त्र र शान्तिको पक्षमा एकबद्ध भइ कार्य गर्ने कुरामा विश्वस्त हुँदै उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रममा बोल्दै जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्रबिक्रम नेम्वाङले लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा स्वर्गीय गिरीजा बाबुले पुर्याएको योगदान अतुलनीय रहेको बताउनु भयो । आर्थिक उदारीकरण, परिवर्तनको नेतृत्व तथा देशलाई शान्तिको मार्गमा अवतरण गरी बिपि कोईरालाले शुरु गर्नुभएको महान कार्य जिपी कोइरालाले संपन्न गरेको उहाँको भनाई थियो ।

कार्यक्रममा फाउण्डेशनका महासचिव सुरेन सापकोटाले उक्त संस्थाको स्थापना र उदेश्य बारेमा प्रष्ट्याउँनु भएको थियो भने अध्यक्ष सोमनाथ घिमिरेले कार्यक्रमको अध्यक्षता गर्दै संस्थाको उद्देश्य, भावी योजना र कार्यक्रमका बारेमा प्रष्ट पार्नु भएको थियो । उहाँले बिभिन्न कारणले समस्या भोगिरहेका नेपाली समुदायका सदस्यहरुलाई संस्थाले आवश्यकतानुसार सहयोग गर्दै जाने जानकारी समेत गराउँनुभयो ।

सो कार्यक्रममा जनसम्पर्क समिति न्यूर्योकका महासचिव महेश मल्ल, एनआरएन अभियन्ता सुमन हुमागाई, आदिवासी महिला संघ अमेरीकाकी अध्यक्ष संगिनी रानामगर, यूएस नेपाल स्पोर्टस कल्चरका अध्यक्ष मोहन वाइबा, फाउण्डेशनकी कोषाध्यक्ष बृन्दा राई, सह-कोषाध्यक्ष पुनम राना मगर, केन्द्रिय सदस्यद्वोय श्याम कार्की र शरदा झेत्री लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

स्वर्गिय गिरिजा प्रसाद कोईरालाको संझनामा स्थापित फाउण्डेशनले नेपाल र बिदेशमा समेत आफ्नो शाखा विस्तार गर्दै देशका निम्ति लोकतन्त्र, शान्ति र विकासका क्षेत्रमा योगदान गर्दै जाने उदेश्य राखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *