२०८१ वैशाख ७ गते | 19th of April 2024

तारा ढकाल मरहठ्ठा : एनआरएनए आईवा च्याप्टर अध्यक्ष पदकी उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २३ गते ११:३४

आईवा – गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाको चुनावी दौड यतिबेला चर्चामा रहेको छ । विभिन्न आकांक्षीले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । यति र उती प्रतिशत महिला हकाधिकारका नाराले चर्चा पाउने नेपाली समाजमा पुरुष उम्मेदवारहरुको भिडमा एउटी महिला एनआरएन मार्फत नेपाली समुदायमा परिवर्तनका लागि चुनावी मैदानमा होमिएकी छन ।

अमेरिकाको आईवा राज्यमा बसोबास गर्दै आईरहेकी तारा ढकाल मरहठ्ठा सो राज्य च्याप्टरको एनआरएन अध्यक्षका लागी औपचारिक रुपमा आफनो उम्मेदवारी घोषणा गरेकी छन । एनआरएन अमेरिकाको निर्वाचनमा च्याप्टर अध्यक्षका लागी उम्मेदवार घोषणा गर्ने उनी पहिलो महिला हुन । अमेरिकाको २६ च्याप्टरबाट अहिले सम्म कुनै महिलाले पनि आफनो उम्मेदवारी घोषणा गरेका छैनन ।

‘एनआरएनए स्थापना भएको लामो समय व्यतित भइसक्दा पनि नेतृत्वमा महिला पुग्ने क्रम जारी छ’ मरहठ्ठा भन्छिन ‘अग्रज महिलाहरुको पाईलाहरुलाई पछ्याउंदै नेपाली महिलाहरुको प्रतिनिधित्व गर्न यस पटक च्य्पाप्टर अध्यक्षको रुपमा चुनावी मैदानमा होमिएको छु।’ ‘लामा नारा केही छैनन । सेवाभाव पलाएको मात्र हो । सेवाको लागि आबश्यक मन्चका रुपमा नेपालीहरुको छाता संगठन एनआरएन रोजेको हुँं’ आईवा च्याप्टरमा एनआरएन महिला संयोजकको रुपमा काम गरिसकेकी मरहठ्ठा थप्छिन ।

डेढ दशक देखि अमेरिकाकामा बस्दै आएकी उनी गृहणीको रुपमा व्यवसायमा आवद्ध छिन् । गैर आवसीय नेपालीहरुको समस्या र चुनौतीहरु सामना गर्न महिलाहरुको हक हितको नारा बोकेर आफु निरन्तर लागेकाले महिला प्रतिनिधित्वको सु-निश्चितताका लागि सहयोग गरिदिनुहुन नेपाली समाजलाई मरहठ्ठाले अपिल गरेकी छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *