२०८१ वैशाख १२ गते | 24th of April 2024

नेजा-एनआरएन बहस – २०१९, पहिलो कार्यक्रम १४ अप्रिल, भर्जिनियामा

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २२ गते २२:५६

भर्जिनिया – नेपाल अमेरिका पत्रकार संघ (नेजा) र आसन्न निर्वाचनमा होमिएको प्रवासी अमेरिकी नेपाली छाता संगठन एनआरएन अमेरिकासंगको सार्वजानिक बहस कार्यक्रम ‘नेजा-एनआरएन बहस-२०१९’ को पहिलो संस्करण भर्जिनियामा सम्पन्न हुन गैरहेको छ ।

यही महिनाको १४ तारिख, आईतवार भर्जिनिया राज्यको मनसासमा आयोजना हुने बहसको सम्पूर्ण तयारी पुरा भएको जनाकारी नेपाल अमेरिका पत्रकार संघकी क्षेत्रीय संयोजक लीला ओझाले दिनुभएको छ ।

नेपाल अमेरिका पत्रकार संघका सल्लाहकारहरु योगेश उपाध्याय, गिरिश पोखरेल र गौतम दाहालहरुको सुझाव र सल्लाहमा क्षेत्रीय संयोजक लीला ओझाको संयोजन र नेजाका केन्द्रिय सदस्यद्वय निदेश अधिकारी र बाबुराम खरेलको सकृयतामा अप्रिल १४, आईतवार अवसर र स्वतन्त्रताको प्रजातान्त्रिक मुलुक – हाम्रो कर्मभुमी अमेरिकाको राजाधानी क्षेत्रमा ऐतिहासिक ‘नेजा-एनआरएन अमेरिका बहस – २०१९’ को पहिलो भाग सम्पन्न हुंदैछ ।

नेजा सभापती सुदिप पन्तको अथक प्रयास र सहयोग स्वरुप नेजाले बिगत बर्षहरुमा शुरु गरेको सार्वजानिक बहस कार्यक्रमको निरन्तरतालाई नेजाको वर्तमान कार्यसमितीको पूर्ण बैठकले बहस कार्यक्रमलाई अमेरिकाका बिभिन्न राज्यमा संचालन गर्ने अधिकारिक निर्णय गरेको थियो ।

कार्यक्रम जानकारी :
मिती : अप्रिल १४, २०१९, आईतवार
स्थान : 8101 Seymour Rd, Manasas, VA 20109
समय : 5:30PM – 8:30 PM
संपर्क : लीला ओझा : (602) 774 – 6610
निदेश अधिकारी : (703) 945 – 8064
बाबुराम खरेल : (703) 909 – 6962

Leave a Reply

Your email address will not be published. Required fields are marked *