२०८१ वैशाख ८ गते | 20th of April 2024

नेजाको १३ औं साधारण सभाको तयारी अन्तिम चरणमा

खुल्लामन्च
 प्रकाशित: २०७५ चैत २२ गते २३:३७

डालस –  आउँदो महिना ड्यालसमा हुन लागेको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को साधारण सभा तयारी अन्तिम चरणमा पुगेको छ । मे ४ र ५ तारिक ड्यालसमा नेजाको १३ औं साधारण सभा हुँदैछ। साधारण सभामा अमेरिकामा बिभिन्न राज्यहरुमा रहेका झण्डै डेढसय नेपाली पत्रकारहरुको सहभागिता हुने अपेक्षा गरिएको छ ।

नेजाका सचिव सुरज भण्डारीका अनुसार सहभागीहरु बस्ने होटलको टुङ्गो लागिसकेको छ । दुई दिनको कार्यक्रम अवधि भरिको लागि सहभागी पत्रकारहरुका निम्ति अर्भिङमा रहेको होटल हिल्टनमा बस्ने व्यबस्था गरिएको छ ।

साधारण सभाकै अवसरमा नेजाले एनआरएनए अमेरिकाको निर्वाचनमा खडा भएका उम्मेदवारहरुसँग मे ५ तारिक वृहद् अन्तरकृया गर्ने भएको छ । त्यसमा सहभागी हुन नेजाले एनआरएनएका सबै उम्मेदवारहरुलाई आग्रह गरेको छ ।

‘हामी साथीहरुको ड्यालसको बसाई सहज र अविस्मरणीय बनाउन खटिरहेका छौं, सहभागी हुने साथीहरुले नेजाबाट प्राप्त साधारण सभाको सूचनाको इमेल अनुसार गर्नुहुनेछ भन्ने आशा पनि गरेका छौं,’ सचिव भण्डारीले भने ।

नेजाको इतिहासमै पहिलोपटक साधारण सभा ड्यालसमा हुन लागेको हो । साधारण सभा सभ्य र भव्य बनाउन ड्यालसका स्थानीय संघसंस्था, समाजसेवीहरुले समेत निकै चासो र सकृयता देखाएका छन् ।

साधारण सभाको एक दिन अघि (मे ३ तारिक) को दिउँसो ३ बजे अगावै आइपुग्ने पत्रकारहरुका लागि नेजाले टेक्सस बाहिर लैजाने गरि फिल्ड ट्रिपको समेत व्यबस्था गरेको छ । नेजाले पत्रकारहरुलाई ३ तारिक ३ बजे अगावै ड्यालस आइपुग्न समेत आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *